काठमाडौँ । सिन्धुलीको फिक्कल-२ नवलपुरस्थित मध्यपहाडी राजमार्ग क्षेत्रमा सोमबार यात्रुसहितको कार सुनकोशी नदीमा खसेको छ।
रामेछाप, सिन्धुली र ओखलढुंगाको सीमाक्षेत्र नजिक लिखु खोलाको आसपास सडक निर्माणस्थलमा खटिएको कन्ट्र्याक्टरसहित सवार कारलाई बसले ठक्कर दिएपछि दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएकाे छ ।
कारभित्र कति यात्रुहरू थिए भन्ने यकिन छैन। घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ ।

