काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजको मूल्य प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँ छ । हिजो भने यही भाउमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदी १५ रुपैयाँले घटेर तोलाको ४ हजार ७५५ कायम भएको छ ।
हिजो भने ४ हजार ७७० थियो ।

