काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज साउन १८ गतेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाइएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर ३ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ बढाएकोछ ।
निगमका अनुसार, मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, हवाई इन्धन हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले बढाइएको निगमले जनाएको छ ।
खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर २०६० यथावत् राखिएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार इन्धनको मूल्य उल्लेख्य बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राखी सीमित मूल्य वृद्धि गरिएको निगमको भनाइ छ ।
मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक करिब १ अर्ब ४९ करोड घाटा हुने निगमले जनाएको छ ।
