मकवानपुर । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत डाँगीसहित अन्य ३ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सवारी चालक र उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका रजिष्ट्रार तारादत्त बडुलाई भने थप उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरूमा चालक दाङको राप्ती गाउँपालिका–८ बस्ने अन्दाजी ३२ वर्षीय छुनिलाल चौधरी, उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश (दाङ तुलसीपुर–९) अन्दाजी ५७ वर्षीय गोकर्ण डाँगी, रजिस्ट्रार (बैतडी दशरथचन्द–७) ५१ वर्षीय तारादत्त बडु रहेका छन्।
त्यस्तै, रजिस्ट्रार बडुकी ४९ वर्षीया श्रीमती लक्ष्मी बडु, २५ वर्षीय छोरा रितेन्द्र बडु र ३१ वर्षीया आफन्त रिता बडु घाइते भएका छन्। घाइतेमध्ये लक्ष्मीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

