• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर ११, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

      १८ घण्टा अघि

      कुवेतमा दुई इटालियनको ज्यान जाने ड्रोन आक्रमणमा आफुले नगरेको इरानको दावी

      १८ घण्टा अघि

      उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन बढ्याे

      १८ घण्टा अघि

      पक्राउ परेका पूर्व मुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो

      १ दिन अघि

      इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

      १ दिन अघि

      जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार, उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइयो

      १ दिन अघि

      कृषि तथा वन विश्वविद्यालयमा हाइब्रिड धानको उत्पादन प्रतिहेक्टर ६.८ टन

      १ दिन अघि

      Yamaha Nepal Celebrates Winners of “Changa Chet, Jeet Ko Naya Upgrade” Festive Campaign

      १ दिन अघि

      Nepal-Finland Chamber Holds Fourth AGM, Emphasises Expanding Trade and Investment Partnership

      १ दिन अघि

      विपद्पछि बालबालिकाको संरक्षण र पुनःस्थापनामा सरकार, नागरिक समाज र सरोकारवालाबीच सहकार्यमा जोड

      १ दिन अघि

      अमेरिकाबाट चीन र भारतसहित १४ देशमा नयाँ भन्सार शुल्क घोषणा

      १ दिन अघि

      नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढ्यो

      १ दिन अघि

      निर्वाचन आयोगमा कांग्रेस महाधिवेशनबाट प्राप्त अभिलेख अद्यावधिक

      २ दिन अघि

      भिसा लिडरसिप कन्क्लेभमा हिमालयन बैंकलाई दुई प्रतिष्ठित अवार्ड

      २ दिन अघि

      लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यक : मन्त्री बादी

      २ दिन अघि
    आज: २०८३ मंसिर ११, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    ३९ महिनामा काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

  • लाईभ नेपाल
  • २०८३ श्रावण १, शुक्रबार (४ महिना अघि)
  • ६०१५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान गरेको छ । यसमध्ये आर्थिक वर्षमा (असार २२ गतेसम्म) मात्र २२ हजार १३० जनाले निःशुल्क सेवा लिनुभयो । महानगरपालिकाले २०७९ माघ १७ गते नेपाल ल क्याम्पससँग सम्झौता गरेर स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत ५० जना विद्यार्थी छनोट गरेर चैत १ गतेदेखि निःशुल्क सेवा प्रदान गर्न थालेको हो ।

    यो पहिलो संस्करणमा उहाँहरुमध्ये ३५ जनालाई काममा खटाइएको थियो भने १५ जनालाई वैकल्पिक सूचीमा राखिएको थियो । कानुन नजानेका कारण, लेख्न नजानेका कारण, प्रक्रिया नबुझेका कारण वा एक्लो भएर सहयोग गर्ने मान्छे नभएका कारण कोही पनि न्यायबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले महानगरपालिकाका सबै वडामा एक एक जना र केन्द्रमा समेत सहजकर्ताको व्यवस्था गरिएको छ ।

    पीडितले मनमा बोकेका पीडालाई औपचारिक निवेदनको भाषामा उतार्न कठिन हुन सक्छ । यस्ता पीडितको पीडालाई नम्र भएर, शिष्ट भएर तथ्य तथा विवरण लिएर तोकिएको ढाँचामा कागजपत्र तयार पारेर कानुनी तथा प्रशासनिक प्रक्रियाको आधार तयार गरिदिनु सहजकर्तालाई महानगरपालिकाले दिएको जिम्मेवारी हो । ‘सेवाग्राहीमा कानुनी तथा प्रशासनिक प्रक्रिया र साक्षरताको कमी, लेख्न नसक्ने, ढाँचा नबुझ्ने, जान्ने मान्छेबाट सहयोग लिँदा खर्च हुने भएपछि यही कारण उहाँहरुको मनमा आउने आफ्ना लागि कोही छैनन् भन्ने भाव आउन नदिन तथा आर्थिक बोझ कम गराउन निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान गर्न थालेका हौँ ।’

    प्राप्त नतिजाका विषयमा कुरा गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘सेवा प्राप्त गर्ने व्यक्तिका मनले महसुस गरेको हलुकापन र आर्थिक बोझको मुक्ति हाम्रा लागि नतिजा हो । हेर्दा सामान्य लाग्न सक्छ । तर, त्यही सामान्य काम पनि गर्न नसकेर मनमा पीडा लुकाएर बस्नु पर्ने अवस्थाका सेवाग्राहीका लागि यो ठुलो सहयोग हो । त्यसैले काम ठुलो र सानो भन्दा पनि यसको प्रभाव कस्तो रह्यो भन्ने कुरा हाम्रा लागि महत्वपूर्ण छ ।’ डंगोलको भनाइ छ । कानुन विषयमा तेस्रो वर्षको अध्ययन सकेका विद्यार्थीलाई सहजकर्ताका रुपमा राखेर सेवा प्रवाह हुने गरेको छ ।

    चालु आर्थिक वर्षको अहिलेसम्म सेवा प्रवाह गरिरहेका विद्यार्थीहरु पाँचौँ संस्करणका विद्यार्थी हुनुहुन्छ । सहजकर्ताहरुले सेवाग्राहीको आवश्यकता अनुसार सामान्य निवेदन, उजुरी निवेदन, फिराद पत्र, प्रतिउत्तर पत्र, लिखित जवाफको मस्यौदा गरिदिने, मौखिक उजुरी परामर्श दिने गर्नुहुन्छ । कानुनी लिखतहरुको मस्यौदा गर्दा सेवाग्राहीसँग रहेको कागज प्रमाण, उहाँहरुले व्यक्त गरेका तथ्यगत बेहोरा र सबुदको मूल्याङ्कन गर्ने, प्रचलित संघीय, प्रदेश र महानगरपालिकाबाट जारी गरिएका कानुनी प्रबन्धहरुसँग पछिसम्म फरक नपर्ने कुराको एकिन गरेर सेवा प्रदान हुन्छ । सहजकर्ताको सेवाकै कारण लिखतको ढाँचा, त्यसमा प्रयोग हुने शब्द, भाषा, वाक्य र व्यहोरा शिष्ट, सभ्य, मर्यादित र कानुनमा तोके बमोजिम हुने भएपछि सेवामा एकरुपता कायम भएको छ ।

    यसरी सेवामा खटाइएका सहजकर्ताले, निःशुल्क सेवा दिने गर्नुभएको छ । उहाँहरुलाई सेवाग्राहीबाट शुल्क, उपहार तथा कुनै पनि प्रकारको सहयोग लिन रोक लगाइएको छ । न्यायिक सहजकर्तामार्फत निःशुल्क कानुनी सहायतासँगै महानगरपालिकाले सूचीकृत मेलमिलापकर्ताबाट वडा स्तरमा मेलमिलाप गराउने हुने प्रकृतिका विवादमा मेलमिलाप गराउँछन् । यो सेवा केन्द्रमा पनि छ । चालु आर्थिक वर्षका लागि ६७ जना महिला र ८६ जना पुरुष गरी १५३ जना मेलमिलापकर्ता सूचीकृत हुनुहुन्थ्यो ।

    मेलमिलाप गराउने काम वडा महिला सञ्जालमार्फत हुने गरेको छ । मेलमिलापसँगै सञ्जालले, कानुनी साक्षरता तथा कानुनी सचेतनाका काम गर्ने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

    कुवेतमा दुई इटालियनको ज्यान जाने ड्रोन आक्रमणमा आफुले नगरेको इरानको दावी

    उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन बढ्याे

    पक्राउ परेका पूर्व मुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो

    इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

    जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार, उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइयो

    समाचार

    यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

    कुवेतमा दुई इटालियनको ज्यान जाने ड्रोन आक्रमणमा आफुले नगरेको इरानको दावी

    उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन बढ्याे

    पक्राउ परेका पूर्व मुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑