• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ १०, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      अध्यक्ष श्रेष्ठसहितको टोलीको पहलमा कृषि एम्बुलेन्स सेवा सञ्चालन, नीलकण्ठ ८ लाई कृषि आत्मनिर्भरतातर्फ लैजाने लक्ष्य

      १२ घण्टा अघि

      आँकुरा सहकारीको पहलमा कृषि एम्बुलेन्स, कृषकको उत्पादन बजारसम्म पुर्‍याइने

      १२ घण्टा अघि

      पद्मोदय माविमा वातावरण सम्बन्धी अभिमुखीकरण सम्पन्न: ‘हरित क्लब’ गठन र कानुनी साक्षरतामा जोड

      १३ घण्टा अघि

      Kajaria Ramesh Tiles Brings World-Class Luxury to Jorpati with New Showroom Launch

      १३ घण्टा अघि

      लाइभ नेपाल नेटवर्कको आयोजनामा शहीद शुक्र माध्यमिक विद्यालयमा दुई दिने वातावरण सम्बन्धी कार्यक्रम सम्पन्न

      १३ घण्टा अघि

      युरोपमा भीषण गर्मीको सङ्कट गहिरिँदै

      १३ घण्टा अघि

      बौद्धस्थित भाटभटेनी सुपर स्टोर पुनः सञ्चालनमा

      १३ घण्टा अघि

      रविको निर्देशन- मनमुटाव कोठाभित्रै टुङ्ग्याउनु पर्छ, सडकमा तमासा नदेखाउनू

      १३ घण्टा अघि

      रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

      १३ घण्टा अघि

      NIC ASIA Bank Limited Appoints NIMB ACE Capital Limited as Issue and Sales Manager for Rights Share Issuance

      १३ घण्टा अघि

      पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा अर्याल निर्वाचित

      २ दिन अघि

      अङ्किता भट्टराईद्वारा लाइफ कम्प्युटरको ‘वेबसाइट निर्माण प्रतियोगिता – सिजन ८’ को उपाधि जित्न सफल

      २ दिन अघि

      योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

      २ दिन अघि

      रास्वपा महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण

      २ दिन अघि

      भारतको अवरोध पछि नेपालका चिया उद्योग बन्द, एकसाता भित्र निर्यात खोल्ने मन्त्री खनालको आश्वासन

      २ दिन अघि
    आज: २०८३ अषाढ १०, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  कृषि

    आँकुरा सहकारीको पहलमा कृषि एम्बुलेन्स, कृषकको उत्पादन बजारसम्म पुर्‍याइने

  • लाईभ नेपाल
  • २०८३ अषाढ ९, मंगलबार (१२ घण्टा अघि)
  • ३७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • धादिङ । नीलकण्ठ नगरपालिका वडा नं. ८ मा कृषि तथा पशुजन्य उपजको संकलन, ढुवानी तथा बजारीकरणलाई सहज बनाउने उद्देश्यले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । आँकुरा कृषि तथा पशुपन्छी सहकारी संस्था लिमिटेडमार्फत नगरपालिका क्षेत्रभित्र उत्पादन हुने कृषि तथा पशु उपज संकलन गरी कृषक बजारमार्फत नियमित बिक्री–वितरण गर्ने लक्ष्यसहित एक गाडी र एक स्कुटर खरिद गरिएको हो ।

    कृषि एम्बुलेन्स सञ्चालनका लागि आवश्यक स्रोत जुटाउन हेफर नेपाल र एक्सन नेपालको सहयोग तथा सहकारीका शेयर सदस्यहरूको योगदान रहेको बताइएको छ । प्राप्त बजेट र सदस्यहरूको सहभागिताबाट सवारी साधन खरिद गरी सेवा सञ्चालनमा ल्याइएको हो ।

    कृषि एम्बुलेन्सको शुभारम्भ तथा पूजा कार्यक्रममा नीलकण्ठ नगरपालिकाका शासन विज्ञ दिपक कोइराला, आँकुरा कृषि तथा पशुपन्छी सहकारीका अध्यक्ष शम्भु श्रेष्ठ, वडा नं. ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, आँकुरा कृषि तथा पशुपन्छि सहकारीका सचिव विष्णुहरि लम्साल, किसान एग्रोभेटका सञ्चालक कृष्ण कोईराला लगायत विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा बोल्दै वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले कृषकको उत्पादनलाई सहज रूपमा बजारसम्म पुर्‍याउन कृषि एम्बुलेन्स प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कृषि र पशुपालनलाई आयआर्जनको भरपर्दो आधारका रूपमा विकास गर्न स्थानीय तह, सहकारी र कृषकबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने बताउनुभयो । कृषकले उत्पादन गरेका तरकारी, फलफूल, दूध तथा अन्य कृषि उपजको बजारीकरणमा देखिने समस्या समाधान गर्न यस सेवाले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

    सहकारीका सचिव विष्णुहरि लम्सालले कृषि एम्बुलेन्स सञ्चालनसम्म आइपुग्न धेरै वर्षको मेहनत, निरन्तर प्रयास र सबै पक्षको सहकार्य रहेको बताउनुभयो । “यो सेवा सञ्चालनमा ल्याउन हामीले धेरै चुनौतीहरू पार गरेका छौं। आजको सफलता कुनै एक व्यक्ति वा संस्थाको मात्र नभई सम्पूर्ण सदस्य, कृषक, सहयोगी संस्था र समुदायको साझा उपलब्धि हो,” उहाँले भन्नुभयो । उहाँले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि कृषकको हितमा अझ प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    सहकारीका अध्यक्ष शम्भु श्रेष्ठले कृषि एम्बुलेन्स सेवा कृषकका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उत्पादनदेखि बजारीकरणसम्मको श्रृंखलालाई व्यवस्थित बनाउन यसले सहयोग पुग्ने बताउनुभयो । कृषकले उत्पादन गरेको वस्तु समयमै बजारसम्म पुर्‍याउन सकिए कृषि व्यवसाय थप व्यावसायिक र आकर्षक बन्ने उहाँको भनाइ थियो ।

    त्यसैगरी नीलकण्ठ नगरपालिकाका शासन विज्ञ दिपक कोइरालाले स्थानीय उत्पादनको संरक्षण, प्रवर्द्धन र बजार पहुँच विस्तारका लागि यस्ता पहलहरू आवश्यक रहेको बताउनुभयो । सहकारी, स्थानीय सरकार र समुदायबीचको सहकार्यबाट सञ्चालनमा आएको कृषि एम्बुलेन्सले कृषकको आर्थिक सशक्तीकरणमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उहाँले यसलाई अन्य क्षेत्रका लागि पनि अनुकरणीय नमुनाका रूपमा लिन सकिने धारणा राख्नुभयो।
    सहकारीका पदाधिकारी तथा स्थानीय कृषकहरूले कृषि एम्बुलेन्स सेवाबाट उत्पादन समयमै बजारसम्म पुग्ने, ढुवानी खर्च घट्ने, कृषि उपजको क्षति कम हुने तथा कृषि व्यवसायप्रति युवाको आकर्षण बढ्ने अपेक्षा व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    कृषि सम्बन्धि थप

    अध्यक्ष श्रेष्ठसहितको टोलीको पहलमा कृषि एम्बुलेन्स सेवा सञ्चालन, नीलकण्ठ ८ लाई कृषि आत्मनिर्भरतातर्फ लैजाने लक्ष्य

    पद्मोदय माविमा वातावरण सम्बन्धी अभिमुखीकरण सम्पन्न: ‘हरित क्लब’ गठन र कानुनी साक्षरतामा जोड

    Kajaria Ramesh Tiles Brings World-Class Luxury to Jorpati with New Showroom Launch

    लाइभ नेपाल नेटवर्कको आयोजनामा शहीद शुक्र माध्यमिक विद्यालयमा दुई दिने वातावरण सम्बन्धी कार्यक्रम सम्पन्न

    युरोपमा भीषण गर्मीको सङ्कट गहिरिँदै

    बौद्धस्थित भाटभटेनी सुपर स्टोर पुनः सञ्चालनमा

    समाचार

    अध्यक्ष श्रेष्ठसहितको टोलीको पहलमा कृषि एम्बुलेन्स सेवा सञ्चालन, नीलकण्ठ ८ लाई कृषि आत्मनिर्भरतातर्फ लैजाने लक्ष्य

    आँकुरा सहकारीको पहलमा कृषि एम्बुलेन्स, कृषकको उत्पादन बजारसम्म पुर्‍याइने

    पद्मोदय माविमा वातावरण सम्बन्धी अभिमुखीकरण सम्पन्न: ‘हरित क्लब’ गठन र कानुनी साक्षरतामा जोड

    Kajaria Ramesh Tiles Brings World-Class Luxury to Jorpati with New Showroom Launch

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑