काठमाडौं । नेपालमा हुवावे कन्ज्युमर उत्पादनहरूको राष्ट्रिय वितरक कल मोबिलिटी प्रालिले हुवावे वाच फिट ५ प्रो आधिकारिक रूपमा सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, स्वास्थ्य निगरानी, फिटनेस तथा स्मार्ट सुविधासहितको यो स्मार्टवाचको मूल्य नेपालमा ४३ हजार ९९० रुपैयाँ तोकिएको छ ।
लन्चसँगै कम्पनीले सीमित अवधिका लागि विशेष अफर पनि ल्याएको छ । वाच फिट ५ प्रो खरिद गर्ने ग्राहकले ५ हजार ४९० रुपैयाँ मूल्य पर्ने हुवावे फ्रीबड्स एसई २ निःशुल्क प्राप्त गर्नेछन् ।
स्मार्टवाचमा १.९२ इन्चको डिस्प्ले, १.८ मिलिमिटरको अल्ट्रा–स्लिम बेजेल र अधिकतम ३ हजार निट ब्राइटनेस उपलब्ध छ । यसले प्रत्यक्ष घाममा समेत स्पष्ट दृश्य अनुभव दिने कम्पनीको दाबी छ ।
फिटनेसतर्फ मिनी–वर्कआउट मोड, ट्रेल रन मोड तथा गल्फसम्बन्धी विभिन्न सुविधा उपलब्ध छन् । ट्रेल रन मोडमा सेग्मेन्टमा आधारित नेभिगेसन, उचाइको ट्रेन्ड र अनुमानित आगमन समय हेर्न सकिन्छ । त्यस्तै, १७ हजारभन्दा बढी गल्फ कोर्सका नक्सा, ग्रिन भ्यु र स्विङ विश्लेषण सुविधा पनि दिइएको छ ।
स्वास्थ्य निगरानीतर्फ ईसीजी, ए–फिब तथा प्रिमेच्योर बिट अलर्ट, आर्टेरियल स्टिफनेस डिटेक्सन र महिलाका लागि रिस्ट टेम्परेचर ट्र्याकिङसहितको वुमेन्स हेल्थ मोनिटरिङ सुविधा रहेको छ ।
ब्याट्री हल्का प्रयोगमा १० दिनसम्म र नियमित प्रयोगमा ७ दिनसम्म टिक्ने कम्पनीले जनाएको छ । वाच फिट ५ प्रो नेपालभर ४३ हजार ९९० रुपैयाँमा उपलब्ध छ ।




