काठमाडौं । अर्थ मन्त्रालयले बजेटबारे विभिन्न मन्त्रालयहरुसंग छलफल थालेको छ । सोमनार नौ वटा मन्त्रालयका विभागीय मन्त्री र सचिवहरुसंगको बजेट छलफल सम्पन्न गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग बजेट छलफल भएको हो। आज अरु मन्त्रालयका मन्त्रीहरुसंग छलफल गरिने छ ।

जेठ १५ म संसदमा आगामी बर्षको बजेट पेश गर्नुपर्ने संबैधानिक व्यवस्था छ । सोही अनुसार अर्थले बजेट लेखनलाई तीब्र पारेको छ ।