• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १८, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

      ७ घण्टा अघि

      कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

      ७ घण्टा अघि

      शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

      ७ घण्टा अघि

      बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

      ७ घण्टा अघि

      बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

      ७ घण्टा अघि

      भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

      ७ घण्टा अघि

      भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै सम्पर्कविहीन

      ७ घण्टा अघि

      बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

      १ दिन अघि

      रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

      १ दिन अघि

      अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

      १ दिन अघि

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      २ दिन अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      २ दिन अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      ३ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      ३ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      ३ दिन अघि
    आज: २०८३ भाद्र १८, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

  • लाईभ नेपाल
  • २०८३ अषाढ ३, बुधबार (२ महिना अघि)
  • २८२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धमा ललितपुरका संघीय र प्रदेश सांसदसँग छलफल गरेको छ । यस अघि महानगरले सरोकारवाला र सल्लाहकारहरुसँग बजेट तथा नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषय बारे सुझाव लिन छलफल आयोजना गरेको थियो ।

    छलफल कार्यक्रममा संघीय सांसद जगदीश खरेलले आउँदो नीति तथा कार्यक्रमले १० वर्षको लागि ‘मास्टर प्लान’ तयार गर्नुपर्ने बताए । महानगरले महानगरवासीलाई रोजगारसँग जोड्नुपर्ने प्रष्ट पारे । उनले भने, ‘निर्वाचनका बेला मैले एक मिनेटमा लगभग दुई जनालाई भेटेँ होला, त्यो बेला उहाँहरु सबैको कुरा रोजगारी भएन भन्ने थियो, आर्थिक आत्मनिर्भरतासँग जोडिएको थियो ।’

    संघीय सांसद प्रभा कार्कीले महानगरमा पार्किङको समस्या धेरै भएको बताउँदै अबको नीति तथा कार्यक्रमले त्यसलाई सम्बोधन गर्नुपर्ने बताइन् । सार्वजनिक जग्गा संरक्षण अर्को महत्वपूर्ण विषय भएको बताउँदै सार्वजनिक जग्गा संरक्षणका लागि महानगरको भूमिका महत्वपूर्ण भएको प्रष्ट पारिन् ।

    ललितपुरका प्रदेश सांसद तथा पूर्वमन्त्री रामकृष्ण चित्रकारले अबको नीति तथा कार्यक्रमले मूर्त सँगसँगै अमूर्त सम्पदाको संरक्षणलाई थप प्राथमिकता दिनुपर्ने धारणा राखे । अमूर्त सम्पदा मानव जीवनसँग प्रत्यक्ष जोडिएको हुनाले ती सम्पदाको संरक्षण अझै महत्वपूर्ण बताए । मूर्त र अर्मूत सम्पदाबीच अन्योन्याश्रित सम्बन्ध भएको बताउँदै अमूर्त सम्पदाको संरक्षणले मूर्त सम्पदा समेत संरक्षण गर्न अप्रत्यक्ष रुपमा सहयोग पुग्ने उनको भनाई थियो । उनले सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको रुचि जगाउन महानगरले ठोस कार्यक्रम ल्याउनुपर्ने बताए ।

    प्रदेश सांसद प्रेमभक्त महर्जन महानगर बन्ने क्रममा जोडिएका चक्रपथ बाहिरका वडाहरुको विकासका लागि महानगरले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमले विशेष ढंगले सम्बोधन गनुपर्ने बताए । उनले चक्रपथ बाहिरका वडामा गर्नपर्ने काम धेरै भएको बताउँदै कृषिलाई प्राथमिकतामा राख्नुपर्ने आंैल्याए । कार्यविनायक मन्दिर भूक्षयका कारण जोखिममा पर्दै गएको बताउँदै यसको संरक्षणका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो ।

    महानगर प्रमुख चिरीबाबु महर्जनले संघीय र प्रदेश सांसदहरुबाट आएको सुझावलाई आउँदो बजेट, नीति तथा कार्यक्रमले सम्बोधन गर्ने बताए । हरियाली संरक्षण, वातावरण संरक्षणमा महानगरले गरेको कामको व्याख्या गर्दै सम्पदा संरक्षण र हरियाली प्रबर्धनमा उल्लेखनीय काम गरेको व्याख्या गरे । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले तीनै वटा सरकारको मुख्य धेय नागरिकलाई सेवा गर्नु भएको बताउँदै संविधानको मर्मं अनुसार सहकार्य र सहअस्तित्वको अवधारणालाई आत्मसात गरेर अघि बढ्नु पर्ने बताए ।

    रोजगारी सिर्जनाका लागि महानगरले धेरै क्षेत्रमा तालिम आयोजना गरेको बताउँदै तालिम लिएर जनशक्ति बजारमा रहेको बताइन् । ललितपुर महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाईंले महानगरले सम्पदा संरक्षणसँगसँगै हरियाली प्रबर्धन र स्वास्थ्य क्षेत्रमा महानगरले गरेका कामलाई अन्य पालिकाले समेत अनुसरण गरेका स्पष्ट पारे । कार्यक्रममा विषयगत समितिका संयोजक र शाखा, महाशाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

    कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

    शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

    बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

    बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

    भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

    समाचार

    काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

    कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

    शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

    बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑