• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ २, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

      १ घण्टा अघि

      मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

      १ घण्टा अघि

      आर्थिक वर्ष २०८३-०८४ का लागि काठमाडौँ महानगरपालिकाको नीति पारित

      २ घण्टा अघि

      निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी

      २ घण्टा अघि

      विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

      २ घण्टा अघि

      दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

      २ घण्टा अघि

      एनसेल कार्यालयमा सीआईबीको टोली, स्मार्ट टेलिकमको फाइल लिएर फर्कियो

      २ घण्टा अघि

      १०० एमबीपीएस वा त्यसमाथिका इन्टरनेट प्याकेज लिनेलाई टेलिकमले विश्वकप फुटबल निःशुल्क देखाउने

      २ घण्टा अघि

      ११औँ राष्ट्रिय ई–लाइट केनवाकाइ च्याम्पियनसिप भव्य रूपमा सम्पन्न, रुपन्देही बन्यो च्याम्पियन

      १ दिन अघि

      जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

      १ दिन अघि

      विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क, कति पुग्यो उनको सम्पत्ति ?

      १ दिन अघि

      सुनितालाई घरमै नागरिकता

      १ दिन अघि

      विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका

      १ दिन अघि

      टोखा नगरपालिका वडा नं. ४ र ६ संयुक्त रूपमा बालमैत्री वडा घोषणा

      १ दिन अघि

      विभिन्न क्षेत्रमा योगदान दिएका वडावासीलाई वडाको सम्मान : सेवाको सम्झना र सौहाद्रताको अभिवृद्धि

      १ दिन अघि
    आज: २०८३ अषाढ २, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    एनसेल कार्यालयमा सीआईबीको टोली, स्मार्ट टेलिकमको फाइल लिएर फर्कियो

  • लाईभ नेपाल
  • २०८३ अषाढ २, मंगलबार (२ घण्टा अघि)
  • २४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रमा देखिएको अहिलेसम्मकै ठुलो आर्थिक अनियमितता र सरकारी सम्पत्ति हिनामिनाको अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार एनसेलको प्रधान कार्यालयबाट सम्बन्धित कागजात लिएको छ । स्मार्ट टेलिकमको अर्बौँ मूल्यको सम्पत्ति गैरकानुनी रूपमा लिलाम बिक्री गरी सरकारको हक टुटाउन खोजिएको विषयको अनुसन्धानका क्रममा सीआईबीले कम्पनीको कार्यालयमा पुगेर महत्त्वपूर्ण कागजात र प्रमाणहरू नियन्त्रणमा लिएको हो ।

    सीआईबी स्रोतले अनुसन्धानका क्रममा कागजात लिने कार्य भएको र छापा भने नपारिएको बताएको छ । स्मार्ट टेलिकमले नियमानुसार नवीकरण दस्तुर र अन्य राजस्व बुझाउन नसकेपछि ३ वैशाख २०८० मा कम्पनीको लाइसेन्स स्वतः रद्द भएको थियो । दूरसञ्चार ऐन, २०५३ र अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ अनुसार लाइसेन्स रद्द भएपछि कम्पनीको सम्पूर्ण सम्पत्ति, पूर्वाधार, संरचना र नेटवर्क नेपाल सरकार अर्थात् नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा रहने कानुनी व्यवस्था छ ।

    प्राधिकरणले ८ जेठ २०८० मा नै कम्पनीको सम्पत्ति आफ्नो नियन्त्रणमा आएको घोषणा गरेको थियो । तर, राज्यको नियन्त्रणमा आइसकेको यो सम्पत्तिलाई नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क (एनआईएमबी) ले गैरकानुनी रूपमा लिलाम प्रक्रियामा लगेर एनसेललाई बिक्री गरेपछि यो प्रकरणले फौजदारी मोड लिएको हो ।

    सीआईबीले यस प्रकरणमा स्मार्ट टेलिकमका तत्कालीन अध्यक्ष सर्वेश जोशीलाई २२ वैशाखमा पक्राउ गरिसकेको छ । जोशीमाथि ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान भइरहेको छ । जोशीले नै २० भदौ २०८२ मा लिखित रूपमा कम्पनीको सम्पत्ति लिलाम बिक्री गर्न मञ्जुरीनामासहित बैङ्कलाई अनुरोध गरेका थिए । जबकि त्यति बेलासम्म कम्पनीको सम्पत्तिमाथि उनको कुनै कानुनी अधिकार बाँकी थिएन ।

    यसैगरी नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई पनि प्रहरीले बुधबार मात्र नियन्त्रणमा लिएको छ । बैङ्कले प्रचलित बैङ्किङ कानुन र सुरक्षित कारोबार ऐन अनुसार कर्जा असुलीका लागि लिलामी गरेको दाबी गरे पनि सीआईबीले भने सरकारी नियन्त्रणमा रहेको सम्पत्ति बैङ्कले आफूखुसी बेच्नुलाई गम्भीर वित्तीय अपराध मानेको छ । लिलामी प्रक्रियामा संलग्न रहेको आरोपमा थप अन्य दुई जना पलिना श्रेष्ठ र नरेन्द्र उलाकलाई पनि पक्राउ गरी हिरासतमा राखिएको छ ।

    स्मार्ट टेलिकमको सम्पत्ति खरिद गर्ने क्रममा एनसेलको भूमिका सबैभन्दा बढी विवादास्पद र शङ्कास्पद देखिएको छ । बैङ्कले ३ असोज २०८२ मा निकालेको लिलामी सूचनाको आधारमा एनसेलले स्मार्ट टेलिकमको सम्पत्ति ४ अर्ब ६० करोड रुपैयाँमा सकार गरेको थियो । यो लिलामीमा अन्य दुई कम्पनी प्रोफेसनल बिजनेस नेटवर्क र ट्रान्सगेट टेकले क्रमशः ४२ करोड र ४४ करोड मात्र कबोल गरेका थिए । तर बजार मूल्य र अन्य प्रतिस्पर्धीको तुलनामा एनसेलले भने १० गुणाभन्दा बढी मूल्य हालेर पुराना र प्रयोग भइसकेका उपकरण खरिद गर्नुको पछाडि ठुलो षड्यन्त्रको आशङ्का छ ।

    जानकारहरूका अनुसार यो कृत्रिम कारोबारको मुख्य उद्देश्य बैङ्कको ऋण चुक्ता गरेर सरकारी बक्यौताबाट पन्छिनु हो । स्मार्ट टेलिकमले सरकारलाई लाइसेन्स दस्तुर बाहेक मात्र कम्तीमा ७ अर्ब रुपैयाँ राजस्व बुझाउन बाँकी छ । लाइसेन्स नवीकरण दस्तुर समेत जोड्दा यो रकम झन्डै ३० अर्ब पुग्छ । राज्यको यो अर्बौँको राजस्वलाई डुबाएर बैङ्कको ऋण मात्र भुक्तानी गर्न एनसेल र स्मार्ट टेलिकमका लगानीकर्ताबिच भित्री सेटिङ भएको विश्लेषण छ ।

    एनसेल खरिद गर्ने समूह र स्मार्ट टेलिकम टाट पल्टाउने समूह एउटै भएको तथ्य पूर्व महालेखा परीक्षक टङ्कमणि शर्माको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदनले औँल्याइसकेको छ । स्मार्ट टेलिकममा सुरुदेखि नै सतिसलाल आचार्य र भावना सिंह श्रेष्ठ आबद्ध कम्पनीहरूको मुख्य लगानी थियो । पछि सतिसलाल आचार्यले नै एनसेलको ८० प्रतिशत शेयर खरिद गरेपछि उनकै पूर्व स्वामित्वको कम्पनीको सम्पत्ति खरिद गरिएको हो ।

    छानबिन समितिको प्रतिवेदन अनुसार स्मार्ट टेलिकममा सतिसलाल समूहको आर्थिक स्वार्थ र लगानी देखिएकाले यो दूरसञ्चार नियमावली विपरीतको ‘क्रस होल्डिङ’ समेत हो । आफ्नै एक कम्पनीलाई टाट पल्टाएर राज्यको दायित्व नतिर्ने र अर्को कम्पनीमार्फत सोही सम्पत्ति सकारेर बैङ्कको ऋण मिलाउने यो खेललाई सीआईबीले सङ्गठित अपराधको रूपमा व्याख्या गरेको छ ।

    यस प्रकरणमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणको भूमिका पनि निकै गम्भीर र सन्देहास्पद देखिएको छ । आफ्नै नियन्त्रणमा रहेको सम्पत्ति लिलामी हुँदा प्राधिकरण महिनौँसम्म मूकदर्शक बनेको थियो । बैङ्कले लिलामीको सूचना राष्ट्रिय दैनिक पत्रिकामा दुई पटकसम्म प्रकाशन गर्दा पनि प्राधिकरणले कुनै प्रतिक्रिया जनाएन ।

    अझ आश्चर्यको कुरा त के छ भने, बैङ्कले लिलामी प्रक्रिया टुङ्ग्याउँदै गर्दा प्राधिकरणले सोही सम्पत्तिको मूल्याङ्कन गर्न भन्दै मूल्याङ्कन समिति गठन गर्ने नाटक मञ्चन गरेको थियो । बैङ्कले लिलामी प्रस्ताव खोलेको भोलिपल्टै प्राधिकरणले राजेश पराजुलीको संयोजकत्वमा ५ सदस्यीय समिति नियुक्त गरेको थियो । जुन सम्पत्ति बैङ्कले बेचिसकेको थियो, त्यसैको मूल्य निर्धारण गर्न समिति बनाउनुले प्राधिकरण नेतृत्वको नियतमाथि प्रश्न उठाएको छ ।

    प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले लिलामी रोक्न पत्राचार गरिएको दाबी गरे पनि एनसेलले माघ २०८२ मा आफैँ जानकारी नगराउन्जेल प्राधिकरणले कुनै ठोस कानुनी कदम चालेको देखिँदैन । सम्पत्ति हिनामिना भइसकेपछि पनि प्राधिकरणले वैशाख २०८३ मा मूल्याङ्कन समितिमा नयाँ सदस्य नियुक्त गरेर प्रक्रियाको रटान लगाइरहनुलाई जनता र सरकारलाई गुमराहमा राख्ने प्रयासको रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

    मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

    आर्थिक वर्ष २०८३-०८४ का लागि काठमाडौँ महानगरपालिकाको नीति पारित

    निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी

    विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

    दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

    समाचार

    मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

    मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

    आर्थिक वर्ष २०८३-०८४ का लागि काठमाडौँ महानगरपालिकाको नीति पारित

    निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑