• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १७, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

      ९ घण्टा अघि

      रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

      १0 घण्टा अघि

      अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

      १ दिन अघि

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      १ दिन अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      १ दिन अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      २ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      २ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      २ दिन अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      २ दिन अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      ३ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      ३ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      ३ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      ३ दिन अघि

      प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

      ३ दिन अघि

      भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

      ३ दिन अघि
    आज: २०८३ भाद्र १७, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    नेपाललाई विद्युत तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा चेम्बर अध्यक्ष अग्रवालको जोड

  • लाईभ नेपाल
  • २०८३ जेष्ठ २३, शनिबार (२ महिना अघि)
  • ४४३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले देशको औद्योगिक रूपान्तरण, ऊर्जा उपयोग र प्रविधि विकासलाई जोड दिँदै नेपाललाई विद्युत तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा जोड दिएका छन् । नेपाल विद्युुतीय व्यवसायी महासंघद्धारा आयोजित फिन ईलेक्टो टेक एक्स्पो २०२६” को उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो अन्तर्राष्ट्रिय प्रदर्शनीले नेपालमा प्रविधि, ऊर्जा र औद्योगिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।

    अध्यक्ष अग्रवालले नेपालको ऊर्जा, विद्युतीय, इलेक्ट्रोनिक्स, सूचना प्रविधि, सञ्चार तथा वैकल्पिक ऊर्जा क्षेत्रको विकासलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यसहित आयोजना गरिएको प्रदर्शनी केवल एक व्यापारिक गतिविधि मात्र नभई प्रविधि, नवप्रवर्तन, मैत्रीपूर्ण विकास र हरित अर्थतन्त्र निर्माणतर्फको महत्वपूर्ण अभियान भएको बताए । उनले उक्त प्रदर्शनीले नेपालमा विद्युतीय तथा इलेक्ट्रोनिक्स क्षेत्रका उद्यमी, व्यवसायी, उत्पादक तथा सेवा प्रदायकबीच आवश्यक सूचना, अनुभव र प्रविधिको आदान–प्रदानलाई सहज बनाउने विश्वास व्यक्त गरे ।

    साथै, यस प्रकारका अन्तर्राष्ट्रिय स्तरका प्रदर्शनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्यमी तथा उत्पादकहरूलाई एउटै मञ्चमा ल्याएर आर्थिक सम्बन्ध विस्तार गर्न मद्दत गर्ने उनको भनाइ छ । अध्यक्ष अग्रवालका अनुसार, यस्तो प्रदर्शनीले नेपाललाई नयाँ आर्थिक यात्रातर्फ अघि बढाउने “प्रारम्भिक बिन्दु” को रूपमा काम गर्नेछ । उनले यसले उत्पादन क्षमता र बजार अवसरबीचको दूरी घटाई देशलाई आर्थिक वृद्धिदरको लक्ष्यतर्फ अघि बढाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

    उनले नेपालको आर्थिक वृद्धि लक्ष्य ७ प्रतिशतसम्म पु¥याउन यस्ता गतिविधिहरूले महत्वपूर्ण योगदान दिन सक्ने उल्लेख गरे । उनले भारतमा प्रतिव्यक्ति वार्षिक विद्युत खपत करिब १,५०० र चीनमा ७,१०० युनिट किलोवाट आवर रहेको तथ्य प्रस्तुत गर्दै नेपालमा प्रतिव्यक्ति विद्युत खपत करिब ४६५ युनिट किलोवाट आवर मात्रै रहेको बताए । यसले नेपालको ऊर्जा उपयोग र औद्योगिक विकासबीच ठूलो अन्तर रहेको स्पष्ट हुने उनको भनाइ थियो । उनले विद्युत खपत वृद्धि र ऊर्जा उपयोग विस्तार नै आर्थिक रूपान्तरणको आधार भएको उल्लेख गर्दै स्वच्छ ऊर्जा विकासलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

    त्यस्तै, उनले हाल कायम रहेको एमआरपी प्रणालीले व्यवसायिक क्षेत्रमा चुनौती सिर्जना गरेको बताए । विशेषगरी भन्सार बिन्दुमा नै एमआरपी लेबलिङ अनिवार्य गर्दा व्यवसायीलाई कठिनाइ भएको उनको भनाइ थियो । एउटै कन्टेनरमा विभिन्न प्रकारका वस्तुहरू आउने भएकाले भन्सार बिन्दुमा लेबलिङ गर्न व्यवहारिक कठिनाइ रहेको उनले उल्लेख गरे । उनले भन्सार पूर्वाधार अझै पर्याप्त रूपमा विकास नभएको कारण वर्तमान प्रणालीले व्यवसायमा अनावश्यक दबाब सिर्जना गरेको भन्दै सुधार आवश्यक रहेको बताए ।

    यस्तो व्यवस्थाले उपभोक्तामा समेत प्रत्यक्ष असर पर्ने भएकाले बजारमा स्वतन्त्र प्रतिस्पर्धा र बजार विस्तारलाई प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए । साथै, अध्यक्ष अग्रवालले प्रदर्शनीले नेपाललाई प्रविधि, ऊर्जा र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्न सहयोग पु¥याउने विश्वास समेत व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

    रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

    अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    समाचार

    बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

    रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

    अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑