सिरहा । सिरहाको गोलबजार क्षेत्रमा दुई घण्टाका लागि कर्फ्यू आदेश खुकुलो बनाइएको छ ।
दिउँसो ३ देखि ५ बजेसम्म दुई घण्टाका लागि खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालय, सिरहाले जानकारी गराएको छ ।
सुरक्षा अवस्थाको विश्लेषण तथा सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्रीको व्यवस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले कर्फ्यू खुकुलो बनाइएको प्रशासनले जनाएको छ ।
साथै, उक्त अवधिमा पाँच जनाभन्दा बढी व्यक्तिको समूहमा भेला हुन नपाइने प्रशासनले स्पष्ट गरेको छ ।
यसअघि जिल्ला प्रशासनले लहान क्षेत्रमा जारी रहेको कर्फ्यू भने हटाइसकेको छ ।
