काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।
बुधबार सुनको मूल्य तोलामा २७ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँ तोकेको छ ।
हिजो ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदी १६० रुपैयाँले घटेर ४ हजार ५९५ रुपैयाँ कारोबार भइरहेको छ ।
अघिल्लो दिन ४ हजार ७५५ मा खरिदबिक्री भएको थियो ।

