काठमाडाैं । भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
भदौका लागि २० वटा वाणिज्य बैंकमध्ये ५ वटा बैंकले आफ्नो अघिल्लो महिनाको ब्याजदर घटाएका छन् भने बाँकी १५ वटाले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्।
ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, कुमारी बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् ।
साउनको भदौ भदौमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर सबैभन्दा धेरै घटाउनेमा सिद्धार्थ बैंक रहेको छ । बैंकको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ४.०५ प्रतिशतबाट ०.२९ प्रतिशत बिन्दुले घटेर ३.७६ प्रतिशतमा घटाएको छ ।
कुमारी बैंकले भदौका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.०९ प्रतिशत बिन्दुले घटाएर ३.७६ प्रतिशत प्रस्ताव गरेको हो । स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि ०.०५ प्रतिशत बिख्न्दुले घटाएर ३.८ प्रतिशत ब्याजदर प्रस्ताव गर्दा सिटिजन्स बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएर ०.१० प्रतिशत बिन्दुले घटाउर ३.८५ प्रतिशतमा झारेको छ ।
यस्तै नेपाल बैंकले पनि ०.१० प्रतिशत बिन्दुले घटाएर भदौका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ४.१५ प्रतिशत बिन्दुमा झारेको हो ।
अधिकांश वाणिज्य बैंकहरूले भने साउन महिनाकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन्।
नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, सानिमा, माछापुच्छ्रे, कृषि विकास, नेपाल एसबिआई, एभरेष्ट, हिमालयन, लक्ष्मी सनराइज, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आइएमई गरी १५ वटा बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।

