• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १४, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

      २ दिन अघि

      रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

      २ दिन अघि

      अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

      २ दिन अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      २ दिन अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      २ दिन अघि

      बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

      २ दिन अघि

      भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

      २ दिन अघि

      Kumari Job Integrates AI-Powered ATS to Enhance Smarter Recruitment in Nepal

      २ दिन अघि

      स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया

      २ दिन अघि

      रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

      २ दिन अघि

      विपद्का बेला मानवसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकता दिन मन्त्री चौधरीको निर्देशन

      २ दिन अघि

      स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

      ३ दिन अघि

      बाढीमा परेका ११४ जनाको हवाई उद्धार

      ३ दिन अघि

      प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

      ३ दिन अघि

      प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

      ३ दिन अघि
    आज: २०८३ भाद्र १४, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    जिल्ला प्रहरी कार्यालय दाङमा एक वर्षमा १२६ वटा लागुऔषधका मुद्दा दर्ता

  • लाईभ नेपाल
  • २०८३ श्रावण २२, शुक्रबार (३ हफ्ता अघि)
  • १४८९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • दाङ। जिल्ला प्रहरी कार्यालय दाङले यही साउन १३ गते गढवा गाउँपालिका(१ जुरौनीस्थित पूर्वपश्चिम राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा ३५ किलो लागुऔषधसहित रुकुमपूर्वको भूमे गाउँपालिका(२ का २६ वर्षीय हिक्मत पुनलाई पक्राउ गर्‍यो ।

    अस्थायी प्रहरी पोस्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गमा सवारी जाँच गर्ने क्रममा ३५ किलो चरेस बोकेर बुटवलबाट नेपालगन्जतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१(००१ ख ०८३७ नम्बरको विद्युतीय हाइसलाई नियन्त्रणमा लिएको हो ।

    हाइसको पछिल्लो सिटमा राखिएका दुईवटा कालो झोला र एउटा नीलो रङको सुटकेस जाँच गर्दा उक्त परिमाणको चरेस फेलापरेको जिल्ला प्रहरी कार्यालयका एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक डा हेमबहादुर केसीले बताए । सो घटनासँग जोडिएका एक जना फरार भएपछि निजको खोजीलाई तीव्र पारिएको जनाउँदै यससम्बन्धी मुद्दा दर्ता भइसकेको उनले बताए । घटनासँग सम्बन्धित पुनमाथि भने मुद्दा चलाएको छ ।

    गत पुस ७ गते सुर्खेतका ३६ वर्षीय लक्ष्मण सापकोटा, नेपालगन्ज उपमहानगरपालिका(१५ का ३२ वर्षीय गुड्डु कवडिया र सोही ठाउँका २४ वर्षीय रुक्सा कवडियालाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गर्यो । उनीहरूलाई नेपालगन्जबाट बा१९च ८८३३ नम्बरको सवारीबाट दाङतर्फ आउँदै गरेको अवस्थामा लमही नगरपालिका(९ को अमेलियामा जाँचका क्रममा १८० ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरीले विशेष सूचनाका आधारमा उनीहरू सवार गाडी जाँच गर्दा सेतो प्लास्टिकमा पोको पारेर राखिएको अवस्थामा लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूबाट नगद रु सात हजार, मोबाइल तीन थान र सवार गाडीलाई दाङ प्रहरीले नियन्त्रणमा लिई लागुऔषध ओसारपसार तथा बिक्री वितरणसम्बन्धी कसुरमा जिल्ला अदालत देउखुरीमा मुद्दा दर्ता गराइएको छ । यी दुई उदाहरण मात्र हुन्, जिल्लामा लागुऔषधका घटना दिनहुँजसो भेटिन्छन् ।

    यसैबीच, जिल्लामा आर्थिक वर्षमा २०८२र८३ मा १२६ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केसीले उक्त घटनामा संलग्न २३३ जना पक्राउ परेका जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरूबाट करिब ४१४ ग्राम ब्राउनसुगर, ११ किलो २८८ ग्राम चरेस, १३ किलो गाँजा र तीन हजार ५३२ थान नाइट्राजेपाम तथा ट्रामाडोल ट्याब्लेट बरामद गरिएको छ ।

    आव २०८१र८२ मा १०६ मुद्दा दर्ता हुँदा १७८ जना पक्राउ परेका छन् । जसमा ९९ ग्राम ब्राउनसुगर, १९ किलो १९९ ग्राम गाँजा, ११ किलो १८० ग्राम अफिम, छ हजार ८०५ नाइट्राजेपाम र ट्रामाडोल ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ । आव २०८०र८१ मा ५२ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता हुँदा ९८ जना अभियुक्त पक्राउ परेका छन् ।

    यसैबीच, सामुदायिक प्रहरी सेवा केन्द तुलसीपुरका सल्लाहकार खुमानन्द अधिकारले बढ्दो लागुऔषध दुव्र्यसन तथा ओसारपसार न्यूनीकरणका लागि सबैको सामूहिक प्रयासले गाउँ तहसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले अहिले धेरैजसो युवा लागुऔषधको कुलतमा फस्ने गरेकाले उनीहरूलाई अभिभावकले समय दिएर परामर्श गर्नुपर्ने बताए ।

    जीवनको बारेमा नबुझदा, प्रविधिको दुरुपयोग, अभिभावकको लापरवाही, चेतना अभाव, आर्थिक प्रलोभन, उच्च महत्वकाङ्क्षाका, गरिबी, कुलतलगायत कारणले लागुऔषधका घटना दिनप्रतिदिन बढिरहेका सामाजिक अभियान्ता विमल रिजालले बताए । उनले लागुऔषधका घटनालाई निरुत्साहित गरी समाजमा सकारात्मक सोचको विकास गर्ने, युवाहरूलाई आयमूलक क्षेत्रमा जोड्ने किसिमका कार्यक्रम स्थानीय तह र सरोकार भएका निकायले सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

    लागुऔषध समाजका लागि जटिल समस्याका रूपमा देखा परिरहेकाले यस्ता घटना रोक्न प्रहरीले समुदायमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठले बताए । उनले बढ्दो लागुऔषध ओसारपसार तथा प्रयोगलाई नियन्त्रण गर्न ‘स्वीप अपरेसन’ अभियान सुरु गरिएको जनाउँदै यो अभियान सफल बनाउन स्थानीय सरकार, सरोकार भएका निकाय, नागरिक समाजलगायतको सहयोग आवश्यक पर्ने उल्लेख गरे ।

    जिल्लाका विभिन्न पालिकामा रहेका सरकारी तथा निजी विद्यालयमा पुगेर विद्यार्थीलाई जागरुक बनाउने, लागुऔषधको दुव्र्यसनका नकारात्मक पक्षबारे सचेत बनाउने, लागुऔषध ओसारपसार कार्यमा संलग्न भएको पाइएमा कानुनबमोजिम सजायका बारेमा प्रशिक्षण दिँदै आइएको उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    समाचार

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑