काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ७४ हजार ८८७ कित्ता संस्थापक सेयर बिक्रीका लागि राखेको हो ।
यो सेयर बैंकका विद्यमान संस्थापक सेयधरधनीले मात्रै खरिद गर्न सक्नेछन् ।
इच्छुक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्यसमेत खुलाएर कमलादीस्थित बैंकको शेयर रजिस्ट्रारको कार्यालयमा निवेदन दिनुपर्नेछ ।
तोकिएको म्यादभित्र आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।

