
काठमाडौं । भ्रष्टाचारविरोधी अभियान्ता तथा हालकी प्रधानमन्त्री सुशीला कार्कीमाथि देशलाई असजिलो अवस्थाबाट निकास दिने विशेष पहल गर्ने विश्वास लिएको नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष तथा Past President Club Nepal का अध्यक्ष डा. केदारनरसिंह केसीले बताएका छन् ।
उनका अनुसार, संविधान, कानुन र विधिको शासनप्रति गहिरो ज्ञान तथा प्रतिबद्धता राख्ने कार्कीले आफ्नो कार्यकाललाई जनमुखी बनाउँदै देशमा सुशासन र स्थायित्व कायम गर्ने अपेक्षा गरिएको छ ।
डा. केसीले भने, “म प्रधानमन्त्री कार्कीको कार्यकाल सफल होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
समाजसेवी र जनहितका गतिविधिमा सदैव सक्रिय डा. केसीले भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही शासन प्रणालीको आवश्यकता पनि औंल्याएका छन् ।


