काठमाडौं । बिहीबारका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
बाढीपहिरोपछिको खोज, उद्धार तथा राहत कार्यमा सांसदहरू समेत प्रत्यक्ष खटिनुपर्ने आवश्यकता देखिएको भन्दै प्रतिनिधिसभाको बैठक अर्को सूचना नभएसम्मका लागि अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
“हालैको बाढीपहिरोबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरू समेत राहत तथा उद्धार लगायतका कार्यमा संलग्न हुनुपर्ने भएको कारण निर्धारित मिति र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०५३ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखको निर्देशानुसार अर्को सूचना नभएसम्मको लागि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” भनिएको छ ।

