• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ १५, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      काठमाडौँ महानगर-१ को सहकार्य र लाइभ नेपालको आयोजनामा उद्घोषण तालिम सम्पन्न, विद्यार्थीले भने- ‘अब मञ्चसँग डर लाग्दैन’

      ५ घण्टा अघि

      फिलिपिन्सका किम्बर्टलाई हराउँदै रविन्द्र ढाँट ‘रोड टु युएफसी’ काे सेमिफाइनलमा

      ६ घण्टा अघि

      आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

      ६ घण्टा अघि

      नेपाली सूचना प्रविधि उत्पादन तथा सेवालाई विश्व मञ्चमा पुर्‍याउने सुवर्ण अवसर : ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ का लागि आवेदन खुला

      ७ घण्टा अघि

      नागार्जुनको ठूलागाउँ माध्यमिक विद्यालयमा शैक्षिक क्रान्ति: महानायक राजेश हमाल र तारकेश्वर नगरपालिकाका मेयर महर्जनद्वारा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

      १ दिन अघि

      छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

      ३ दिन अघि

      लाइभ नेपाल नेटवर्कको आयोजनामा जनपथ माविमा ५ दिने उद्घोषण तथा ‘पब्लिक स्पिकिङ’ तालिम सुरु

      ३ दिन अघि

      Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

      ४ दिन अघि

      रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

      ५ दिन अघि

      नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

      ५ दिन अघि

      गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

      ५ दिन अघि

      महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

      ५ दिन अघि

      ‘रानी फूलैमा’ बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

      ५ दिन अघि

      सरकारका प्रवक्ताले गरे पहिलो सार्वजनिक सुनुवाईः नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको भनाई

      ५ दिन अघि

      Samsung Nepal Announces “Samsung Saving Days” giving up to 23% discount and 24 months EMI easy financing on essential home appliances

      ५ दिन अघि
    आज: २०८३ जेष्ठ १५, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  आर्थिक

    आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

  • लाईभ नेपाल
  • २०८३ जेष्ठ १५, शुक्रबार (६ घण्टा अघि)
  • ३११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपाल महिला चेम्बरको आयोजनामा “उद्यमशीलता :चुनौती, सुधार र युवा प्रेरणा” विषयक विशेष अन्तरक्रिया कार्यक्रम विहिवार नेपाल चेम्बर अफ कमर्समा सम्पन्न भएको छ । कार्यक्रममा संघीय संसद सदस्य एवं सत्तारुढ दल रास्वपाकी कोषाध्यक्ष लिमा अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अधिकारीले लामो समयदेखि निजी क्षेत्रले अपेक्षा गरेअनुसार पाँच वर्षका लागि स्थायी सरकार गठन भएको उल्लेख गर्दै विगतमा जस्तो अस्थिर र संकुचित आर्थिक नीति दोहोरिन नदिने गरी सरकारले योजनाबद्ध ढंगले काम गरिरहेको बताउनुभयो । उहाँले वर्तमान अवस्थालाई अवसरका रूपमा लिन आग्रह गर्दै राजनीतिक मात्र नभई आर्थिक क्षेत्रमा समेत आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको उहाँले जानकारी दिनुुभयो । उहाँले सुशासन कायम गर्न डिजिटाइजेसन, फेसलेस तथा पेपरलेस प्रणालीलाई प्राथमिकतामा राखिएको बताउँदै उद्योग एकै दिनमा दर्ता हुने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

    रेमिटेन्समा आधारित अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै आर्थिक रूपान्तरण गर्ने दिशामा सरकार अघि बढिरहेको उहाँको भनाइ थियो । सांसद अधिकारीले आगामी बजेटलाई निजी क्षेत्रमैत्री बनाउने सरकारको प्रतिबद्धता रहेको उल्लेख गर्दै बेरोजगारी न्यूनीकरणका लागि १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । सूचना प्रविधिसँग जोडेर ग्रामीण क्षेत्रबाट समेत काम गर्न सकिने वातावरण निर्माण गरिने, स्टार्टअप व्यवसायलाई कर छुट, बीउ पूँजी तथा वित्तीय पहुँच विस्तार गरिने उहाँले बताउनुभयो ।

    साथै महिला तथा युवामुखी कार्यक्रमलाई प्रोत्साहन गर्दै नवप्रवर्तन परियोजना सञ्चालन गरिने धारणा राख्नुभयो । उत्पादन लागत घटाई उद्योगको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न सडक सञ्जाल विस्तार, उद्योग सञ्चालनका लागि कम लागतमा जग्गा उपलब्ध गराउने, औद्योगिक क्षेत्रलाई व्यवस्थित बनाउने तथा ऐन–नियममा सुधार गरिने उहाँले उल्लेख गर्नुभयो । यस्ता सुधारबाट महिला उद्यमशीलता विकासमा उल्लेख्य प्रगति हासिल हुने उहाँको भनाई थियो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल अहिले निर्णायक मोडमा रहेको बताउँदै महिला र युवा शक्तिलाई उचित रूपमा उपयोग गर्न सके देशले तीव्र विकास हासिल गर्न सक्ने धारणा राख्नुभयो ।

    महिला समावेशिता र सशक्तीकरण आजको आवश्यकता भएको उल्लेख गर्दै उहाँले फिलिपिन्सको उदाहरण प्रस्तुत गर्दै महिलाहरूले आर्थिक विकासमा महत्वपूर्ण योगदान दिन सक्ने बताउनुभयो । अध्यक्ष अग्रवालले महिला उद्यमशीलताको विकासका लागि वित्तीय पहुँच, बजार तथा प्रविधिसँग जोडिन आवश्यक रहेको बताउँदै नेपाल चेम्बर अफ कमर्सले अन्तर्राष्ट्रिय बजार पहुँच विस्तारमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    परम्परागत सोचबाट मात्र सम्भव नभएको उल्लेख गर्दै उहाँले सानो सुरुआतबाट पनि ठूलो परिवर्तन सम्भव हुने भएकाले युवाशक्तिलाई उद्यमशीलतामा अघि बढ्न आग्रह गर्नुभयो । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्राले महिलाका समस्यालाई समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । हाल करिब १ करोड १० लाख नेपाली विदेशमा रहेको र नेपाली उत्पादनको माग बढ्दै गएको उल्लेख गर्दै महिला उद्यमलाई यससँग जोड्न सके आर्थिक सफलता हासिल गर्न सकिने उहाँले बताउनुभयो ।

    कार्यक्रममा नेपाल महिला चेम्बरकी सचिव ईरा प्रसाईंले बढ्दो युवा पलायन रोक्न उद्यमशीलतालाई रोजगारीको आधारका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सरकार र निजी क्षेत्रबीच समन्वय गरी उत्पादनलाई बजारसँग जोड्नुपर्ने, धितोबिनाको वित्तीय सुविधा नीतिमा भए पनि कार्यान्वयनमा समस्या रहेको उहाँले बताउनुभयो ।

    अन्तरक्रियामा सहभागी महिला उद्यमीहरूले महिलालाई उद्योग सञ्चालनका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुपर्ने, स्टार्टअप तथा कर्जा सुविधा सहज बनाउनुपर्ने, वित्तीय पहुँच विस्तार, अन्तर्राष्ट्रिय बजारमा पहुँच, सशक्तीकरणमूलक कार्यक्रमको अभाव, निर्यात प्रक्रियामा जटिलता, जोखिममा रहेका उद्योग व्यवसायको संरक्षण तथा एमआरपीसम्बन्धी समस्याका विषयमा धारणा राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    काठमाडौँ महानगर-१ को सहकार्य र लाइभ नेपालको आयोजनामा उद्घोषण तालिम सम्पन्न, विद्यार्थीले भने- ‘अब मञ्चसँग डर लाग्दैन’

    फिलिपिन्सका किम्बर्टलाई हराउँदै रविन्द्र ढाँट ‘रोड टु युएफसी’ काे सेमिफाइनलमा

    नेपाली सूचना प्रविधि उत्पादन तथा सेवालाई विश्व मञ्चमा पुर्‍याउने सुवर्ण अवसर : ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ का लागि आवेदन खुला

    नागार्जुनको ठूलागाउँ माध्यमिक विद्यालयमा शैक्षिक क्रान्ति: महानायक राजेश हमाल र तारकेश्वर नगरपालिकाका मेयर महर्जनद्वारा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

    छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

    लाइभ नेपाल नेटवर्कको आयोजनामा जनपथ माविमा ५ दिने उद्घोषण तथा ‘पब्लिक स्पिकिङ’ तालिम सुरु

    समाचार

    काठमाडौँ महानगर-१ को सहकार्य र लाइभ नेपालको आयोजनामा उद्घोषण तालिम सम्पन्न, विद्यार्थीले भने- ‘अब मञ्चसँग डर लाग्दैन’

    फिलिपिन्सका किम्बर्टलाई हराउँदै रविन्द्र ढाँट ‘रोड टु युएफसी’ काे सेमिफाइनलमा

    आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

    नेपाली सूचना प्रविधि उत्पादन तथा सेवालाई विश्व मञ्चमा पुर्‍याउने सुवर्ण अवसर : ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ का लागि आवेदन खुला

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑