• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण १९, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्यमा आधारित समाचार सम्प्रेषणको आग्रह

      ११ मिनेट अघि

      आयल निगमको कार्यकारी निर्देशकका लागि ३ जनाको नाम सिफारिस

      १३ मिनेट अघि

      धितोपत्र दोस्रो बजार सुधारका लागि सेबोनद्वारा समिति गठन

      १८ मिनेट अघि

      निगमलाई उद्योग समिति सभापतिको निर्देशन- ग्यास सिलिन्डर म्यापिङ तत्काल सुरु गर्नुस्, नसके जिम्मेवारी छाड्नुस्

      २0 मिनेट अघि

      सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ शिष्टाचार भेट

      ३२ मिनेट अघि

      नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा

      ९ घण्टा अघि

      सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणालीको शुभारम्भ

      ९ घण्टा अघि

      राष्ट्र निर्माणमा इमानदार इन्जिनियरको भूमिका निर्णायक : मन्त्री विराज भक्त श्रेष्ठ

      ९ घण्टा अघि

      पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

      ९ घण्टा अघि

      सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

      ९ घण्टा अघि

      ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात व्यवसायीहरूको उच्चस्तरीय टोली प्रस्थान

      ९ घण्टा अघि

      रिलायन्स फाइनान्सको प्रथम फुटसल प्रतियोगिता सम्पन्न

      ९ घण्टा अघि

      उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

      ९ घण्टा अघि

      चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

      ९ घण्टा अघि

      प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

      ९ घण्टा अघि
    आज: २०८३ श्रावण १९, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    राष्ट्र निर्माणमा इमानदार इन्जिनियरको भूमिका निर्णायक : मन्त्री विराज भक्त श्रेष्ठ

  • लाईभ नेपाल
  • २०८३ श्रावण १९, मंगलबार (९ घण्टा अघि)
  • ३७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार विकास र सार्वजनिक सेवाको गुणस्तर दक्ष, इमानदार तथा उत्तरदायी इन्जिनियरहरूको भूमिकामा निर्भर रहने बताउनुभएको छ । जल तथा ऊर्जा आयोगको सचिवालय जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रद्वारा आयोजित नवप्रवेशी युवा इन्जिनियरहरूको तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारी सेवामा प्रवेश केवल जागिरको सुरुआत नभई राष्ट्र निर्माणको अभियानमा आफूलाई समर्पित गर्ने ऐतिहासिक अवसर भएको उल्लेख गर्नुभयो ।

    उहाँले अब केवल प्राविधिक जनशक्ति मात्र नभई राष्ट्रसेवकको भूमिकामा प्रवेश गरेको उल्लेख गर्दै प्रत्येक निर्णय, प्राविधिक सुझाव, हस्ताक्षर र कार्यले लाखौँ नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले उच्च जिम्मेवारीबोधका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री श्रेष्ठले कुनै पनि राष्ट्रको विकास, सभ्यता र समृद्धिको इतिहास इन्जिनियरहरूको सिर्जनशीलता, अनुसन्धान, अनुशासन र अथक परिश्रमसँग जोडिएको बताउनुभयो ।

    सडक, पुल, विद्युत् आयोजना, प्रसारण लाइन, जलाशय, सिँचाइ प्रणाली, खानेपानी पूर्वाधार, औद्योगिक संरचना तथा आधुनिक सहरहरूको निर्माण इन्जिनियरहरूको दूरदृष्टि र क्षमताको परिणाम भएको उहाँको भनाइ थियो । उहाँले इन्जिनियरिङलाई केवल गणित र विज्ञानको प्रयोगका रूपमा नभई समस्यालाई समाधानमा रूपान्तरण गर्ने सिर्जनात्मक क्षमता भएको क्षेत्रका रूपमा व्याख्या गर्नुभयो । सफल इन्जिनियरले संरचना मात्र निर्माण नगरी अवसर, विश्वास र भविष्य निर्माण गर्ने भएकाले उनीहरूको भूमिका राष्ट्र विकासमा अत्यन्त महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।

    मन्त्री श्रेष्ठले नेपाल अहिले ऊर्जा उत्पादन विस्तार, स्वच्छ ऊर्जाको प्रवद्र्धन, अन्तरदेशीय विद्युत् व्यापार, सिँचाइ विस्तार, जलस्रोतको समुचित उपयोग तथा जलवायु परिवर्तन अनुकूल पूर्वाधार निर्माणको नयाँ चरणमा रहेको बताउँदै यी महत्वाकांक्षी लक्ष्यहरू नीति र बजेटले मात्र नभई दक्ष, प्रतिबद्ध र इमानदार प्राविधिक जनशक्तिको योगदानबाट मात्र पूरा हुने स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रसेवामा ज्ञानसँगै चरित्रको पनि उत्तिकै महत्व रहेको उल्लेख गर्दै सरकारी सेवामा प्राविधिक दक्षताभन्दा पनि नैतिक साहस कहिलेकाहीँ अझ महत्वपूर्ण बन्ने बताउनुभयो ।

    सहज र सहीमध्ये कुनै एक रोज्नुपर्ने अवस्था आएमा सही बाटो रोज्ने साहस नै सच्चा राष्ट्रसेवकको पहिचान हुने उहाँको भनाइ थियो । इन्जिनियरको सबैभन्दा ठूलो सम्पत्ति प्रमाणपत्र नभई समाजले गर्ने विश्वास भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले पारदर्शिता, उत्तरदायित्व, निष्पक्षता र सार्वजनिक हितलाई कार्यसंस्कृतिको केन्द्रमा राख्न सबैलाई आग्रह गर्नुभयो । जनताको सरकारप्रतिको विश्वास राष्ट्रसेवकको इमानदार व्यवहारबाट निर्माण हुने भएकाले प्रत्येक कर्मचारीले उच्च नैतिक आचरण कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    मन्त्री श्रेष्ठले विश्वभर तीव्र गतिमा विकसित भइरहेको प्रविधिले इन्जिनियरिङको स्वरूप परिवर्तन गरिरहेको उल्लेख गर्दै निरन्तर अध्ययन, अनुसन्धान र नयाँ प्रविधिको आत्मसात् नगरी भविष्यका चुनौती सामना गर्न नसकिने बताउनुभयो। आज प्राप्त ज्ञानलाई नियमित रूपमा अद्यावधिक गर्दै नवप्रवर्तनमुखी सोच विकास गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । नेपालका स्रोत सीमित भए पनि सोच र सिर्जनशीलता सीमित हुन नहुने उल्लेख गर्दै उहाँले स्थानीय ज्ञान, परम्परागत सीप र आधुनिक प्रविधिको प्रभावकारी संयोजनमार्फत भौगोलिक चुनौतीलाई विकासको अवसरमा रूपान्तरण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

    कम लागतमा उच्च गुणस्तरका पूर्वाधार निर्माण, जलवायु परिवर्तनअनुकूल डिजाइन, हरित ऊर्जा, ऊर्जा दक्षता, डिजिटल प्रविधि र दिगोपनलाई विकासको आधार बनाउनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो । पूर्वाधार निर्माणमा गुणस्तरप्रति कुनै सम्झौता गर्न नहुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले डिजाइनदेखि कार्यान्वयन, सुपरिवेक्षणदेखि परीक्षणसम्म प्रत्येक चरणमा उच्च गुणस्तर कायम गर्न निर्देशन दिनुभयो। सानो लापरबाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले प्राविधिक मापदण्ड र व्यावसायिक नैतिकतालाई कडाइका साथ पालना गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले देशले नयाँ पुस्ताका इन्जिनियरहरूबाट केवल प्राविधिक दक्षता मात्र नभई नवीन सोच, सकारात्मक ऊर्जा, नेतृत्व क्षमता र परिणाममुखी कार्यशैलीको अपेक्षा गरेको उल्लेख गर्नुभयो ।

    सम्बोधनको अन्त्यमा मन्त्री श्रेष्ठले भोलिको समृद्ध नेपाल केवल संसद् वा मन्त्रालयले मात्र निर्माण नगर्ने, हजारौँ इमानदार, दक्ष र समर्पित राष्ट्रसेवकहरूको संयुक्त योगदानबाट मात्र निर्माण हुने विश्वास व्यक्त गर्दै राष्ट्रसेवाको यात्रामा समर्पण, इमानदारी र उत्कृष्ट कार्यसम्पादनका साथ अघि बढ्न नवप्रवेशी इन्जिनियरहरूलाई प्रेरित गर्नुभयो। साथै तालिम सफलताको शुभकामना व्यक्त गर्दै राष्ट्रहितलाई सर्वोपरि राखेर जिम्मेवारी निर्वाह गर्न सबैलाई आग्रह गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्यमा आधारित समाचार सम्प्रेषणको आग्रह

    आयल निगमको कार्यकारी निर्देशकका लागि ३ जनाको नाम सिफारिस

    धितोपत्र दोस्रो बजार सुधारका लागि सेबोनद्वारा समिति गठन

    निगमलाई उद्योग समिति सभापतिको निर्देशन- ग्यास सिलिन्डर म्यापिङ तत्काल सुरु गर्नुस्, नसके जिम्मेवारी छाड्नुस्

    सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ शिष्टाचार भेट

    नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा

    समाचार

    भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्यमा आधारित समाचार सम्प्रेषणको आग्रह

    आयल निगमको कार्यकारी निर्देशकका लागि ३ जनाको नाम सिफारिस

    धितोपत्र दोस्रो बजार सुधारका लागि सेबोनद्वारा समिति गठन

    निगमलाई उद्योग समिति सभापतिको निर्देशन- ग्यास सिलिन्डर म्यापिङ तत्काल सुरु गर्नुस्, नसके जिम्मेवारी छाड्नुस्

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑