काठमाडौं । देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले घर निर्माणको तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै घरको नक्सा डिजाइन तथा इन्जिनियरिङ सेवामा ३३ प्रतिशत छुट दिने भएको छ । उक्त योजनाअन्तर्गत वास्तु विश्लेषण, आर्किटेक्चरल ड्रइङ, स्ट्रक्चरल ड्रइङ, स्ट्रक्चरल एनालाइसिस तथा थ्री–डी भिजुअलाइजेसनलगायतका डिजाइन सेवामा छुट उपलब्ध हुनेछ ।
घर निर्माणअघि आवश्यक प्राविधिक परामर्श, संरचनात्मक सुरक्षा र आधुनिक डिजाइनलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यस्तो योजना ल्याइएको कम्पनीले जनाएको छ । घर निर्माणको प्रारम्भिक चरणमै जग्गाको अवस्था, उपलब्ध क्षेत्रफल, परिवारको आवश्यकता, बजेट तथा राष्ट्रिय भवन संहिताअनुसार संरचनात्मक मापदण्डलाई ध्यानमा राखेर डिजाइन तयार गरिन्छ ।
कम्पनीले जग्गाको अध्ययनदेखि भवनको उपयोगिता विश्लेषण, फ्लोर प्लान, इलेभेसन, स्पेस प्लानिङ तथा संरचनात्मक डिजाइनसम्मको सेवा एकीकृत रूपमा उपलब्ध गराउने जनाएको छ । कम्पनीका अनुसार भवन आकर्षक मात्र नभई भूकम्प प्रतिरोधी र संरचनात्मक रूपमा सुरक्षित बनाउन स्ट्रक्चरल ड्रइङ र स्ट्रक्चरल एनालाइसिसलाई विशेष प्राथमिकता दिइन्छ। यसले भवनको भार, संरचनात्मक प्रणाली तथा प्राविधिक मापदण्डअनुसार आवश्यक डिजाइन तयार गर्न सहयोग पुग्ने कम्पनीको दाबी छ ।
त्यस्तै, थ्री–डी भिजुअलाइजेसन सेवामार्फत ग्राहकले निर्माणअघि नै आफ्नो घरको सम्भावित स्वरूप हेर्न सक्ने व्यवस्था गरिएको छ । यसबाट डिजाइनमा आवश्यक परिमार्जन गर्न र अन्तिम निर्णय लिन सहज हुने कम्पनीले जनाएको छ ।
देभको इन्जिनियरिङले आवासीय घर तथा भवनको डिजाइन, नक्सा तयारी, राष्ट्रिय भवन संहिताअनुसार गुणस्तरीय निर्माण, फिनिसिङ र अन्ततः साँचो हस्तान्तरणसम्मको सेवा प्रदान गर्दै आएको छ । कम्पनीका अनुसार सम्पूर्ण निर्माण प्रक्रिया दक्ष इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने भएकाले गुणस्तर कायम हुनुका साथै निर्माण लागत पनि तुलनात्मक रूपमा कम हुने विश्वास व्यक्त गरिएको छ ।




