• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण १९, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      आयल निगमको कार्यकारी निर्देशकका लागि ३ जनाको नाम सिफारिस

      १ मिनेट अघि

      धितोपत्र दोस्रो बजार सुधारका लागि सेबोनद्वारा समिति गठन

      ५ मिनेट अघि

      निगमलाई उद्योग समिति सभापतिको निर्देशन- ग्यास सिलिन्डर म्यापिङ तत्काल सुरु गर्नुस्, नसके जिम्मेवारी छाड्नुस्

      ७ मिनेट अघि

      सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ शिष्टाचार भेट

      १९ मिनेट अघि

      नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा

      ८ घण्टा अघि

      सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणालीको शुभारम्भ

      ९ घण्टा अघि

      राष्ट्र निर्माणमा इमानदार इन्जिनियरको भूमिका निर्णायक : मन्त्री विराज भक्त श्रेष्ठ

      ९ घण्टा अघि

      पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

      ९ घण्टा अघि

      सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

      ९ घण्टा अघि

      ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात व्यवसायीहरूको उच्चस्तरीय टोली प्रस्थान

      ९ घण्टा अघि

      रिलायन्स फाइनान्सको प्रथम फुटसल प्रतियोगिता सम्पन्न

      ९ घण्टा अघि

      उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

      ९ घण्टा अघि

      चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

      ९ घण्टा अघि

      प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

      ९ घण्टा अघि

      रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

      ९ घण्टा अघि
    आज: २०८३ श्रावण १९, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा

  • लाईभ नेपाल
  • २०८३ श्रावण १९, मंगलबार (८ घण्टा अघि)
  • ३७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • बैंकक । नेपालमूलकी प्रतिभाशाली युवती मेनुका गौतम (कियारा) पविचाया कैथालोएङचाइ लाई मिस युनिभर्स सङ्खला (Miss Universe Songkhla) को उपाधि जितेको अवसरमा Thai-Nepali Association Youth Department ले विशेष स्वागत तथा सम्मान गरेको छ। बैंककमा आयोजित कार्यक्रममा कियारालाई सम्मानपत्र, मायाको चिनो तथा शुभकामना प्रदान गर्दै आयोजकले उनको उपलब्धिलाई व्यक्तिगत सफलताभन्दा माथि उठेर नेपालमूलका नेपाली तथा थाई–नेपाली समुदायको साझा गौरवका रूपमा व्याख्या गरेको छ। कार्यक्रममा बोल्दै युवा विभागका पदाधिकारीहरूले कियाराले अब सङ्खला प्रान्तको प्रतिनिधित्व गर्दै मिस युनिभर्स थाइल्यान्ड प्रतियोगितामा प्रतिस्पर्धा गर्न लाग्नु नेपाली समुदायका लागि ऐतिहासिक उपलब्धि भएको बताए ।

    उनीहरूले कियाराको आत्मविश्वास, मेहनत, नेतृत्व क्षमता र व्यक्तित्वले थाइल्यान्डमा रहेका नेपाली मूलका युवायुवतीलाई नयाँ प्रेरणा दिएको उल्लेख गरे । सहभागीहरूले विदेशमा हुर्किए पनि कियाराले नेपाली भाषा, संस्कृति र पहिचानलाई जगेर्ना गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालमूलका नेपालीको पहिचानलाई स्थापित गरेको भन्दै प्रशंसा गरे। नेपाली भाषा पढ्न, लेख्न र बोल्न सक्ने उनको क्षमताले नयाँ पुस्तामा आफ्नो मौलिक पहिचानप्रति सकारात्मक सन्देश दिएको उनीहरूको भनाइ थियो ।

    संस्थाका अनुसार कियारा मिस युनिभर्स थाइल्यान्ड प्रतियोगितामा नेपालमूलकी प्रतिनिधिका रूपमा सहभागी हुने पहिलो युवती हुन् । उनको उपलब्धिले भविष्यमा नेपालमूलका अन्य युवायुवतीलाई पनि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा प्रदर्शन गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ । यसैबीच, पीएनओका अध्यक्ष कुमार कार्की तथा एनआरएन अभियन्ता सञ्जय ढकाल ले कियारालाई मिस युनिभर्स सङ्खलाको उपाधि जितेकोमा हार्दिक बधाई तथा आगामी मिस युनिभर्स थाइल्यान्ड प्रतियोगिताका लागि शुभकामना दिएका छन् । उनीहरूले कियाराको सफलताले विश्वभर रहेका नेपालमूलका नेपाली समुदायको प्रतिष्ठा र पहिचानलाई थप उचाइमा पुर्‍याएको उल्लेख गर्दै आगामी प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय उपाधि हासिल गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।

    साथै, उनको उपलब्धिले विदेशमा रहेका नेपाली युवायुवतीलाई आफ्नो प्रतिभा, भाषा, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न थप प्रेरणा दिने बताएका छन् । Thai-Nepali Association Youth Department ले पनि कियाराको आगामी यात्रामा निरन्तर साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेको छ । संस्थाले कियाराले मिस युनिभर्स थाइल्यान्ड हुँदै अन्तर्राष्ट्रिय मिस युनिभर्स मञ्चसम्म पुगेर नेपालमूलका नेपाली समुदायको गौरवलाई अझ उँचो बनाउने विश्वास व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    आयल निगमको कार्यकारी निर्देशकका लागि ३ जनाको नाम सिफारिस

    धितोपत्र दोस्रो बजार सुधारका लागि सेबोनद्वारा समिति गठन

    निगमलाई उद्योग समिति सभापतिको निर्देशन- ग्यास सिलिन्डर म्यापिङ तत्काल सुरु गर्नुस्, नसके जिम्मेवारी छाड्नुस्

    सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ शिष्टाचार भेट

    सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणालीको शुभारम्भ

    राष्ट्र निर्माणमा इमानदार इन्जिनियरको भूमिका निर्णायक : मन्त्री विराज भक्त श्रेष्ठ

    समाचार

    आयल निगमको कार्यकारी निर्देशकका लागि ३ जनाको नाम सिफारिस

    धितोपत्र दोस्रो बजार सुधारका लागि सेबोनद्वारा समिति गठन

    निगमलाई उद्योग समिति सभापतिको निर्देशन- ग्यास सिलिन्डर म्यापिङ तत्काल सुरु गर्नुस्, नसके जिम्मेवारी छाड्नुस्

    सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ शिष्टाचार भेट

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑