• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ३०, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      मकवानपुरको इन्द्रसरोवरमा ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु , ४ घाइते

      ११ मिनेट अघि

      हुन्डाईको ‘फेस्टिभ ड्राइभ २०८३’ : तीन लाखसम्म नगद छुट, स्क्र्याच कार्डबाट पाँच लाखसम्म जित्ने अवसर

      ३ घण्टा अघि

      एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

      ३ घण्टा अघि

      पुँजीबजार सुधार नीतिले लगानीकर्ता उत्साहित, कारोबार रकम ८ अर्ब नाघ्यो

      ३ घण्टा अघि

      घरजग्गा किनबेचमा देखियो रौनक, गत आवमा मात्रै ७ खर्बको कारोबार

      ३ घण्टा अघि

      नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

      ३ घण्टा अघि

      चाडबाडमा सर्वसाधारणलाई राहत, अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न सकिने

      ६ घण्टा अघि

      बाढीपीडितको सहयोगमा निशान पोली क्लिनिक, प्रधानमन्त्री दैवी उद्धार कोषमा ४ लाख

      ६ घण्टा अघि

      एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत २०२६ PMGO साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै

      ६ घण्टा अघि

      डिजिटल संसद्‌बारे छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

      ६ घण्टा अघि

      जग्गा तथा आवास प्रदर्शनीमा विपद् उत्थानशील पूर्वाधारदेखि सुरक्षित बस्ती विकाससम्म गहन छलफल हुने

      ७ घण्टा अघि

      आज हरितालिका तीज : व्रतको शास्त्रीय महत्त्व, पौराणिक कथा र विधि

      १ दिन अघि

      फुपु तेन्जिङ शेर्पालाई उत्कृष्ट फेसन शिक्षा अवार्ड

      १ दिन अघि

      हामीले पश्चिमाहरुको ठाडो नक्कल गरेका छौँ, अब चीनबाट सिक्दै आफ्नै विकास मोडल बनाउनुपर्छः झलनाथ खनाल

      १ दिन अघि

      भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

      १ दिन अघि
    आज: २०८३ भाद्र ३०, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    मेटाले प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुकबाट हटाइएको भिडियो फिर्ता

  • लाईभ नेपाल
  • २०८३ श्रावण १२, मंगलबार (१ महिना अघि)
  • ३३४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • नयाँ दिल्ली- विश्वका नेताहरूमध्ये सामाजिक सञ्जालमा धेरै फ्यान फलोइङ भएकामा पर्छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । तर पछिल्लो समय उनलाई आन्तरिक र बाह्य संकटले घेरिरहेको छ।

    देशभित्र अभिजित दीप्केले ख्याल ख्यालमा बनाएको ककरोज जनता पार्टीले संकट बढाउँदै लगेको छ। सरकार यात्राको १२ वर्षमा पहिलो पटक मोदीका सहयात्रीले सरकारबाट आन्दोलनको बलमा पद छाड्नुपरेको छ।

    मोदीका विश्वासपात्रमध्ये एक धिरेन्द्र प्रधानले ककरोजको करिब ३५ दिन लामो प्रदर्शनपछि प्रश्न पत्र चुहिएको केशमा राजीनामा दिनुपरेको छ। उता भारतीय प्रधानन्यायाधीशले हेपेर बोलेपछि खोलिएको ककरोजको इन्स्टाग्राम एकाउन्टमा फलो गर्नेको संख्या ३ करोडनजिक पुगिसकेको छ।

    तर यता मोदीलाई भने सामाजिक सञ्जाल कम्पनी मेटाले पनि हेपेको छ। मेटाले प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुकबाट हटाइएको भिडियो बल्लतल्ल फिर्ता पठाइदिएको छ। कम्पनीले मंगलबार उक्त भिडियो प्राविधिक त्रुटिका कारण गल्तीवश हटाइएको जनाउँदै पुननः फिर्ता पठाएको छ ।

    केही समयका लागि भिडियो फेसबुकबाट हटेपछि यसबारे विभिन्न प्रश्न उठेका थिए। प्रधानमन्त्री मोदीले उक्त भिडियो जुलाई २३ मा सार्वजनिक गरेका थिए। भिडियोमा उनले जेन–जी र विद्यार्थीलाई सम्बोधन गर्दै परीक्षा प्रश्नपत्र चुहावटविरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

    यसैबीच, समाचार संस्था आईएएनएसले स्रोतलाई उद्धृत गर्दै भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले मेटा (फेसबुक र इन्स्टाग्राम) का ग्लोबल प्रमुख तथा कम्पनीका ग्लोबल पब्लिक पोलिसी प्रमुखलाई स्पष्टीकरणका लागि बोलाएको दाबी गरेको छ।

    प्रश्नपत्र चुहावटविरुद्ध कडा कदमको सन्देश

    जुलाई २३ को मध्यरातमा एक्समा सार्वजनिक २ मिनेट ५६ सेकेन्ड लामो भिडियो सन्देशमा प्रधानमन्त्री मोदीले प्रश्नपत्र चुहावट लाखौं विद्यार्थी र उनीहरूका अभिभावकका लागि पीडादायी विषय भएको बताएका थिए।

    उनले पछिल्ला करिब साढे दुई महिनामा दोषीलाई पक्राउ गरी जेल पठाइएको र विद्यार्थीको शैक्षिक वर्ष खेर जान नदिन छोटो समयमै २२ लाख विद्यार्थीको परीक्षा सम्पन्न गरिएको उल्लेख गरेका थिए। साथै, भविष्यमा यस्ता घटना रोक्न फास्ट ट्र्याक अदालत गठन गर्ने निर्देशन दिएको पनि बताएका थिए।

    यो विषय मे ३ मा भएको नीट यूजी प्रश्नपत्र चुहावट प्रकरणसँग सम्बन्धित छ।

    थप दुई भिडियो सन्देश

    जुलाई २४ मा प्रधानमन्त्री मोदीले अर्को भिडियोमार्फत आफ्नो अघिल्लो सन्देशमा सकारात्मक प्रतिक्रिया र सुझाव दिने सबैलाई धन्यवाद दिएका थिए।

    त्यसपछि जुलाई २६ मा उनले परीक्षा प्रणाली सुधारका लागि उच्चस्तरीय कार्यदल गठन गरिएको घोषणा गरे। छ सदस्यीय उक्त कार्यदलको अध्यक्षमा इन्फोसिसका सह-संस्थापक नन्दन निलेकणीलाई नियुक्त गरिएको छ।

    प्रधानमन्त्रीले सरकारले विद्यार्थीको भविष्य सुरक्षित गर्न निरन्तर काम गरिरहेको र प्रश्नपत्र चुहावटमा संलग्न व्यक्तिहरू कानुनी कारबाही भोगिरहेको बताएका थिए।

    आपत्तिजनक पोस्ट हटाउन प्रहरीको आग्रह

    यसअघि दिल्ली प्रहरीले जन्तरमन्तर विद्यार्थी आन्दोलन तथा जुलाई २० को ‘संसद चलो’ मार्चका क्रममा प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा पोस्ट गरिएका आपत्तिजनक टिप्पणी र भिडियो हटाउन विभिन्न सामाजिक सञ्जाल प्लेटफर्मलाई सूचना जारी गरेको थियो।

    मेटाले भिडियो कसरी हटाउँछ?

    मेटाले कृत्रिम बुद्धिमत्ता (एआई) को सहयोगमा सम्भावित नियम उल्लंघन गर्ने सामग्री पहिचान गर्छ। आवश्यक परे मानव मोडरेटरले त्यसको समीक्षा गर्छन्।

    यदि सामग्रीले कम्पनीको सामुदायिक मापदण्ड उल्लंघन गरेको ठहरिएमा हटाइन्छ। तर प्राविधिक वा अन्य कारणले गल्तीवश हटेको सामग्री समीक्षा पछि पुनः बहाल गरिने कम्पनीको प्रक्रिया रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    मकवानपुरको इन्द्रसरोवरमा ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु , ४ घाइते

    हुन्डाईको ‘फेस्टिभ ड्राइभ २०८३’ : तीन लाखसम्म नगद छुट, स्क्र्याच कार्डबाट पाँच लाखसम्म जित्ने अवसर

    एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

    पुँजीबजार सुधार नीतिले लगानीकर्ता उत्साहित, कारोबार रकम ८ अर्ब नाघ्यो

    घरजग्गा किनबेचमा देखियो रौनक, गत आवमा मात्रै ७ खर्बको कारोबार

    नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

    समाचार

    मकवानपुरको इन्द्रसरोवरमा ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु , ४ घाइते

    हुन्डाईको ‘फेस्टिभ ड्राइभ २०८३’ : तीन लाखसम्म नगद छुट, स्क्र्याच कार्डबाट पाँच लाखसम्म जित्ने अवसर

    एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

    पुँजीबजार सुधार नीतिले लगानीकर्ता उत्साहित, कारोबार रकम ८ अर्ब नाघ्यो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑