काठमाडौं । अछाममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अुनसार मंगलसेन नगरपालिका–५ मा सडकमा गुडिरहेको अटो अनियन्त्रित भई पल्टिँदा एक जनाको ज्यान गएको हो ।
घटना शनिबार बिहान साढे ११ बजेको रहेको प्रहरीले जनाएको छ । स्थानीय लाछीमानाबाट मंगलसेनतर्फ जाँदै गरेको सुपप्र०१००१ ह ६११३ नम्बरको अटो ओरालोमा अचानक अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।
प्रहरीका अनुसार दुर्घटनापछि अटो र चालक नियन्त्रणमा लिइएको छ र थप अनूशन्धान भइरहेको प्रहरीले जनाएको छ।

