
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गतकाे खेलमा नेपालले यूएईलाई २९० रनको लक्ष्य दिएकाे छ ।
कीर्तिपुस्थित टियु मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएकाे हाे ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरे । दीपेन्द्रले ९४ बलमा १३ चौका र १ छक्का प्रहार गरे।
त्यस्तै, विनोद भण्डारीले ५६, गुल्सन झाले ४४, रोहित पौडेलले ३९ र अर्नुज कुमालले ११ रन प्रहार गरे ।


