• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण १९, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्यमा आधारित समाचार सम्प्रेषणको आग्रह

      १ घण्टा अघि

      आयल निगमको कार्यकारी निर्देशकका लागि ३ जनाको नाम सिफारिस

      १ घण्टा अघि

      धितोपत्र दोस्रो बजार सुधारका लागि सेबोनद्वारा समिति गठन

      १ घण्टा अघि

      निगमलाई उद्योग समिति सभापतिको निर्देशन- ग्यास सिलिन्डर म्यापिङ तत्काल सुरु गर्नुस्, नसके जिम्मेवारी छाड्नुस्

      १ घण्टा अघि

      सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ शिष्टाचार भेट

      १ घण्टा अघि

      नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा

      १0 घण्टा अघि

      सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणालीको शुभारम्भ

      १0 घण्टा अघि

      राष्ट्र निर्माणमा इमानदार इन्जिनियरको भूमिका निर्णायक : मन्त्री विराज भक्त श्रेष्ठ

      १0 घण्टा अघि

      पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

      १0 घण्टा अघि

      सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

      १0 घण्टा अघि

      ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात व्यवसायीहरूको उच्चस्तरीय टोली प्रस्थान

      १0 घण्टा अघि

      रिलायन्स फाइनान्सको प्रथम फुटसल प्रतियोगिता सम्पन्न

      ११ घण्टा अघि

      उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

      ११ घण्टा अघि

      चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

      ११ घण्टा अघि

      प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

      ११ घण्टा अघि
    आज: २०८३ श्रावण १९, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    निगमलाई उद्योग समिति सभापतिको निर्देशन- ग्यास सिलिन्डर म्यापिङ तत्काल सुरु गर्नुस्, नसके जिम्मेवारी छाड्नुस्

  • लाईभ नेपाल
  • २०८३ श्रावण १९, मंगलबार (१ घण्टा अघि)
  • १५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले एलपी ग्यास सिलिण्डरको म्यापिङ तत्काल सुरु गर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन् ।

    समितिको मंगलबार बसेको बैठकमा अन्सारीले देशभर रहेका करिब एक करोड ७५ लाख एलपी ग्यास सिलिण्डरको म्यापिङ गरी कृत्रिम अभाव अन्त्य गर्न निगमलाई निर्देशन दिएका हुन् । उनले १७ दिनअघि पनि सिलिण्डर म्यापिङ गर्न निर्देशन दिएको उल्लेख गर्दै त्यसको कार्यान्वयन नभएकोप्रति असन्तुष्टि जनाए ।

    अन्सारीले समितिको गतिसँग तालमेल गर्न नसके आयल निगमको नेतृत्वले जिम्मेवारी छाड्नुपर्ने चेतावनी दिए । उनले प्रत्येक ग्यास सिलिण्डरमा बारकोड वा क्यूआर कोड राखी डिजिटल प्रणालीमार्फत ट्र्याकिङ गर्नुपर्नेमा जोड दिए ।

    ‘हामीलाई कसैको प्रेसर छैन, हामीलाई जनताको प्रेसर छ । यदि सरकारको स्पिड यो समितिको स्पिडसँग म्याच हुन सक्दैन भने राजीनामा बुझाइदिनूस् । यो देशमा धेरै ट्यालेन्टेड व्यक्तिहरू छन्, काम गरेर देखाउने मान्छे पनि छन्,’ उनले भने ।

    उनले ३० दिनभित्र कोड नभएका सिलिण्डर साटफेर रोक्ने व्यवस्था गरिए बजारमा लुकाइएका सिलिण्डर स्वतः बाहिर आउने दाबी गरे । अन्सारीले नेपाल विद्युत प्राधिकरणको घरधुरी विवरणसँग ग्यास सिलिण्डरको विवरण जोडेर कुन सिलिण्डर कहाँ, कुन कम्पनीको र कसको प्रयोगमा छ भन्ने विवरण राज्यसँग हुनुपर्ने बताए ।

    सभापति अन्सारीले ग्यासको समान मूल्य नीति पुनरावलोकन गर्न पनि सरकारलाई आग्रह गरे । उनका अनुसार हाल १४।२ केजीको घरेलु सिलिण्डर पाँचतारे होटल, ठूला उद्योग र व्यावसायिक प्रतिष्ठानले समेत प्रयोग गरिरहेका कारण सरकारले ठूलो परिमाणमा अनुदानको भार व्यहोर्नुपरेको छ ।

    ‘एउटा फाइभ स्टार होटलले महिनाको ३०० सिलिण्डर प्रयोग गरिरहेको छ, उसलाई १४.२ किलोको सट्टा १०० वा ४५० किलोको सिलिण्डर उपलब्ध गराउन सकिन्छ । ५ किलोको सिलिण्डर विद्यार्थी, डेरावासी र न्यून खपत हुने उपभोक्ताका लागि दिनुपर्छ,’ उनले भने ।

    अन्सारीका अनुसार सरकारले प्रत्येक घरेलु सिलिण्डरमा करिब ९३८ रुपैयाँ घाटा व्यहोर्दै आएको छ । मासिक करिब सात लाख सिलिण्डर व्यावसायिक क्षेत्रमा प्रयोग हुँदा राज्यको करिब ६५ करोड रुपैयाँ अनुदान त्यही क्षेत्रमा खर्च भइरहेको उनले बताए । वार्षिक रूपमा यो रकम अर्बौं रुपैयाँ पुग्ने भएकाले अनुदान वास्तविक घरेलु उपभोक्तामै केन्द्रित गर्नुपर्नेमा उनले जोड दिए ।

    उनले व्यावसायिक प्रयोगका लागि ५०, १०० र ४५० केजी क्षमताका सिलिण्डर सञ्चालनमा ल्याउन तथा पाँचतारे होटल र ठूला उद्योगलाई बजार मूल्यमा ग्यास उपलब्ध गराउने व्यवस्था गर्न सरकारलाई आग्रह गरे ।

    अन्सारीले ग्यास उत्पादक संघलाई पनि प्रविधिमैत्री र नवप्रवर्तनमुखी समाधानमा नेपाल आयल निगमसँग सहकार्य गर्न आग्रह गर्दै ग्यास सिलिण्डर म्यापिङ र व्यावसायिक सिलिण्डर प्रणाली लागू भएमा हाल देखिएको ग्यास अभाव, कृत्रिम मौज्दात र अनुदान दुरुपयोगको समस्या समाधान गर्न सकिने बताए ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्यमा आधारित समाचार सम्प्रेषणको आग्रह

    आयल निगमको कार्यकारी निर्देशकका लागि ३ जनाको नाम सिफारिस

    धितोपत्र दोस्रो बजार सुधारका लागि सेबोनद्वारा समिति गठन

    सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ शिष्टाचार भेट

    नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा

    सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणालीको शुभारम्भ

    समाचार

    भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्यमा आधारित समाचार सम्प्रेषणको आग्रह

    आयल निगमको कार्यकारी निर्देशकका लागि ३ जनाको नाम सिफारिस

    धितोपत्र दोस्रो बजार सुधारका लागि सेबोनद्वारा समिति गठन

    निगमलाई उद्योग समिति सभापतिको निर्देशन- ग्यास सिलिन्डर म्यापिङ तत्काल सुरु गर्नुस्, नसके जिम्मेवारी छाड्नुस्

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑