काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ ।
सुन तोलामा ६४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ७ हजार ९०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँ थियो ।
चाँदी पनि बढेको छ । महासंघका अनुसार हिजो तोलाको ४ हजार ६७० रहेको चाँदी आज ११० रुपैयाँले बढेर ४ हजार ७८० पुगेको छ

