काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा नयाँ पन्च ईभी विशेष अफरसहित सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा जारी एक्स्पोमा नयाँ पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
तर, एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले १ लाख रुपैयाँको विशेष मूल्य लाभ पाउँदै ३२ लाख ९९ हजार रुपैयाँमा गाडी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । आज एक्स्पोको अन्तिम दिन भएकाले विशेष अफरको पनि आजै अन्तिम दिन रहेको कम्पनीले जनाएको छ ।
आजसम्म बुकिङ गर्ने ग्राहकले मात्र उक्त छुट सुविधा प्राप्त गर्नेछन् । भोलिबाट भने पन्च ईभीको सुरुवाती मूल्य पुनः ३३ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ । त्यस्तै, एक्स्पोमा पन्च ईभी बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको छ ।
अत्याधुनिक ‘एक्टि.इभी’ प्लेटफर्ममा आधारित पन्च ईभी ३२ किलोवाट र ४० किलोवाट क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ । नेपालमा गरिएको परीक्षणअनुसार यसले एकपटक पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ ।
गाडीमा १९५ एमएम ग्राउन्ड क्लियरेन्स, बीएनसीएपी ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५सी डीसी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसजस्ता सुविधा रहेका छन्

