• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ११, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

      २0 घण्टा अघि

      रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

      १ दिन अघि

      नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

      १ दिन अघि

      गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

      १ दिन अघि

      महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

      १ दिन अघि

      ‘रानी फूलैमा’ बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

      १ दिन अघि

      सरकारका प्रवक्ताले गरे पहिलो सार्वजनिक सुनुवाईः नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको भनाई

      १ दिन अघि

      Samsung Nepal Announces “Samsung Saving Days” giving up to 23% discount and 24 months EMI easy financing on essential home appliances

      १ दिन अघि

      महिला आत्मनिर्भरताको नयाँ मोड: ‘सिस्टरहुड’ फेसन ब्रान्डको सुरुवाती शृङ्खला सम्पन्न

      १ दिन अघि

      पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

      ३ दिन अघि

      छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा, तीन दिनको पदमार्ग चार घण्टामा

      ४ दिन अघि

      शैक्षिक जनशक्ति विकास परिषद्को २९ औं बैठक सम्पन्न: तीनवटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत

      ४ दिन अघि

      ‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

      ४ दिन अघि

      ८६ वटा एम्बुलेन्स अद्यावधिक

      ५ दिन अघि

      पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

      ५ दिन अघि
    आज: २०८३ जेष्ठ ११, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  आर्थिक

    सातै प्रदेशको संयुक्त बजेट २ खर्ब ८७ अर्ब नाघ्यो, बागमतीको सबैभन्दा ठूलो बजेट, गण्डकीको सबैभन्दा सानो

  • लाईभ नेपाल
  • २०८२ अषाढ ३, मंगलबार (११ महिना अघि)
  • ११५९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडाैं । आइतबार मुलुकका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि आफ्नो वार्षिक आय–व्ययको रूपरेखा सार्वजनिक गरेका छन्। संयुक्त रूपमा सातै प्रदेशको बजेट आकार २ खर्ब ८७ अर्ब ३० करोड रुपैयाँभन्दा बढी छ। प्रत्येक प्रदेशले आफ्ना प्राथमिकता, आवश्यकताअनुसार र सम्भावित स्रोतअनुसार रकम विनियोजन गरेका छन्। केही प्रदेशहरूले विकास निर्माणमा बढी जोड दिएका छन् भने केहीले सामाजिक सेवा र संरचनात्मक सुधारमा ध्यान दिएका छन्।

    सबैभन्दा ठूलो बजेट बागमती प्रदेशले ल्याएको छ, जसको आकार साढे ६७ अर्ब रुपैयाँ छ। बागमती प्रदेशको कुल बजेटमा करिब ६१.४ प्रतिशत पूँजीगत खर्चका लागि छुट्याइएको छ भने चालु खर्चका लागि ३८.६ प्रतिशत विनियोजन गरिएको छ। चालु खर्चका लागि करिब २६ अर्ब र पूँजीगत खर्चका लागि ४१ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। प्रदेश सरकारले कर राजस्वबाट झण्डै २९ अर्ब र अन्य राजस्वबाट करिब ७ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ भने संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण, चालु वर्षको बचत र अन्य स्रोतबाट करिब ३२ अर्ब रुपैयाँ जुटाउने योजना बनाएको छ।

    मधेस प्रदेशले ४६ अर्ब ५८ करोडको बजेट ल्याएको छ। चालु खर्चका लागि करिब १६ अर्ब ७२ करोड र पूँजीगत खर्चका लागि ३० अर्ब २६ करोड विनियोजन गरिएको छ। बजेटमा चालु खर्चको हिस्सा ३५.८९ प्रतिशत र पूँजीगत खर्च ६४.११ प्रतिशत रहेको छ। प्रदेश सरकारले आन्तरिक स्रोतबाट करिब ९ अर्ब ५० करोड संकलन गर्ने लक्ष्य राखेको छ भने संघीय सरकारबाट समानीकरण अनुदान, शसर्त, विशेष र समपूरक अनुदानमार्फत १२ अर्ब ७३ करोड प्राप्त हुने अनुमान छ। संघीय राजस्व बाँडफाँटबाट करिब १२ अर्ब ३५ करोड रुपैयाँ आउने अपेक्षा छ। चालु वर्षको मौज्दातबाट झण्डै १० अर्ब ३८ करोड खर्च गरिनेछ भने बाँकी दुई अर्ब आन्तरिक ऋणमार्फत व्यवस्थापन गरिनेछ।

    लुम्बिनी प्रदेशले ३८ अर्ब ९१ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। चालु खर्च १२ अर्ब एक करोड (३०.८८ प्रतिशत), पूँजीगत खर्च २३ अर्ब ४७ करोड (६०.३२ प्रतिशत) र वित्तीय हस्तान्तरण ३ अर्ब ४२ करोड (८.८० प्रतिशत) रहेको छ। प्रदेशले आन्तरिक राजस्वबाट ७ अर्ब ७८ करोड रुपैयाँ संकलन गर्ने योजना बनाएको छ भने संघीय राजस्व बाँडफाँटबाट ११ अर्ब ८६ करोड, रोयल्टीबाट ४१ करोड, स्थानीय तहबाट २ अर्ब ८३ करोड, संघीय अनुदानबाट १४ अर्ब २ करोड र चालु वर्षको मौज्दातबाट २ अर्ब रुपैयाँ जुटाउने लक्ष्य राखिएको छ।

    कोशी प्रदेशले ३५ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरेको छ। चालु खर्चका लागि १८ अर्ब ६७ करोड (५२ प्रतिशत), पूँजीगत खर्चका लागि १७ अर्ब १० करोड (४७.७ प्रतिशत) र वित्तीय व्यवस्था १० करोड (०.३ प्रतिशत) राखिएको छ। स्थानीय तहलाई चार अर्ब ७० करोड रुपैयाँ वित्तीय हस्तान्तरण गरिनेछ। प्रदेशले आन्तरिक राजस्वबाट पाँच अर्ब ५० करोड, संघीय राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड, अनुदानबाट करिब १० अर्ब, रोयल्टीबाट ३६ करोड र चालु वर्षको मौज्दातबाट तीन अर्ब १३ करोड रुपैयाँ प्रयोग गर्ने योजना बनाएको छ।

    सुदूरपश्चिम प्रदेशले ३३ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ। चालु खर्चमा १० अर्ब २० करोड (३०.४९ प्रतिशत), पूँजीगत खर्चमा १९ अर्ब ८३ करोड (५९.२५ प्रतिशत) र अन्तरसरकारी वित्तीय हस्तान्तरणमा तीन अर्ब ४३ करोड (१०.२४ प्रतिशत) छुट्याइएको छ। प्रदेशले आन्तरिक राजस्वबाट १ अर्ब ६५ करोड, संघीय राजस्व बाँडफाँटबाट ९ अर्ब ८७ करोड, रोयल्टीबाट आठ करोड, समानीकरण अनुदानबाट ८ अर्ब ९२ करोड, सशर्त, समपूरक र विशेष अनुदानमार्फत करिब पाँच अर्ब २८ करोड र चालु वर्षको बचतबाट ७ अर्ब ६६ करोड रुपैयाँ स्रोत जुटाउने योजना बनाएको छ।

    कर्णाली प्रदेशले ३२ अर्ब ९९ करोड रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ। चालु खर्चका लागि सात अर्ब ७९ करोड (२३.६४ प्रतिशत), पूँजीगत खर्चका लागि १९ अर्ब ९८ करोड (६०.५५ प्रतिशत), वित्तीय व्यवस्थातर्फ ६१ करोड (१.६६ प्रतिशत) र स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि चार अर्ब ६० करोड (१३.९५ प्रतिशत) छुट्याइएको छ। प्रदेशले आन्तरिक राजस्वबाट ९७ करोड, संघीय राजस्व बाँडफाँटबाट १० अर्ब २७ करोड, चालु वर्षको बचतबाट ५ अर्ब ७० करोड, समानीकरण अनुदानबाट १० अर्ब ५६ करोड र अन्य अनुदानमार्फत करिब पाँच अर्ब ५० करोड रुपैयाँ जुटाउने योजना बनाएको छ।

    गण्डकी प्रदेशले ३१ अर्ब ९८ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ। चालु खर्चमा १२ अर्ब ६४ करोड (३९.५ प्रतिशत), पूँजीगत खर्चमा १९ अर्ब नौ करोड (५९.७ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ २५ करोड (०.८ प्रतिशत) विनियोजन गरिएको छ। प्रदेशले संघीय समानीकरण अनुदानबाट ७ अर्ब ७४ करोड, राजस्व बाँडफाँटबाट ९ अर्ब ७९ करोड, रोयल्टीबाट ५० करोड, विभिन्न अनुदानबाट ४ अर्ब ५० करोड र आन्तरिक राजस्वबाट ५ अर्ब ४६ करोड रुपैयाँ उठाउने अनुमान गरेको छ। चालु वर्षको नगद मौज्दातबाट २ अर्ब २४ करोड र बाँकी १ अर्ब ७५ करोड आन्तरिक ऋणबाट व्यवस्थापन गरिनेछ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

    रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

    गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

    महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

    ‘रानी फूलैमा’ बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

    समाचार

    Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

    रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

    गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑