काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमै वैदेशिक रोजगारीका लागि ७० हजारभन्दा बढी नेपाली विदेशिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनमा नयाँ तथा पुनः श्रम स्वीकृति लिएर ७० हजार ४४१ नेपाली रोजगारीका लागि विभिन्न मुलुक गए ।
विभागका अनुसार साउनमा नेपाली श्रमिकले ११४ वटा मुलुकका लागि श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृतिका आधारमा नेपाली श्रमिकको सबैभन्दा ठूलो रोजगारी गन्तव्य यूएई छ। यूएई १८ हजार ७८४ जनाले श्रम स्वीकृति लिएका छन्।
दोस्रो ठूलो गन्तव्य मलेसिया छ। मलेसिया १२ हजार ४९८ जनाले श्रम स्वीकृति लिएका छन्। तेस्रो स्थानमा कतारका लागि १० हजार ३६० जनाले श्रम स्वीकृति लिएका छन्।

