आज: २०८३ भाद्र १६, मंगलबार
    • ताजा अपडेट

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      १0 घण्टा अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      १0 घण्टा अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      १ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      १ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      १ दिन अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      १ दिन अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      २ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      २ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      २ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      २ दिन अघि

      प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

      २ दिन अघि

      भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

      २ दिन अघि

      नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग

      २ दिन अघि

      झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

      २ दिन अघि

      हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्याल नियुक्त

      २ दिन अघि
    आज: २०८३ भाद्र १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड

  • लाईभ नेपाल
  • २०८३ जेष्ठ २५, सोमबार (२ महिना अघि)
  • ४९९२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • बर्दिबास । नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद अध्यक्ष एवम् पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्ने बताएका छन् । महोत्तरी चेम्बर अफ कमर्सको आयोजनामा “नेपालको वर्तमान उद्योग, व्यापार तथा अन्तर्राष्ट्रिय बजारसँगको समन्वय : अवस्था, अवसर, चुनौती र भावी मार्गचित्र” विषयक अन्तरक्रिया कार्यक्रम तथा प्रमाणपत्र वितरण समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने क्रममा उनले सो धारणा राखेका हुन ।

    उनले आर्थिक, धार्मिक एवं सांस्कृतिक महत्वका दृष्टिले जनकपुर एवं बर्दिवास क्षेत्र देशको महत्वपूर्ण क्षेत्र मध्येको एक रहेको उल्लेख गर्दै चारै दिशाबाट सडक संजालमार्फत जोडिएकाले यस क्षेत्र केवल भौगोलिक रूपमा मात्र नभई विकासका दृष्टिले पनि संभावनायुक्त रहेको उल्लेख गरे । उनले जानकी मन्दिरको धार्मिक महत्व बारे प्रकाश पार्दै ठूलो संख्यामा आन्तरिक तथा बाह्य यात्रुहरूको आगमन हुने गरेकोे बताए । यसले स्थानीय अर्थतन्त्रलाई प्रत्यक्ष रूपमा चलायमान बनाइरहेको उनको भनाइ छ ।

    यसैगरी, उनले यी क्षेत्रहरूको आर्थिक आधार मुख्य रूपमा व्यापार, उद्योग र कृषिमा आधारित रहेको उल्लेख गरे । यी तीन क्षेत्रले स्थानीय रोजगारी र समग्र आर्थिक गतिविधिलाई बलियो आधार प्रदान गरिरहेको उनले जनाए । उनले भारत, चीन, भियतनाम लगायत विभिन्न देशहरूबाट सामानहरु आयात गरी होलसेल व्यापार तथा पर्यटन आकर्षणका कार्यक्रममा सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

    श्रेष्ठले स्थानीय उत्पादनको प्रवद्र्धन, निर्यात अभिवृद्धि, लगानीमैत्री वातावरणको विकास र उद्यमशीलताको विस्तारमार्फत राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने बताए । “नेपालको उद्योग–व्यापार क्षेत्रलाई विश्व बजारसँग प्रभावकारी रूपमा जोड्न निजी क्षेत्रको भूमिका अझ सशक्त र गतिशील हुनुपर्छ, आर्थिक विकासको मेरुदण्ड निजी क्षेत्र नै हो र यसको सशक्तिकरण बिना दिगो समृद्धि सम्भव छैन” उनले भने “जहाँ उत्पादन बलियो हुन्छ, त्यहाँ अर्थतन्त्र स्वतः बलियो हुन्छ ।”

    सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठले नेपालको सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न “थिंक ग्लोबल, एक्ट लोकल” को अवधारणालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै निजी क्षेत्र, सरकार र नीतिगत संयन्त्रबीच संयोजन अपरिहार्य रहेको समेत उल्लेख गरे । कार्यक्रममा महोत्तरी चेम्बर अफ कमर्सका अध्यक्ष सुधिर अग्रवालले जिल्लाका उद्योगी व्यवसायीहरूको हित संरक्षण, व्यवसायिक वातावरण सुधार तथा स्थानीय आर्थिक गतिविधि सुदृढीकरणका लागि चेम्बर निरन्तर सक्रिय रहेको बताए । उनले सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य विस्तार गरी उद्योग, व्यापार र रोजगारीका अवसरहरू वृद्धि गर्न सकिने उल्लेख गरे ।

    सो अवसरमा महोत्तरी चेम्बर अफ कमर्सका कार्यसमिति सदस्यहरूलाई प्रमाणपत्र समेत वितरण गरियो । साथै, जिल्लाका उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूको सहभागितामा वर्तमान आर्थिक अवस्था, अन्तर्राष्ट्रिय बजारसँगको समन्वय, लगानीका सम्भावना, व्यवसायिक चुनौती तथा भविष्यका अवसरहरूबारे गहन छलफल गरियो । कार्यक्रममा सहभागी व्यवसायीहरूले स्थानीय उद्योग प्रवद्र्धन, व्यवसायमैत्री नीति निर्माण, सहज बैंकिङ पहुँच, कर प्रणालीमा सुधार तथा औद्योगिक पूर्वाधार विकासमा सरकारको ध्यान आवश्यक रहेको सुझाव दिए ।

    कार्यक्रमले स्थानीय व्यवसायीहरूलाई आर्थिक अवस्था र अन्तर्राष्ट्रिय व्यापारिक प्रवृत्तिबारे महत्वपूर्ण जानकारी आदानप्रदान गर्ने अवसर प्रदान गरेको सहभागीहरूले जनाए ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    समाचार

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑