• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण १८, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      एलपी ग्यासको आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

      १ घण्टा अघि

      यात्रुसहितको कार सुनकोशीमा खस्यो

      १ घण्टा अघि

      शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

      १ घण्टा अघि

      श्रावण २० देखि २२ गतेसम्म सञ्चालन हुने तीनदिने कार्यक्रममा देशभरका युवा नवप्रवर्तकहरू सहभागी हुने

      ५ घण्टा अघि

      काठमाडौं मोडल कलेजको २३ औं दीक्षान्त समारोह सम्पन्न

      ५ घण्टा अघि

      माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार पाँच वर्षे रणनीतिक सहकार्यअन्तर्गत बार्सिलोनाको खेल तथा प्रशिक्षण जर्सीमा देखियो माइडियाको लोगो

      ५ घण्टा अघि

      रोल्पा केन्द्रबिन्दु भएर भूकम्प

      ६ घण्टा अघि

      भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

      ६ घण्टा अघि

      अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

      ६ घण्टा अघि

      देशभर मनसुनको प्रभाव : काठमाडौँ उपत्यकालगायत धेरै भूभागमा वर्षा

      ६ घण्टा अघि

      अमेरिका इरान वार्ताको समाचारपछि तेलको मुल्यमा भारी गिरावट

      ६ घण्टा अघि

      कांग्रेस संसदीय दलको बैठक बस्दै

      ६ घण्टा अघि

      सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

      ६ घण्टा अघि

      मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

      ६ घण्टा अघि

      तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित

      २१ घण्टा अघि
    आज: २०८३ श्रावण १८, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    काठमाडौं मोडल कलेजको २३ औं दीक्षान्त समारोह सम्पन्न

  • लाईभ नेपाल
  • २०८३ श्रावण १८, सोमबार (५ घण्टा अघि)
  • ३११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । काठमाडौँको बागबजारमा अवस्थित काठमाडौं मोडल कलेजले आफ्नो २३ औं दीक्षान्त समारोह यही श्रावन १५ गते शुक्रबार होटल बेस्ट वेस्टर्न प्लस पिंगलास्थान गौशालामा काठमाडौँ मोडल कलेज तथा केएमसी एजुकेसनल नेटवर्कका कार्यकारी निर्देशक सह प्रा. अजय प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा काठमाडौं मोडल कलेजमा अध्ययन गरी स्नातक तह उत्तीर्ण गरेका करिब १२० जना विद्यार्थीहरू दीक्षित भएका थिए ।

    दीक्षित हुने विद्यार्थीहरूलाई कलेजका कलेज प्रमुख श्री सुरेन्द्र सुवेदीले स्वागत मन्तव्यमा दीक्षित हुने विद्यार्थीहरू कलेजका ब्रान्ड एम्बेसेडर भएको जानकारी गराउँदै आफ्ना विद्यार्थीहरूको प्रगतिमा कलेजले सधैँ गर्व गरिरहने जानकारी गराउदै ज्ञानको मत्तता भने हुन नहुने कुरामा जोड दिनु भएको थियो । सोही अवसरमा कलेजका कलेज प्रमुख सुवेदीले दीक्षित विद्यार्थीहरुलाई सुशोभन शपथ समेत खुवाउनुभएको थियो । बिभिन्न बिशिस्ट ब्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा क्यालिफोर्निया स्टेट युनिभर्सिटीका प्रा. डा. सन्तोष खड्का मुख्य वक्ताको रुपमा हुनुहुन्थ्यो । उहाले दीक्षित हुने सम्पूर्ण विद्यार्थीहरूलाई आफूले अध्ययन गरेको ज्ञान र प्राप्त गरेको सीपलाई आफ्नो राष्ट्र र राष्ट्रियतासँग जोड्दै समुन्नत भविष्यका लागि सुसंस्कृत हुँदै अगाडि बढ्नुपर्ने सुझाव दिनुभएको थियो ।

    यस्तै विद्यार्थीहरूले आर्जित ज्ञान र सीप उपयुक्त रुपमा प्रयोग गर्न जानेमा देशमा नै अथाह अवसर रहेको कुरा अवगत गराउँदै विद्यार्थीहरूको समुन्नत भविष्यका लागि शुभकामना प्रदान गर्नुभएको थियो । उक्त दीक्षान्त समारोहमा कलेजमा अध्ययन गर्दै गर्दा स्टुडेन्ट क्वालिटी सर्कल तथा विभिन्न क्लबहरूमा रहेर विभिन्न योगदान दिएका विद्यार्थीहरूलाई सम्मान समेत गरिएको थियो ।

    यस्तैगरी कलेजले केएमसी एकेडेमिक एक्सेलेन्स अवार्ड अन्तर्गत बिबिए तर्फ श्री रबिन्सन भण्डारी, बिबिएम तर्फ श्री बिगुल सापकोटा, बिसिए तर्फ अनिकेत मण्डल, बिए तर्फ श्री श्रेयिशा दाहाल र बिबिएस तर्फ श्री प्रिती न्यौपानेलाइ प्रमाणपत्र, अवार्ड तथा रु ३३३३३/- नगदबाट सम्मान गरिएको थियो । यस्तैगरी बेस्ट अन्डरग्राजुएट रिसर्च अवार्डबाट बिबिएसतर्फ बेस्ट रिसर्च प्रोजेक्टबाट श्री दिया ताम्राकार, बिबिएम तर्फ बेस्ट इन्टर्नशिप रिपोर्टबाट श्री विवेक पाण्डे, बिबिएतर्फ बेस्ट समर प्रोजेक्टबाट श्री दिलिप बिष्टलाई, बिए तर्फ बेस्ट सोसल प्रोजेक्ट रेइभा श्रेष्ठलाइ र बिसिए तर्फ बेस्ट प्रोजेक्ट बाट जेनिश महर्जनलाई प्रमाणपत्र, अवार्ड तथा रु. ३३,३३३ /- नगदबाट सम्मान गरिएको थियो ।

    केएमसी एक्सेलेन्ज अवार्डबाट भने बिबिएमका श्री बिगुल सापकोटाले हात पार्न सफल भएका थिए । उनलाई प्रमाणपत्र, अवार्ड तथा रु ४०,०००/- नगदबाट सम्मान गरिएको थियो । केएमसी एक्सेलेन्ज अवार्ड शैक्षिक नतिजा, कलेजमा स्टुडेन्ट क्वालिटी सर्कल तथा विभिन्न क्लबहरूमा रहेर गरेको योगदान, अध्यापकहरुको मुल्यांकन लगायत बिभिन्न आधारमा गरिएको मुल्यांकनका आधारमा श्री बिगुल सापकोटा उत्कृस्ट हुन पुगी केएमसी एक्सेलेन्ज अवार्डबाट सम्मानित हुन पुगेका थिए ।

    काठमाडौँ मोडल कलेजका सहायक कलेज प्रमुख श्री ध्रुवप्रसाद तिमल्सिनाले सञ्चालन गरेको उक्त कार्यक्रममा के एम सी नेटवर्क अन्तर्गतका विभिन्न कलेजका निर्देशकहरू कलेजका विभागीय प्रमुखहरू सहित कलेजमा अध्यापन गर्दै गर्नुभएका सम्पूर्ण अध्यापकहरू तथा अभिभावकहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । विसं २०६० सालमा स्थापित काठमाडौं मोडल कलेजमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका एमबिएस, एमए अंग्रेजी, बिबिए, बिबिएम, बिबिएस, बिसिए तथा बीए अन्तर्गत अंग्रेजी, सामाजिक कार्य, मनोविज्ञान लगायतका विषयहरू सञ्चालन हुँदै आएका छन् ।

    विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्ययन प्राप्त यस कलेज देशभरका निजी कलेजतर्फ नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा सर्वोत्कृष्ट शैक्षिक संस्थाको रुपमा समेत सम्मानित भएको संस्था हो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    एलपी ग्यासको आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

    यात्रुसहितको कार सुनकोशीमा खस्यो

    श्रावण २० देखि २२ गतेसम्म सञ्चालन हुने तीनदिने कार्यक्रममा देशभरका युवा नवप्रवर्तकहरू सहभागी हुने

    माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार पाँच वर्षे रणनीतिक सहकार्यअन्तर्गत बार्सिलोनाको खेल तथा प्रशिक्षण जर्सीमा देखियो माइडियाको लोगो

    रोल्पा केन्द्रबिन्दु भएर भूकम्प

    भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

    समाचार

    एलपी ग्यासको आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

    यात्रुसहितको कार सुनकोशीमा खस्यो

    श्रावण २० देखि २२ गतेसम्म सञ्चालन हुने तीनदिने कार्यक्रममा देशभरका युवा नवप्रवर्तकहरू सहभागी हुने

    काठमाडौं मोडल कलेजको २३ औं दीक्षान्त समारोह सम्पन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑