• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ३१, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

      १ घण्टा अघि

      विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क, कति पुग्यो उनको सम्पत्ति ?

      २ घण्टा अघि

      सुनितालाई घरमै नागरिकता

      २ घण्टा अघि

      विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका

      २ घण्टा अघि

      टोखा नगरपालिका वडा नं. ४ र ६ संयुक्त रूपमा बालमैत्री वडा घोषणा

      २ घण्टा अघि

      विभिन्न क्षेत्रमा योगदान दिएका वडावासीलाई वडाको सम्मान : सेवाको सम्झना र सौहाद्रताको अभिवृद्धि

      २ घण्टा अघि

      कास्कीको नवौं जिल्ला सभा सम्पन्न, अनुगमनकारी संस्थाका रुपमा जि.स.स.लाइ थप सुदृढ गर्ने गरी संविधान संसोधन गर्न माग

      २ घण्टा अघि

      Sabina Papan Gurung, dedicated to service with 22 years of experience: An inspiring journey of faith, humanity and dedication

      २ घण्टा अघि

      नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि रोनक र स्वस्तिकालाई

      ३ घण्टा अघि

      बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया

      ३ घण्टा अघि

      डिजिटल फोहोर व्यवस्थापन प्रणालीका लागि लुम्बिनी टेक इनोभेसन सेन्टर र अपकोड नेपालबीच सम्झौता हस्ताक्षर

      ३ घण्टा अघि

      बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

      १ दिन अघि

      राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

      १ दिन अघि

      नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

      १ दिन अघि

      यस्ता छन् सरकारका मुख्य ३ निर्णय

      २ दिन अघि
    आज: २०८३ जेष्ठ ३१, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    विभिन्न क्षेत्रमा योगदान दिएका वडावासीलाई वडाको सम्मान : सेवाको सम्झना र सौहाद्रताको अभिवृद्धि

  • लाईभ नेपाल
  • २०८३ जेष्ठ ३१, आईतबार (२ घण्टा अघि)
  • २१८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. ८ ले सामाजिक सेवामा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रमले प्रथम पूर्व उपराष्ट्रपतिदेखि भुइँमा बसेर सेवा गर्नेहरुलाई एउटै मञ्चमा उभ्यायो । समाजको वास्तविक स्वरुप, त्यस क्षेत्रमा बसोबास गर्ने सर्जक, कलाकार, खेलाडी, राष्ट्रसेवक, स्वास्थ्यकर्मी जस्ता पेशाकर्मी, ज्येष्ठ नागरिक, उद्यमी व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको व्यक्तित्वले बिम्बित गर्छ ।

    वडाले आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका ७० जना व्यक्तिहरुको व्यक्तित्वले यो बिम्बलाई उझ्यालो बनाएको थियो । यो केवल एउटा औपचारिक कार्यक्रम मात्र थिएन । बरु, वडाले आफ्ना सामाजिक अगुवाहरुलाई ‘तपाईँहरुको योगदान हामीले सम्झना गरिरहेका छौँ’ भनेर दिएको आत्मीय सन्देश थियो । त्यस अवसरमा शिक्षा, स्वास्थ्य, खेलकुद, कला–साहित्यदेखि उद्यम–व्यवसाय र धर्म–संस्कृतिसम्मका साधकहरूलाई माला र दोसल्लाले सम्मान गरिएको थियो ।

    व्यक्तित्व सम्मानमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले, सम्मानित व्यक्तित्वहरुले पेशा र क्षेत्रको विकासका लागि मात्र नभइ लोकतन्त्रको जगलाई बलियो बनाउन पनि योगदान गर्नुभएको चर्चा गर्नुभयो । आफले निर्वाचनमा प्रतिस्पर्धा गर्दा पाएको न्यानोपनाको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘राजनीतिलाई वास्तविक र सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नु पर्ने अहिलेको आवश्यकता हो । हामी सबै मिलेर यो बाटो बनाउन केही योगदान गरौँ ।’

    त्यस अवसरमा प्रथम उपराष्ट्रपति परमानन्द झाले सम्मान ग्रहण गर्दै वडा नागरिकको सुखको पनि र दुःखको पनि साथी रहेको धारणा व्यक्त गर्नुभयो । ‘वडाले सक्रिय जीवनपछि घरमा भएकालाई समेत सार्वजनिक स्थलमा ल्याएर सम्मान गरेको छ । यो वडाको बडप्पन हो ।’ झाले खुसी व्यक्त गर्नुभयो । सबै पेशा र क्षेत्रमा योगदान दिने व्यक्तित्वहरु आफ्नो वडामा हुनुलाई आफूले वैभवका रुपमा लिएको बताउँदै वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले भन्नुभयो, ‘प्रतिशोध लिएर भन्दा स्वच्छ प्रतिस्पर्धा गरेर उन्नत समाज निर्माण गर्नु पर्नेछ ।

    विशिष्ठ व्यक्तित्वहरुले समाजलाई यही बाटोमा हिँडाउन सहयोग गरिरहनुहुनेछ भन्ने लागेको छ ।’ सम्मानमा वडा भित्रका उद्यम व्यवसायीहरू, संञ्चित वज्राचार्य, प्रशान्त मण्डल, ऐथेना राजभण्डारी, विकास वैद्य, सुधिर सिंह, सन्तमान संगत सम्मानित हुनुभयो । संस्कृति तथा सम्पदा विधामा विनिता मगौया, स्वास्थ्य क्षेत्रतर्फ डा. सञ्जय श्रेष्ठ, डा. शिटिश अधिकारी, डा. गोविन्द ढकाल, डा. प्रीति वैद्य, डा. रोजन सिंह डंगोल, डा. रोशन डंगोल, प्रा. डा. मोडन प्रधान, डा. सोनीका धारी श्रेष्ठ, डा. हलिना वडाललाई सम्मान गरियो ।

    वडाका ज्येष्ठ नागरिकहरू रत्नमान श्रेष्ठ, शारदामान राजभण्डारी, हिराबाबा श्रेष्ठ, ठूली सिलवाल, आशामरू संगत, राम प्रसाद चौलागाईं र गणेश महर्जन सम्मानित हुनुभयो । राष्ट्रसेवक कर्मचारीहरू ज्ञानेन्द्रराज बैद्य, सुमन बैद्य, सानु डंगोल, नेत्र तिमल्सिना, जनकराज ढुंगाना, टंकमणि शर्मा, नवदत्त उपाध्यायलाई सम्मान प्रदान गरियो । खेलकुद विधामा कविराज नेगी, अदिप्शा बैद्य, उदयमान श्रेष्ठ, मनिष सेढाईँ, प्रशान्तमान श्रेष्ठ, सुरेन्द्र डंगोल रञ्जनमान श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यस्तै, धर्म संस्कृति विधामा संस्कृतिविद् मुकुन्द बैद्य, पुजारी मृत्युञ्जय कर्माचार्य, डा. केदारमान भण्डारी, बाजागुरूहरू समिर संगत, रामकृष्ण डंगोल, भाइराजा डंगोल, राजेश संगत, समाजसेवीहरू रामकुमार श्रेष्ठ र अनन्त प्रसाद भेटवाललाई सम्मान प्रदान गरियो ।

    यस्तै शिक्षा क्षेत्रबाट हृदयमान श्रेष्ठ, वसन्त बहादुर श्रेष्ठ, शिवानन्द संगत, डा. चन्द्रमणि अधिकारी, डा. अभय यादव, सृजन राजभण्डारी, शशि कुमार रावत, डा. गीता श्रेष्ठ बैद्य, बालकृष्ण बैद्यलाई सम्मान गरिएको हो । कला साहित्य विधातर्फ राजेश मानन्धर, अजित गौतम, सरिता मिश्र, महेश्वर राजभण्डारी, अच्युतराम भण्डारी, नरेन्द्रराज शर्मा, उद्धवप्रसाद भट्टराई, सजल राजभण्डारी सम्मानित हुनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

    विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क, कति पुग्यो उनको सम्पत्ति ?

    सुनितालाई घरमै नागरिकता

    विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका

    टोखा नगरपालिका वडा नं. ४ र ६ संयुक्त रूपमा बालमैत्री वडा घोषणा

    कास्कीको नवौं जिल्ला सभा सम्पन्न, अनुगमनकारी संस्थाका रुपमा जि.स.स.लाइ थप सुदृढ गर्ने गरी संविधान संसोधन गर्न माग

    समाचार

    जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

    विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क, कति पुग्यो उनको सम्पत्ति ?

    सुनितालाई घरमै नागरिकता

    विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑