• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ २७, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

      १९ घण्टा अघि

      रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका गतिविधि स्थगन

      १९ घण्टा अघि

      कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

      १९ घण्टा अघि

      एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

      १९ घण्टा अघि

      काठभित्र १०० टन लागूऔषध

      १९ घण्टा अघि

      मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ

      २0 घण्टा अघि

      कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिना बढीको आयात धान्ने

      २0 घण्टा अघि

      ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा

      १ दिन अघि

      डिजिटल गण्डकी सफलतापूर्वक सम्पन्न: क्यान महासंघद्वारा ‘सार्वभौम एआई’ र डिजिटल रूपान्तरणको राष्ट्रिय मार्गचित्र सार्वजनिक

      २ दिन अघि

      कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता

      २ दिन अघि

      विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड

      २ दिन अघि

      २०२६ के-भाइब महोत्सव काठमाडौंमा ‘सौन्दर्यता र स्वाद’ एकसाथ

      २ दिन अघि

      आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

      ३ दिन अघि

      इन्द्रसरोबरमा सवारी दुर्घटना : एक जनाको मृत्यु, १८ घाइते

      ३ दिन अघि

      आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

      ३ दिन अघि
    आज: २०८३ जेष्ठ २७, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    प्रयोगात्मक सीप विकासका लागि विद्यालयद्वारा तरकारीखेती विस्तार

  • लाईभ नेपाल
  • २०८३ जेष्ठ २, शनिबार (३ हफ्ता अघि)
  • १५२० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–२ भगवतिस्थित मुक्तिधाम माध्यमिक विद्यालयले प्रयोगात्मक सीप विकासका लागि तरकारीखेती विस्तार गरेको छ ।

    प्रयोगात्मक अभ्यास, चमेनागृह र छात्रावासका लागि आवश्यक पर्ने तरकारी आपूर्तिका साथै विद्यार्थीमा व्यावसायिक र प्रयोगात्मक ज्ञान, सीप विकास गराउने उद्देश्यले तरकारीखेती विस्तार गरिएको हो ।

    मुक्तिधाम माविका प्रधानाध्यापक अमरबहादुर खत्रीले वार्षिक रु २५ हजार तिर्नेगरी भाडामा लिएर चार रोपनी जमिनमा लगाइएको तरकारीले चमेनागृह र छात्रावासको माग धान्नाका साथै बिक्री गरेर विद्यार्थीले खाजा खर्च जुटाउने गरेका बताए। यसले विद्यार्थीमा प्रयोगात्मक सीप विकास गर्नाका साथै आत्मनिर्भर बन्न प्रेरित गर्ने उनले विश्वास व्यक्त गरे।

    ‘कक्षा ९ देखि १२ सम्म कृषि प्राविधिक अध्ययन गर्ने ५० जना विद्यार्थीले प्रयोगात्मक अभ्यासका लागि तरकारीखेती गरेर व्यावहारिक र व्यावसायिक ज्ञान, सीप हासिल गर्नाका साथै बिक्री भएको आम्दानीबाट खाजा खर्च जुटाएका छन्’, प्रअ खत्रीले भने, ‘चमेनागृह र छात्रावासका लागि आवश्यक तरकारी विद्यालयकै करेसाबारीको उत्पादनले पुगेको छ ।’

    करेसाबारीमा बन्दा, काउली, टमाटर, साग, सिमी, करेला, घिरौँला, अकबरे खुर्सानी, काँक्रो, ब्रोकाउली, जुकेनीलगायत मौसमी र बेमौसमी विभिन्न जातका तरकारीखेती भइरहेका छन् । ‘बिरुवा पनि विद्यालयले तयार पार्दै आएको छ । तीन वटा प्लास्टिकको टनेल बनाइएको छ’, उनले भने।

    गँड्यौलाको प्रयोग गरेर करेसाबारीमा आवश्यक पर्ने प्राङ्गारिक मल विद्यालय आफैँले उत्पादन गरेको कृषि प्राविधिक विषयका प्रशिक्षक गणेश चोखालले बताए ।

    ‘विद्यालयको फोहर, फालिएका कापी किताब, च्याउखेतीमा प्रयोग भएको पराल र करेसाबारीको झारपातलाई गँड्यौला भएको खाडलमा कुहाएर मल बनाउने गरेका छौँ’, उनले भने, ‘विद्यालय भवनको एउटा कोठामा काठको मुढामा सिताके जातको च्याउखेती पनि गरेका छौँ ।’

    मुक्तिधान माविबाट कृषि प्राविधिक विषयमा एसइई परीक्षा उत्तीर्ण गरेर कक्षा ११ मा भर्ना हुने तयारी गरेकी रेजिना भण्डारीले करेसाबारीमा काम गर्दा कक्षा कोठामा पढेको विषयवस्तु बुझ्न र सम्झन सजिलो भएको बताए। विसं २००६ मा स्थापना भएको मुक्तिधाम माविले विसं २०६५ देखि कक्षा १२ सम्म र विसं २०७२ देखि कृषि प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्दै आएको हो ।

    हाल तीन सय ५० जना विद्यार्थी अध्ययनरत रहेका मुक्तिधाममा कक्षा ६ देखि ८ सम्म विज्ञान, कम्प्युटर र गणित विषयलाई अङ्ग्रेजी माध्यमबाट पठनपाठन भइरहेको छ । यस वर्ष बेनी, पोखरा र निजी विद्यालयबाट पनि मुक्तिधाममा अध्ययनका लागि विद्यार्थी आएका प्रअ खत्रीले जानकारी दिए ।

    विद्यालयमा पछिल्लो पटक सङ्घीय सरकारको सहयोगमा छात्रावास भवन र रघुगङ्गा गाउँपालिकाको आर्थिक सहयोगमा सभाहल निर्माण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

    रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका गतिविधि स्थगन

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

    काठभित्र १०० टन लागूऔषध

    मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ

    समाचार

    सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

    रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका गतिविधि स्थगन

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑