काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ को पहिलो दिन २९ हजार जनाले अवलोकन गरेका छन । मंगलबार एक्स्पोको उद्घाटन गरिएको हो ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा एक्स्पो सुरु भएको हो । एक्स्पोमा केही नयाँ मोडलका सवारीहरु बुधबार सार्वजनिक गरिँदै छ ।
प्रत्येक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म एक्स्पो खुला रहनेछ । एक्स्पोका ५३ स्टलमा विभिन्न ब्रान्डका ५५ मोडल राखिएको छ ।

