• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण १३, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      जापानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा १३ जनाको मृत्यु , दर्जनौँ घाइते

      ३ घण्टा अघि

      एक हजारले घट्यो सुनको मूल्य , चाँदीको बढ्यो

      ३ घण्टा अघि

      यामाहा नेपालका डिलर र टिम ‘ब्लु सर्ज–पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ का लागि पटाया प्रस्थान

      ३ घण्टा अघि

      रवि लामिछानेले दिए गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली

      ३ घण्टा अघि

      सर्वदलीय बैठक : संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

      ३ घण्टा अघि

      राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त

      १९ घण्टा अघि

      कर्णालीको मुख्यमन्त्री पदमा नेकपाका शाही नियुक्त

      १९ घण्टा अघि

      दोहोरो आइजिन लागू नगर्ने तयारीमा धितोपत्र बोर्ड

      १९ घण्टा अघि

      मेटाले प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुकबाट हटाइएको भिडियो फिर्ता

      २३ घण्टा अघि

      समावेशी महिनावारी शिक्षा प्रवर्द्धन सम्बन्धी छलफल

      १ दिन अघि

      ढाड दुखाइलाई सामान्य नठान्नुहोस्: डा. विनोद बिजुक्छेसँग गरिएकाे कुराकानी

      १ दिन अघि

      छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै

      १ दिन अघि

      नेपालभर राष्ट्रिय एआई शिक्षा सुरु गर्न क्यान महासंघ र महर्षि कलेजबीच ऐतिहासिक साझेदारी

      १ दिन अघि

      ‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ सम्पन्न

      १ दिन अघि

      नागरिक लगानी कोष र राइनास नगरपालिकाबीच पेन्सन योजना सञ्चालन सम्झौता

      १ दिन अघि
    आज: २०८३ श्रावण १३, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  शिक्षा

    ‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ सम्पन्न

  • लाईभ नेपाल
  • २०८३ श्रावण १२, मंगलबार (१ दिन अघि)
  • ९३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ सम्पन्न भएको छ ।

    सनवे कलेजको आयोजनामा भएको कार्यक्रममा नीति निर्माण, शिक्षा, प्रविधि, उद्योग, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रका विशिष्ट व्यक्तित्व, विद्यार्थी, प्राध्यापक, उद्यमी, स्टार्टअप प्रतिनिधि तथा प्रविधिप्रेमीहरूको सहभागिता थियो ।

    फेस्टको मुख्य उद्देश्य विद्यार्थी, अनुसन्धानकर्ता, उद्योग तथा प्रविधि क्षेत्रका विज्ञलाई एउटै मञ्चमा जोड्दै ज्ञान आदान–प्रदान, सीप विकास, सहकार्य तथा नवप्रवर्तनको संस्कृतिलाई प्रवर्द्धन गर्नुका साथै एआई तथा उदीयमान प्रविधिबारे व्यावहारिक अनुभव प्रदान गर्नु रहेको आयोजकले जनाएको छ ।

    कार्यक्रमको उद्घाटन गर्दै सनवे कलेजका प्रिन्सिपल खुशल रेग्मीले नवप्रवर्तन समस्या पहिचान र समाधान खोज्ने सोचबाट सुरु हुने उल्लेख गर्दै शिक्षा नयाँ प्रविधिको प्रयोगमा मात्र सीमित नभई प्रविधि सिर्जना गर्ने आधार बन्नुपर्ने धारणा राखे ।

    विशेष अतिथि तथा पूर्वमन्त्री गणेश साहले नेपालमा नवप्रवर्तन र उद्यमशीलताको संस्कृति विकास गर्नु समयको आवश्यकता रहेको बताउँदै युवालाई अवसर सिर्जना गर्ने सोचका साथ अघि बढ्न आग्रह गरे ।

    नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा क्यान महासंघका संस्थापक अध्यक्ष डा. विमलकुमार शर्माले धारणा राख्दै एआई, अनुसन्धान, नवप्रवर्तन र सीप विकासमार्फत नेपाललाई डिजिटल रूपान्तरणतर्फ अघि बढाउन सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

    फेस्टमा एआई, रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा करिअर विकाससँग सम्बन्धित विविध प्राविधिक सत्र, कार्यशाला, प्यानल छलफल, प्रतियोगिता, प्रदर्शनी तथा विद्यार्थी नवप्रवर्तन प्रदर्शन सञ्चालन गरिएको थियो ।

    सहभागीहरूले अत्याधुनिक प्रविधिको प्रत्यक्ष अवलोकनसँगै प्रयोगात्मक अभ्यास गर्ने अवसर प्राप्त गरेका थिए ।

    रोबोटिक्स तथा ड्रोन वर्कसप, भाइब कोडिङ वर्कसप तथा प्रतियोगिता, ‘एआई इन जर्नालिजम’, ‘एआई फर प्रोडक्टिभिटी’ र ‘एआई टक सिरिज’लगायतका विशेष सत्रहरूमा एआईको पत्रकारिता, स्वास्थ्य, शिक्षा, उद्योग, बौद्धिक सम्पत्ति, डाटा गोपनीयता तथा दैनिक जीवनमा प्रयोगका अवसर र चुनौतीबारे विज्ञहरूले अनुभव आदानप्रदान गरेका थिए ।

    फेस्टअन्तर्गत ३० भन्दा बढी उद्योग तथा संस्थाको सहभागितामा करिअर एक्सपो र मक इन्टरभ्यु सत्र सञ्चालन गरिएको थियो । सहभागी विद्यार्थीहरूले विभिन्न कम्पनीका मानव स्रोत विज्ञसँग प्रत्यक्ष अन्तर्वार्ता दिँदै रोजगारीका अवसर, करिअर योजना तथा व्यावसायिक तयारीबारे उपयोगी अनुभव प्राप्त गरेका थिए ।

    त्यसैगरी, १५ भन्दा बढी कम्युनिटी पार्टनरहरूले नवप्रवर्तन, प्रविधि, स्टार्टअप तथा विद्यार्थी समुदायलाई जोड्ने विभिन्न गतिविधिमा सहकार्य गरेका थिए । फेस्टमा समर्पित गेमिङ जोनसमेत सञ्चालन गरिएको थियो, जसले सहभागीलाई प्रविधिसँगै मनोरञ्जनात्मक अनुभव प्रदान गरेको थियो ।

    फेस्टमा यान्ट्रा एक्सले नेपालमा रोबोटिक्स तथा फिजिकल एआईको सम्भावना र अन्तर्राष्ट्रिय अवसरबारे विशेष प्रस्तुति दिएको थियो । साथै एआई, रोबोटिक्स तथा नवप्रवर्तनसँग सम्बन्धित विभिन्न प्रविधि प्रदर्शनी, अन्तरक्रियात्मक डेमो, फुड स्टल, फोटो बुथ तथा अन्य मनोरञ्जनात्मक गतिविधिहरू पनि सञ्चालन गरिएका थिए ।

    प्रतियोगिताका उत्कृष्ट टोलीहरूलाई विभिन्न संस्थाले विशेष पुरस्कार तथा प्रोत्साहन प्याकेज प्रदान गरेका थिए । एनसेलले उत्कृष्ट तीन विजेता समूहलाई डेटा र भ्वाइसको अनलिमिटेड प्याकेज उपलब्ध गराएको थियो । खल्तीले ११ टोलीलाई प्रति समूह रु ५ हजारबराबरको विशेष प्याकेज प्रदान गरेको थियो भने यती क्याउड डट एआईले ११ टोलीलाई ६ महिनाका लागि निस्शुल्क एआई क्लाउड होस्टिङ सेवा उपलब्ध गराएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    शिक्षा सम्बन्धि थप

    जापानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा १३ जनाको मृत्यु , दर्जनौँ घाइते

    एक हजारले घट्यो सुनको मूल्य , चाँदीको बढ्यो

    यामाहा नेपालका डिलर र टिम ‘ब्लु सर्ज–पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ का लागि पटाया प्रस्थान

    रवि लामिछानेले दिए गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली

    सर्वदलीय बैठक : संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

    राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त

    समाचार

    जापानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा १३ जनाको मृत्यु , दर्जनौँ घाइते

    एक हजारले घट्यो सुनको मूल्य , चाँदीको बढ्यो

    यामाहा नेपालका डिलर र टिम ‘ब्लु सर्ज–पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ का लागि पटाया प्रस्थान

    रवि लामिछानेले दिए गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑