• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ३०, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      मकवानपुरको इन्द्रसरोवरमा ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु , ४ घाइते

      २९ मिनेट अघि

      हुन्डाईको ‘फेस्टिभ ड्राइभ २०८३’ : तीन लाखसम्म नगद छुट, स्क्र्याच कार्डबाट पाँच लाखसम्म जित्ने अवसर

      ३ घण्टा अघि

      एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

      ३ घण्टा अघि

      पुँजीबजार सुधार नीतिले लगानीकर्ता उत्साहित, कारोबार रकम ८ अर्ब नाघ्यो

      ३ घण्टा अघि

      घरजग्गा किनबेचमा देखियो रौनक, गत आवमा मात्रै ७ खर्बको कारोबार

      ३ घण्टा अघि

      नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

      ३ घण्टा अघि

      चाडबाडमा सर्वसाधारणलाई राहत, अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न सकिने

      ६ घण्टा अघि

      बाढीपीडितको सहयोगमा निशान पोली क्लिनिक, प्रधानमन्त्री दैवी उद्धार कोषमा ४ लाख

      ६ घण्टा अघि

      एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत २०२६ PMGO साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै

      ७ घण्टा अघि

      डिजिटल संसद्‌बारे छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

      ७ घण्टा अघि

      जग्गा तथा आवास प्रदर्शनीमा विपद् उत्थानशील पूर्वाधारदेखि सुरक्षित बस्ती विकाससम्म गहन छलफल हुने

      ७ घण्टा अघि

      आज हरितालिका तीज : व्रतको शास्त्रीय महत्त्व, पौराणिक कथा र विधि

      १ दिन अघि

      फुपु तेन्जिङ शेर्पालाई उत्कृष्ट फेसन शिक्षा अवार्ड

      १ दिन अघि

      हामीले पश्चिमाहरुको ठाडो नक्कल गरेका छौँ, अब चीनबाट सिक्दै आफ्नै विकास मोडल बनाउनुपर्छः झलनाथ खनाल

      १ दिन अघि

      भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

      १ दिन अघि
    आज: २०८३ भाद्र ३०, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    केएमसी हाटबजार सम्पन्न, विद्यार्थीलाई उद्यमशीलता र नवप्रवर्तनको व्यवहारिक अभ्यास

  • लाईभ नेपाल
  • २०८३ श्रावण ६, बुधबार (१ महिना अघि)
  • २२९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । काठमाडौं मोडल कलेजमा केएमसी एन्टरप्रेनरसिप क्लब तथा केएमसी मिडिया रिचआउट क्लबको आयोजनामा र केएमसी स्टुडेन्ट क्वालिटी सर्कलको संयोजनमा ‘केएमसी हाटबजार २०८३’ सम्पन्न भएको छ । ‘सिक्ने हात, कमाउने आँट’ भन्ने मूल भावलाई आत्मसात् गरेको यस कार्यक्रमले विद्यार्थीको उद्यमशीलता, सिर्जनशीलता, नवप्रवर्तन र नेतृत्व क्षमतालाई व्यवहारिक रूपमा प्रस्तुत गर्ने प्रभावकारी मञ्च प्रदान गरेको छ ।

    कार्यक्रमको प्रमुख अतिथि पूर्व मिस नेपाल २०१८, युवा उद्यमी तथा प्रतिनिधि सभा सदस्य अनुष्का श्रेष्ठ रहेकी थिइन् । कार्यक्रमको औपचारिक उद्घाटन काठमाडौं मोडल कलेजका कलेज प्रमुख सुरेन्द्र सुवेदी तथा काठमाडौं मोडल सेकेन्डरी स्कुल का प्राचार्य डा. नागेन्द्र आर्यालले संयुक्त रूपमा गरेका थिए ।

    कार्यक्रममा सहायक कलेज प्रमुख ध्रुवप्रसाद तिमल्सेनाले उद्घाटन मन्तव्य व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीलाई सिर्जनात्मक सोच, आत्मनिर्भरता र व्यवहारिक व्यवसायिक अनुभवतर्फ प्रेरित गर्ने बताएका थिए ।

    यस वर्षको हाटबजारमा काठमाडौं मोडल कलेजसँगै केएमसी एजुकेसन नेटवर्क अन्तर्गतका केएमसी बागबजार, केएमएसएस बागबजार, केएमएसएस ललितपुर तथा एमआईटी कलेजका विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो ।

    विभिन्न संस्थाका विद्यार्थीहरूले आफ्ना उद्यमशील सोच, सिर्जना र बजार व्यवस्थापनसम्बन्धी सिपलाई एउटै मञ्चमार्फत प्रदर्शन गर्ने अवसर प्राप्त गरेका थिए । कार्यक्रममा ३२ वटा विविध स्टल राखिएका थिए, जहाँ विद्यार्थीहरूले स्वादिष्ट परिकार, फेसनेबल लुगा, हस्तनिर्मित गहना, हस्तकलाका सामग्री, होम डेकोर, ह्यान्डमेड फ्लावर लगायतका आकर्षक उत्पादनहरू प्रदर्शन तथा बिक्री गरेका थिए ।

    प्रत्येक स्टलले विद्यार्थीहरूको सिर्जनशीलता, नवप्रवर्तनशील सोच र व्यवसायिक सम्भावनाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका थिए ।

    करिब २ हजार विद्यार्थी तथा आगन्तुकहरूको सहभागिता रहेको कार्यक्रममा धेरै विद्यार्थीका लागि आफ्नै उत्पादन बिक्री गर्ने, ग्राहकसँग प्रत्यक्ष संवाद गर्ने तथा वास्तविक बजारको अनुभव हासिल गर्ने यो पहिलो अवसर बनेको थियो । यस अनुभवले उनीहरूलाई उद्यमशीलता, ग्राहक सेवा, बजार व्यवस्थापन तथा व्यवसाय सञ्चालनका व्यवहारिक पक्षबारे महत्वपूर्ण सिकाइ प्रदान गरेको थियो ।

    कार्यक्रमको समापनमा उत्कृष्ट प्रदर्शन गर्ने स्टलहरूलाई सहायक कलेज प्रमुख ध्रुवप्रसाद तिमल्सेना, बीबीए तथा बीबीएम कार्यक्रम प्रमुख सागर खरेल, बीए तथा बीबीएस कार्यक्रम प्रमुख एलिस राजोपाध्याय र अध्यापक दामोदर लम्साल लगायतले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

    ‘स्टुडियो क्रोम’ ले आफ्नो आकर्षक होम डेकोर अवधारणामार्फत सबैभन्दा नवीन स्टल को उपाधिसहित ५ हजार नगद पुरस्कार प्राप्त गर्यो । त्यसैगरी केएमसी बागबजारको ‘टेक हब’ ले रमाइला तथा सिर्जनात्मक खेलमार्फत दर्शकको मन जित्दै ‘पिपुल्स च्वाइस अवार्ड’ सहित ५ हजार नगद पुरस्कार प्राप्त गर्‍यो ।

    सोही अवसरमा आर्ट एण्ड लिटरेचर क्लबद्वारा आयोजित मेहेन्दी प्रतियोगितामा बीबीएम दोस्रो सत्रान्तमा अध्ययनरत सनम यादव र गरिमा फुयाल प्रथम हुँदै जनही २ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्न सफल भए ।

    बीबीए चौथो सत्रान्तमा अध्ययनरत पार्वती रावल र ज्यास्मिन खातुन द्वितीय हुँदै जनही १ हजार ५०० नगद पुरस्कार प्राप्त गरेका थिए । उक्त प्रतियोगिताले विद्यार्थीहरूको सिर्जनशीलता, कलात्मक प्रतिभा र सहभागितालाई थप प्रोत्साहन प्रदान गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    मकवानपुरको इन्द्रसरोवरमा ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु , ४ घाइते

    हुन्डाईको ‘फेस्टिभ ड्राइभ २०८३’ : तीन लाखसम्म नगद छुट, स्क्र्याच कार्डबाट पाँच लाखसम्म जित्ने अवसर

    एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

    पुँजीबजार सुधार नीतिले लगानीकर्ता उत्साहित, कारोबार रकम ८ अर्ब नाघ्यो

    घरजग्गा किनबेचमा देखियो रौनक, गत आवमा मात्रै ७ खर्बको कारोबार

    नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

    समाचार

    मकवानपुरको इन्द्रसरोवरमा ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु , ४ घाइते

    हुन्डाईको ‘फेस्टिभ ड्राइभ २०८३’ : तीन लाखसम्म नगद छुट, स्क्र्याच कार्डबाट पाँच लाखसम्म जित्ने अवसर

    एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

    पुँजीबजार सुधार नीतिले लगानीकर्ता उत्साहित, कारोबार रकम ८ अर्ब नाघ्यो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑