• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर ११, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

      १५ घण्टा अघि

      कुवेतमा दुई इटालियनको ज्यान जाने ड्रोन आक्रमणमा आफुले नगरेको इरानको दावी

      १५ घण्टा अघि

      उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन बढ्याे

      १५ घण्टा अघि

      पक्राउ परेका पूर्व मुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो

      १ दिन अघि

      इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

      १ दिन अघि

      जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार, उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइयो

      १ दिन अघि

      कृषि तथा वन विश्वविद्यालयमा हाइब्रिड धानको उत्पादन प्रतिहेक्टर ६.८ टन

      १ दिन अघि

      Yamaha Nepal Celebrates Winners of “Changa Chet, Jeet Ko Naya Upgrade” Festive Campaign

      १ दिन अघि

      Nepal-Finland Chamber Holds Fourth AGM, Emphasises Expanding Trade and Investment Partnership

      १ दिन अघि

      विपद्पछि बालबालिकाको संरक्षण र पुनःस्थापनामा सरकार, नागरिक समाज र सरोकारवालाबीच सहकार्यमा जोड

      १ दिन अघि

      अमेरिकाबाट चीन र भारतसहित १४ देशमा नयाँ भन्सार शुल्क घोषणा

      १ दिन अघि

      नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढ्यो

      १ दिन अघि

      निर्वाचन आयोगमा कांग्रेस महाधिवेशनबाट प्राप्त अभिलेख अद्यावधिक

      २ दिन अघि

      भिसा लिडरसिप कन्क्लेभमा हिमालयन बैंकलाई दुई प्रतिष्ठित अवार्ड

      २ दिन अघि

      लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यक : मन्त्री बादी

      २ दिन अघि
    आज: २०८३ मंसिर ११, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

  • लाईभ नेपाल
  • २०८३ भाद्र ३, बुधबार (३ महिना अघि)
  • ३०७० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  •  

    काठमाडौं । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) ले भारत र नेपालबीच निर्बाध सीमापार भुक्तानी प्रणालीमार्फत डिजिटल भुक्तानी कनेक्टिभिटीलाई थप सुदृढ बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ। नेपाल भ्रमणमा आउने भारतीय यात्रुहरूबीच क्यूआरमा आधारित यूपीआई भुक्तानीको बढ्दो प्रयोग तथा हालै सुरु भएको भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीचको रेमिट्यान्स सम्बन्धले यस प्रतिबद्धतालाई सुदृढ बनाएको हो।

    यस प्रणालीले दुई देशबीच ‘पर्सन-टू-पर्सन’ (पीटूपी) रियल–टाइम रकम स्थानान्तरण गर्न सहज बनाएको छ। भारतको रियल–टाइम अकाउन्ट–टू–अकाउन्ट भुक्तानी प्रणाली यूपीआईमार्फत मासिक २३ अर्बभन्दा बढी वित्तीय कारोबार हुने गर्छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यसलाई विश्वकै सबैभन्दा ठूलो भुक्तानी प्रणालीका रूपमा मान्यता दिएको छ, जसले विश्वभर हुने रियल–टाइम भुक्तानीको करिब ५० प्रतिशत हिस्सा समेट्छ। यसको खुला र अन्तरसम्बन्धित संरचनाले नेपालभित्रको भुक्तानी पूर्वाधारसँग सहज रूपमा जोडिन सम्भव बनाएको छ।

    यसबाट मर्चेन्ट क्यूआर भुक्तानी स्वीकार गर्ने तथा पीटूपी रेमिट्यान्स पठाउने दुवै सुविधा उपलब्ध भएका छन्। हरेक वर्ष नेपाल आउने पर्यटकमध्ये भारत प्रमुख स्रोत मुलुकमध्ये एक हो। सन् २०२५ मा मात्र २ लाख ९० हजारभन्दा बढी भारतीय पर्यटक नेपाल आएका थिए। मनोरञ्जन, धार्मिक यात्रा, व्यापार तथा पारिवारिक सम्बन्धका कारण भारतबाट नेपाल आउने पर्यटकको संख्या उल्लेखनीय छ। यस्ता यात्रुका लागि यूपीआई भुक्तानीको सुविधाले नेपालभरका व्यवसायिक प्रतिष्ठानमा सहज र तुरुन्तै भुक्तानी गर्न सम्भव बनाएको छ।

    चन्द्रागिरि हिल्स, मनकामना मन्दिर र पशुपतिनाथ मन्दिरजस्ता लोकप्रिय पर्यटकीय तथा धार्मिक स्थलमा समेत यो सुविधा उपलब्ध छ। यसले यात्रुहरूलाई नगद बोकेर हिँड्ने वा मुद्रा साट्नै पर्ने बाध्यतालाई कम गर्छ। फोनपे नेटवर्कमार्फत यसमा आबद्ध व्यवसायीहरूले सहज रूपमा यूपीआई भुक्तानी स्वीकार गर्न सक्छन्। यसबाट खुद्रा व्यापार, आतिथ्य सेवा तथा दैनिक किनमेललगायत विभिन्न क्षेत्रमा यूपीआई भुक्तानीको पहुँच विस्तार भएको छ। यात्रुहरूका लागि भुक्तानीलाई सहज बनाउनुका साथै यूपीआईले नेपालका व्यवसायीहरूका लागि पनि महत्वपूर्ण अवसर सिर्जना गरेको छ।

    यूपीआई भुक्तानी स्वीकार गर्दा व्यवसायीहरूले डिजिटल भुक्तानीमा अभ्यस्त ठूलो ग्राहक समूहसम्म पहुँच पाउँछन्। साथै, छिटो डिजिटल भुक्तानी, नगद प्रवाह व्यवस्थापनमा सुधार तथा भौतिक मुद्रामाथिको निर्भरता कम हुने भएकाले व्यवसाय सञ्चालनमा थप सहजता र प्रभावकारिता आउँछ। यसले व्यवसायको वृद्धि र विस्तारमा पनि सहयोग पुर्‍याउँछ। यससँगै, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको यूपीआई–एनपीआई सम्बन्धले दुवैतर्फ रियल–टाइम पीटूपी रकम स्थानान्तरणको सुविधा दिएको छ।

    भारतीय तथा नेपाली प्रयोगकर्ताले रिसिभरको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) प्रयोग गरी नेपालमा रकम पठाउन सक्छन्। त्यसैगरी, नेपालमा रहेका भारतीय प्रयोगकर्ताले यूपीआई आईडीमार्फत भारतमा रकम पठाउन सक्छन्। यसका लागि संवेदनशील बैंक खाता विवरण आदानप्रदान गर्नुपर्दैन, जसले दुई देशबीच समयमै र किफायती रूपमा रेमिट्यान्समा निर्भर लाखौं परिवार र व्यक्तिका लागि भुक्तानी प्रक्रियालाई थप सरल र सुरक्षित बनाएको छ।

    एनपीसीआई इन्टरनेशनलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले भन्नुभयो, “एनपीसीआई इन्टरनेशनल आम उपभोक्ता र व्यवसायहरूका लागि कनेक्टिभिटी र सहजता बढाउने निर्बाध सीमापार भुक्तानी अनुभव उपलब्ध गराउन केन्द्रित छ। हाम्रो प्रयास नेपालमा डिजिटल भुक्तानीको स्वीकार्यता विस्तार गर्ने, भारतीय यात्रुका लागि कारोबारलाई सरल बनाउने तथा भारत–नेपालबीच रेमिट्यान्समा निर्भर परिवारका लागि छिटो र थप किफायती रकम स्थानान्तरणको सुविधा उपलब्ध गराउनेतर्फ केन्द्रित छ।

    फोनपे र एनसीएचएलसँग मिलेर हामी सुरक्षित र रियल–टाइम भुक्तानी सोलुसन विस्तार गर्दैछौं, जसले आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै भारत र नेपालबीचको लामो समयदेखिको जनस्तरको सम्बन्धलाई अझ गहन बनाउनेछ।” यस बलियो आधारलाई थप विस्तार गर्दै एनआईपीएलले नेपालका नियामक निकाय तथा भुक्तानी प्रणालीसँग सम्बन्धित साझेदारहरूसँग सहकार्य जारी राख्नेछ। कम्पनीले यूपीआईमा आधारित भुक्तानी सोलुसनको प्रयोग बढाउने, सीमापार भुक्तानी अनुभवलाई थप प्रभावकारी बनाउने तथा पीटूपी रेमिट्यान्स प्रणालीलाई थप बैंकहरूसम्म विस्तार गर्ने योजना बनाएको छ। यसले भारत र नेपालबीचको डिजिटल तथा आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

    एनपीसीआई इन्टरनेशनलको बारेमा: एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) को स्थापना ३ अप्रिल २०२० मा नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनीका रूपमा भएको हो। एनपीसीआईको अन्तर्राष्ट्रिय शाखाका रूपमा एनआईपीएल भारतबाहिर एनपीसीआईले विकास गरेको सफल रियल–टाइम भुक्तानी प्रणाली युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) तथा कार्ड भुक्तानी प्रणाली रुपे (रुपे) विस्तार गर्न प्रतिबद्ध छ। एनपीसीआईले भारतको घरेलु बजारमा भुक्तानी क्षेत्रमा परिवर्तन ल्याउँदै आफ्ना उत्पादन तथा प्राविधिक क्षमताको सफल विकास र परीक्षण गरिसकेको छ। हाल विभिन्न देशहरू आफ्नै रियल–टाइम भुक्तानी प्रणाली वा घरेलु कार्ड भुक्तानी प्रणाली स्थापना गर्ने तयारीमा छन्।

    यस्तो अवस्थामा एनआईपीएलले आफ्नो ज्ञान र अनुभवका आधारमा ती देशहरूलाई रियल–टाइम भुक्तानी प्रणाली निर्माणका लागि लाइसेन्सिङ तथा परामर्शमार्फत प्राविधिक सहयोग उपलब्ध गराउन सक्छ। यसले तीव्र रूपमा परिवर्तन भइरहेको विश्वव्यापी व्यापारिक आवश्यकतालाई सम्बोधन गर्न सहयोग पुर्‍याउनेछ। एनआईपीएल प्रविधि र इनोभेसनमार्फत विश्वभर भुक्तानी प्रणालीमा परिवर्तन ल्याउने उद्देश्यका साथ काम गरिरहेको छ।

    यसले भारतीय नागरिकका लागि मात्र नभई अन्य देशहरूको भुक्तानी क्षमता अभिवृद्धि गर्न प्राविधिक सहयोग, परामर्श तथा आवश्यक पूर्वाधारमार्फत पनि सहयोग पुर्‍याउनेछ। थप जानकारीका लागि https://www.nipl.com/ भिजिट गर्नुहोस्।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

    कुवेतमा दुई इटालियनको ज्यान जाने ड्रोन आक्रमणमा आफुले नगरेको इरानको दावी

    उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन बढ्याे

    पक्राउ परेका पूर्व मुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो

    इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

    जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार, उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइयो

    समाचार

    यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

    कुवेतमा दुई इटालियनको ज्यान जाने ड्रोन आक्रमणमा आफुले नगरेको इरानको दावी

    उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन बढ्याे

    पक्राउ परेका पूर्व मुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑