• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ १७, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन दुई स्थानमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, सेवामार्फत जित्दै जनताको विश्वास

      १ घण्टा अघि

      काठमाडौँका ज्येष्ठ नागरिकको मलिनो स्वर, ‘सहरमा मान्छेको संख्या मात्र धेरै हो, हरेक मान्छे एक्लो जीवन विताइरहेका छन्’

      १ घण्टा अघि

      सुर्तीजन्य पदार्थको सेवन त्याग्न मन्त्री मेहताको आग्रह

      १ घण्टा अघि

      बिजुलीमा भ्याट नागरिकलाई महँगी, उत्पादन लागत भने डेढ कराेडसम्म घट्ने

      २ घण्टा अघि

      नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

      २ घण्टा अघि

      लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

      २ घण्टा अघि

      महानगरवासीलाई स्वस्थ्य र सक्रिय बनाउने, अन्तर वडा सहकार्यको संस्कार बढाउने उद्देश्य हो : वडा सदस्य, ढुङ्गेल

      २ घण्टा अघि

      Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

      २१ घण्टा अघि

      ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन तीन स्थानमा स्वास्थ्य तथा M.N. Hospital काे सहभागी

      २१ घण्टा अघि

      ऊर्जा, सिँचाइ र हरित औद्योगिकीकरणमा सरकारको ठूलो लगानी, प्रसारण लाइनदेखि बहुउद्देश्यीय आयोजनासम्म बजेट केन्द्रित

      २१ घण्टा अघि

      पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

      २१ घण्टा अघि

      म्यान्माका राष्ट्रपति भारत भ्रमणमा

      २१ घण्टा अघि

      आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

      २१ घण्टा अघि

      ५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको कर फिर्ता लिन कुलमान घिसिङको माग

      २१ घण्टा अघि

      अर्थ मन्त्रालयको वेबसाइटबाट हटाइयो आर्थिक विधेयक

      २१ घण्टा अघि
    आज: २०८३ जेष्ठ १७, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन दुई स्थानमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, सेवामार्फत जित्दै जनताको विश्वास

  • लाईभ नेपाल
  • २०८३ जेष्ठ १७, आईतबार (१ घण्टा अघि)
  • २४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै ॐ समाज डेण्टल अस्पतालले एकैदिन दुई फरक स्थानमा निःशुल्क स्वास्थ्य तथा दन्त परीक्षण शिविर सम्पन्न गरेको छ । बुढानीलकण्ठ सामाजिक युवा क्लबको आयोजनामा बुढानीलकण्ठ क्षेत्रमा तथा प्रत्येक महिनाको तेस्रो हप्तामा नियमित सञ्चालन हुँदै आएको चाबहिल चोकमा आयोजित शिविरमार्फत सयौं सर्वसाधारण लाभान्वित भएका छन् ।

    बुढानीलकण्ठमा आयोजित शिविरका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं. ४ का पूर्व उम्मेदवार श्री इन्द्रकुमार भुसाल रहनुभएको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, स्थानीय अगुवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । शिविर व्यवस्थापनको नेतृत्व ॐ समाजका शिविर व्यवस्थापक धनप्रसाद घिमिरेले गर्नुभएको थियो। शिविरमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले दन्त परीक्षण, मुख स्वास्थ्यसम्बन्धी परामर्श तथा आवश्यक सुझाव प्रदान गरेको थियो। स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई प्रत्यक्ष रूपमा सेवा पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रमप्रति स्थानीय बासिन्दाले सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै बुढानीलकण्ठ सामाजिक युवा क्लबका अध्यक्ष सन्दीप श्रेष्ठले समाजका हरेक नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “हामी हाम्रो समाजमा बस्नुहुने आमा, बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई दाँतसम्बन्धी समस्याबाट जोगाउन चाहन्छौँ । सामान्य उपचारको अभावमा कसैले पनि दुःख पाउन नपरोस् भन्ने उद्देश्यले ॐ समाज डेण्टल अस्पतालसँग सहकार्य गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हौँ ।”

    बुढानीलकण्ठ सामाजिक युवा क्लबको कार्यसमितिमा अध्यक्ष सन्दीप श्रेष्ठ, उपाध्यक्ष समीर श्रेष्ठ, सचिव प्रशान्त श्रेष्ठ, सहसचिव आयुष गिरी, कोषाध्यक्ष संस्कार बान तथा सदस्यहरू मनिष श्रेष्ठ, कृपा के.सी., सुदीप बि.के., सबिन श्रेष्ठ, सुजल खड्का र आश्ना मगर रहनुभएको छ। क्लबका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिताले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। कार्यक्रममा उपस्थित एक वक्ताले ॐ समाज डेण्टल अस्पतालको प्रशंसा गर्दै भन्नुभयो, “आज धेरै अस्पतालहरू छन्, तर जनताको मनमा बस्न सक्ने संस्था थोरै छन् ।

    ॐ समाज डेण्टल अस्पताल सडकदेखि सदनसम्मका मानिसहरूको हृदयमा बस्न सफल भएको अस्पताल हो। सेवाभाव, विश्वास र निरन्तर समर्पणले यसले छुट्टै पहिचान बनाएको छ ।” यसैबीच, चाबहिल चोकमा प्रत्येक महिनाको तेस्रो हप्तामा सञ्चालन हुँदै आएको नियमित निःशुल्क स्वास्थ्य तथा दन्त शिविरमा पनि उल्लेखनीय सहभागिता रहेको थियो । शिविरको सम्पूर्ण व्यवस्थापन सन्तोषीजीले गर्दै आउनुभएको छ ।

    शिविरमा आएका सेवाग्राहीहरूले दन्त परीक्षणसँगै आवश्यक स्वास्थ्य परामर्श प्राप्त गरेका थिए। सन्तोषीजीले भन्नुभयो, “हरेक महिनाको तेस्रो हप्ता चाबहिल चोकमा शिविर सञ्चालन गर्दा सेवाग्राहीहरूको अनुहारमा देखिने आशा र विश्वासले हामीलाई थप ऊर्जा दिन्छ । कतिपय ज्येष्ठ नागरिकहरू उपचारको आशामा आउनुहुन्छ भने कतिपयले पहिलोपटक निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्नुहुन्छ । उहाँहरूको खुसी र आशीर्वाद नै हाम्रो सबैभन्दा ठूलो पुरस्कार हो ।

    मानवताको सेवाभन्दा ठूलो धर्म अरू केही हुन सक्दैन भन्ने विश्वासका साथ हामी निरन्तर सेवामा समर्पित छौँ ।” कार्यक्रमका क्रममा ॐ समाज डेण्टल अस्पतालका सञ्चालक समिति उपाध्यक्ष तथा सामाजिक व्यक्तित्व रामेश्वर जंग केसीले स्वास्थ्य सेवा केवल व्यवसाय नभई मानवताको सेवा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “समाजका धेरै नागरिकहरू आर्थिक अभावका कारण सामान्य दाँतको उपचारसमेत गराउन सक्दैनन्। त्यही पीडालाई नजिकबाट महसुस गर्दै हामी अस्पतालको सेवा गाउँ–टोल र समुदायसम्म पुर्‍याउने प्रयासमा छौँ । कुनै आमाको मुस्कान पीडाले हराउन नपरोस्, कुनै बुवाले उपचारको अभावमा दुःख भोग्न नपरोस् र कुनै बालबालिकाले सामान्य स्वास्थ्य समस्याका कारण आफ्नो भविष्यमा असर नपरोस् भन्ने हाम्रो चाहना हो । समाजले दिएको माया र विश्वासलाई सेवामार्फत फर्काउनु नै हाम्रो कर्तव्य हो ।”

    ॐ समाज डेण्टल अस्पतालले विगत लामो समयदेखि विभिन्न सामाजिक संघसंस्था, युवा क्लब, विद्यालय तथा स्थानीय निकायसँग सहकार्य गर्दै नियमित रूपमा स्वास्थ्य तथा दन्त शिविर सञ्चालन गर्दै आएको छ । अस्पतालले स्वास्थ्य सेवा केवल अस्पतालभित्र सीमित नराखी समुदायसम्म पुर्‍याउने अभियानलाई निरन्तरता दिएको जनाएको छ । सामाजिक अभियानता पत्रकार राजन थापाका अनुसार, आज समाजलाई भाषण होइन, सेवा चाहिएको छ । जनताको पीडामा साथ दिने, उपचारको पहुँच नपुगेका नागरिकसम्म पुग्ने र मानवतालाई कर्ममार्फत स्थापित गर्ने संस्था नै समाजको वास्तविक सम्पत्ति हो । ॐ समाज डेण्टल अस्पतालले स्वास्थ्य सेवामार्फत जनविश्वास जित्दै सामाजिक सेवाको एउटा बलियो उदाहरण प्रस्तुत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    काठमाडौँका ज्येष्ठ नागरिकको मलिनो स्वर, ‘सहरमा मान्छेको संख्या मात्र धेरै हो, हरेक मान्छे एक्लो जीवन विताइरहेका छन्’

    सुर्तीजन्य पदार्थको सेवन त्याग्न मन्त्री मेहताको आग्रह

    बिजुलीमा भ्याट नागरिकलाई महँगी, उत्पादन लागत भने डेढ कराेडसम्म घट्ने

    नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

    महानगरवासीलाई स्वस्थ्य र सक्रिय बनाउने, अन्तर वडा सहकार्यको संस्कार बढाउने उद्देश्य हो : वडा सदस्य, ढुङ्गेल

    समाचार

    ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन दुई स्थानमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, सेवामार्फत जित्दै जनताको विश्वास

    काठमाडौँका ज्येष्ठ नागरिकको मलिनो स्वर, ‘सहरमा मान्छेको संख्या मात्र धेरै हो, हरेक मान्छे एक्लो जीवन विताइरहेका छन्’

    सुर्तीजन्य पदार्थको सेवन त्याग्न मन्त्री मेहताको आग्रह

    बिजुलीमा भ्याट नागरिकलाई महँगी, उत्पादन लागत भने डेढ कराेडसम्म घट्ने

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑