• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ २०, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      युक्रेनमा रुसको भीषण आक्रमण

      ५ घण्टा अघि

      राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

      ५ घण्टा अघि

      पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

      ५ घण्टा अघि

      नेपाल एसियन गेम्स क्रिकेटमा छनोट, बिहीबार समूह विजेताका लागि खेल्ने

      ८ घण्टा अघि

      अन्नपूर्ण हिमाल आरोहणको ७६ वर्ष पूरा

      ८ घण्टा अघि

      टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

      ८ घण्टा अघि

      आरोग्य नेपाल टेकले ल्यायो स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’

      ८ घण्टा अघि

      रञ्जना लिपि राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजाने वाहक हो, अक्षर कलाको संवाहक हो : प्रवक्ता मानन्धर

      ८ घण्टा अघि

      विद्यालय तहबाट भलिबलको भविष्य निर्माण गर्दै एन्जल्स हार्ट, दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि

      ८ घण्टा अघि

      काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

      ८ घण्टा अघि

      Snow Leopards: The Hidden Saviours or Ghostly Legends?

      १ दिन अघि

      नेपालमा पहिलो पटक WRPF राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप आयोजना हुने

      २ दिन अघि

      मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने

      २ दिन अघि

      तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व

      २ दिन अघि

      आजदेखि संसदमा बजेटमाथिको छलफल सुरु

      २ दिन अघि
    आज: २०८३ जेष्ठ २०, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    विद्यालय तहबाट भलिबलको भविष्य निर्माण गर्दै एन्जल्स हार्ट, दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि

  • लाईभ नेपाल
  • २०८३ जेष्ठ २०, बुधबार (८ घण्टा अघि)
  • ४३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । विद्यालय तथा कलेज तहका प्रतिभावान खेलाडीलाई राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्दै नेपाली भलिबलको भविष्य निर्माण गर्ने उद्देश्यसहित एन्जल्स हार्ट माध्यमिक विद्यालय/कलेज, मनमैजु ले दोस्रो राष्ट्रिय एन्जल्स हार्ट अन्तरविद्यालय/कलेज स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८३ आयोजना गर्ने भएको छ । प्रतियोगिता जेठ २३ देखि २६ गतेसम्म मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरमा सञ्चालन हुनेछ ।

    नेपाल भलिबल संघ, राष्ट्रिय परीक्षा बोर्ड, हिसान, प्याब्सन, एन–प्याब्सन, नेपाल विद्यालय भलिबल कमिसन तथा तारकेश्वर नगर शिक्षा विभागलगायत विभिन्न संस्थाको समन्वयमा आयोजना हुन लागेको प्रतियोगितामा देशभरका ५० भन्दा बढी टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

    आयोजकका अनुसार कक्षा १२ सम्म अध्ययनरत तथा हालै कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । २०८२ सालको एसइई परीक्षा दिएका तथा कक्षा ११ र १२ मा अध्ययनरत, राष्ट्रिय परीक्षा बोर्डमा दर्ता भएका १८ वर्ष ननाघेका विद्यार्थी प्रतियोगिताका लागि योग्य हुनेछन् ।

    प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो र तेस्रो हुने टोलीले क्रमशः ३० हजार र १५ हजार रुपैयाँ नगदसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ बेस्ट स्पाइकर, बेस्ट लिफ्टर, बेस्ट सर्भर, बेस्ट ब्लकर र बेस्ट डिफेन्सलाई जनही दुई हजार रुपैयाँ नगदसहित स्वर्ण पदक प्रदान गरिनेछ । त्यस्तै बेस्ट प्लेयरलाई तीन हजार रुपैयाँ नगद, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

    एन्जल्स हार्ट फाउन्डेसनका कार्यकारी अध्यक्ष लिलबहादुर पुनले विद्यालय तथा कलेज तहका खेलाडीलाई राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अवसर उपलब्ध गराउँदै भलिबल खेलको दीर्घकालीन विकासमा योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनु भयाे । उहाँले एन्जल्स हार्टले शिक्षासँगै खेलकुद, नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा युवामुखी विभिन्न कार्यक्रममार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा निरन्तर काम गर्दै आएको उल्लेख गर्नु भयाे ।

    अध्यक्ष पुनका अनुसार प्रतियोगितालाई आगामी वर्षहरूमा अझ व्यवस्थित, प्रभावकारी र व्यापक बनाउँदै राष्ट्रियस्तरको प्रतिष्ठित विद्यालय भलिबल प्रतियोगिताका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । विद्यालय तथा कलेज तहमा लुकेर रहेका प्रतिभालाई पहिचान र प्रोत्साहन गर्दै राष्ट्रिय टोलीका लागि दक्ष खेलाडी उत्पादनमा समेत यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयाे ।

    प्रतियोगिता सञ्चालनका लागि करिब ६ लाख ३० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उक्त रकम पुरस्कार, सुरक्षा व्यवस्था, उद्घाटन तथा समापन समारोह, रेफ्री तथा अफिसियल व्यवस्थापन, प्रचारप्रसार तथा बाहिरी जिल्लाबाट आउने टोलीहरूको आवास र भोजन व्यवस्थामा खर्च गरिने आयोजकले जनाएको छ ।

    एन्जल्स हार्टले विगतदेखि नै शिक्षासँगै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न अन्तरविद्यालय प्रतियोगिता, खेलकुद प्रशिक्षण तथा युवा प्रतिभा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही अभियानको निरन्तरतास्वरूप आयोजना हुन लागेको यो प्रतियोगिताले विद्यालयस्तरको भलिबल विकासमा थप ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    युक्रेनमा रुसको भीषण आक्रमण

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

    टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

    आरोग्य नेपाल टेकले ल्यायो स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’

    रञ्जना लिपि राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजाने वाहक हो, अक्षर कलाको संवाहक हो : प्रवक्ता मानन्धर

    समाचार

    युक्रेनमा रुसको भीषण आक्रमण

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

    टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑