• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ २९, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बूढानीलकण्ठलाई ‘टुरिजम हब’ बनाउने संकल्प: ५० युवालाई पर्यटन प्रवर्द्धन तथा अभिमुखीकरण तालिम, पर्यटन क्षेत्रका दिग्गज कर्ण शाक्यको विशेष प्रस्तुति

      १७ घण्टा अघि

      सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

      २ दिन अघि

      रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका गतिविधि स्थगन

      २ दिन अघि

      कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

      २ दिन अघि

      एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

      २ दिन अघि

      काठभित्र १०० टन लागूऔषध

      २ दिन अघि

      मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ

      २ दिन अघि

      कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिना बढीको आयात धान्ने

      २ दिन अघि

      ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा

      ३ दिन अघि

      डिजिटल गण्डकी सफलतापूर्वक सम्पन्न: क्यान महासंघद्वारा ‘सार्वभौम एआई’ र डिजिटल रूपान्तरणको राष्ट्रिय मार्गचित्र सार्वजनिक

      ४ दिन अघि

      कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता

      ४ दिन अघि

      विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड

      ४ दिन अघि

      २०२६ के-भाइब महोत्सव काठमाडौंमा ‘सौन्दर्यता र स्वाद’ एकसाथ

      ४ दिन अघि

      आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

      ५ दिन अघि

      इन्द्रसरोबरमा सवारी दुर्घटना : एक जनाको मृत्यु, १८ घाइते

      ५ दिन अघि
    आज: २०८३ जेष्ठ २९, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  आर्थिक

    ‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण भने छैन’

  • लाईभ नेपाल
  • २०८३ जेष्ठ २३, शनिबार (५ दिन अघि)
  • ८६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ल्याएको बजेटले लगानीकर्ताको मनोबल उकास्न खोजेपनि पूर्ण भने नरहेको निजी क्षेत्रका प्रतिनिधिहरुले बताएका छन् । आज राजधानीमा भएको एक कार्यक्रममा उनीहरुले बजेटमा गरिएका घोषणहरु इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्ने बताउँदै अहिले देखिएका कतिपय समस्याहरुलाई सरकारले समाधान गर्नतर्फ लाग्नुपर्नेमा जोड दिएका हुन् ।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जान श्रेष्ठले बजेटले नीतिगत सुधारका लागि सकारात्मक घोषणा गरेको बताए । विशेषगरी ३१ वटा निकायको खारेजी, मर्जर र पुनर्संरचना गर्ने कदमले प्रशासनिक छिटोछरितोपना ल्याउने उनले विश्वास व्यक्त गरे ।

    १५ वटा कानूनको खारेजी वा परिमार्जन गर्ने सरकारको प्रतिबद्धताले निजी क्षेत्रको मनोबल उच्च बनाउने अध्यक्ष श्रेष्ठको भनाइ थियो । यद्यपि, भन्सार दरमा गरिएको परिवर्तनप्रति उनले असन्तुष्टि व्यक्त गरे । उनकाअनुसार भन्सारका दरहरू ११ बाट ७ मा झार्नु र कच्चा पदार्थको अन्तःशुल्क घटाउनु सकारात्मक छ तर धेरैजसो कच्चा पदार्थ सहायक प्रकृतिका मात्र भएकाले उद्योगको उत्पादन लागतमा खासै भिन्नता नआउने गुनासो उद्यमीहरूको छ । यसमा सरकारले सम्बोधन गर्नुपर्ने श्रेष्ठले बताए ।

    ‘हामी उद्यमी तथा लगानीकर्ताहरूले देशको ऊर्जा भविष्यमा आफ्नो पुँजी र विश्वास दुवै लगानी गरेका छौँ,’ उनले भने, ‘उत्पादन, कृषि, पर्यटन र सूचना प्रविधिसहित समग्र अर्थतन्त्रको औद्योगिकीकरण तथा प्रतिस्पर्धात्मकता अभिवृद्धिका लागि भरपर्दो र गुणस्तरीय विद्युत आज अपरिहार्य आधार बनिसकेको छ । हालै सार्वजनिक भएको राष्ट्रिय बजेटले नीतिगत सुधारका केही सकारात्मक घोषणाहरू अघि सारेको छ । विशेषगरी प्रशासनिक छिटोछरितोपना ल्याउन चालिएका कदमहरू स्वागतयोग्य छन् । यस सन्दर्भमा ३१ वटा निकाय खारेज गर्ने, ६ वटा निकायलाई एकीकरण (मर्जर) गर्ने, ६ वटा निकाय हस्तान्तरण गर्ने तथा १८ वटा निकायलाई पुनर्संरचना गर्ने निर्णयले प्रशासनिक कार्यसम्पादनमा सुधार आउने विश्वास हामीले लिएका छौँ । लगानी प्रवद्र्धन, आर्थिक सुधार तथा सहज सेवा प्रवाहका लागि उपयुक्त नीतिगत तथा कानुनी व्यवस्था मिलाउने दिशामा पनि बलियो संकेत देखिएको छ । बजेटमा भन्सारका ११ वटा दरलाई घटाएर ७ वटामा सीमित गर्ने तथा कच्चा पदार्थमा लाग्ने भन्सार दर र अन्तःशुल्क घटाउने व्यवस्था सकारात्मक छ । तर, माननीय अर्थमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु कि भन्सार दर घटाइएका अधिकांश कच्चा पदार्थ मुख्य कच्चा पदार्थ नभई सहायक कच्चा पदार्थ भएकाले उद्योगको उत्पादन लागतमा तात्त्विक प्रभाव नपर्न सक्ने भन्दै उद्यमीहरूले गुनासो गरिरहेका छन् ।’

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले बजेटले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएकोमा त्यसलाई हासिल गर्न महत्वाकांक्षा र क्षमताबीचको दूरी घटाउनुपर्नेमा जोड दिए । अध्यक्ष अग्रवालले ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामा मूल्य अभिवृद्धि कर लगाउने प्रस्तावलाई पुनरावलोकन गर्न माग गरे ।

    अग्रवालकाअनुसार नेपालमा प्रतिव्यक्ति विद्युत खपत भारत र चीनको तुलनामा अत्यन्तै न्युन छ । हरित ऊर्जा प्रोत्साहन गर्नुपर्ने समयमा कर लगाउँदा यसले उल्टो परिणाम दिनसक्छ ।

    ‘मलाई लाग्छ, अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८३/८४ को बजेटले निजी क्षेत्रको मनोबल बढाउने, लामो समयदेखि शिथिल रहेको अर्थतन्त्रलाई चलायमान बनाउने तथा मुलुकलाई आर्थिक समृद्धिको नयाँ चरणतर्फ लैजाने सुरुआती आधार तयार गरेको छ,’ उनले भने, ‘बजेटमा उल्लेख गरिएका लक्ष्य र उपलब्ध स्रोत–साधनबीचको दूरी कम गर्न सकियो भने ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न सहयोग पुग्नेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छौँ । तर, केही व्यावसायिक समस्याहरू पनि छन् । सरकारले ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने प्रस्तावलाई पुनरावलोकन गर्न अनुरोध गर्दछु । हाम्रो अर्थतन्त्र सानो भएकाले आयातको परिमाण पनि तुलनात्मक रूपमा कम हुन्छ । यस्तो अवस्थामा विदेशी निर्यातकर्ताहरूले उत्पादनस्थलमै एमआरपी लेबलिङ गर्न इच्छुक हुँदैनन् । भन्सार बिन्दुमै यस्तो लेबलिङ गर्नुपर्दा लागत अत्यधिक बढ्छ, जसको प्रत्यक्ष असर अन्ततः उपभोक्तामाथि पर्छ । त्यसैले बजार मूल्य निर्धारणमा प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने, बजार संरक्षणका नीतिहरू ल्याउने तथा खुला बजार अर्थतन्त्रको सिद्धान्त र अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राखी व्यावसायिक सहजीकरणका लागि उपभोक्ता संरक्षण ऐनमा आवश्यक संशोधन गर्न अनुरोध गर्दछु ।’

    अध्यक्ष अग्रवालले बजार मूल्यको स्वतन्त्रता, प्रतिस्पर्धा प्रवर्धन र व्यावसायिक सहजीकरणका लागि खुला बजार अर्थतन्त्रको नीतिअनुरूप उपभोक्ता संरक्षण ऐनमा आवश्यक परिमार्जन गर्न सरकारसँग अनुरोध गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    बूढानीलकण्ठलाई ‘टुरिजम हब’ बनाउने संकल्प: ५० युवालाई पर्यटन प्रवर्द्धन तथा अभिमुखीकरण तालिम, पर्यटन क्षेत्रका दिग्गज कर्ण शाक्यको विशेष प्रस्तुति

    सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

    रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका गतिविधि स्थगन

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

    काठभित्र १०० टन लागूऔषध

    समाचार

    बूढानीलकण्ठलाई ‘टुरिजम हब’ बनाउने संकल्प: ५० युवालाई पर्यटन प्रवर्द्धन तथा अभिमुखीकरण तालिम, पर्यटन क्षेत्रका दिग्गज कर्ण शाक्यको विशेष प्रस्तुति

    सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

    रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका गतिविधि स्थगन

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑