• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ३०, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बाढीपीडितको सहयोगमा निशान पोली क्लिनिक, प्रधानमन्त्री दैवी उद्धार कोषमा ४ लाख

      ८ मिनेट अघि

      एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत २०२६ PMGO साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै

      १९ मिनेट अघि

      डिजिटल संसद्‌बारे छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

      २५ मिनेट अघि

      जग्गा तथा आवास प्रदर्शनीमा विपद् उत्थानशील पूर्वाधारदेखि सुरक्षित बस्ती विकाससम्म गहन छलफल हुने

      १ घण्टा अघि

      आज हरितालिका तीज : व्रतको शास्त्रीय महत्त्व, पौराणिक कथा र विधि

      १ दिन अघि

      फुपु तेन्जिङ शेर्पालाई उत्कृष्ट फेसन शिक्षा अवार्ड

      १ दिन अघि

      हामीले पश्चिमाहरुको ठाडो नक्कल गरेका छौँ, अब चीनबाट सिक्दै आफ्नै विकास मोडल बनाउनुपर्छः झलनाथ खनाल

      १ दिन अघि

      भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

      १ दिन अघि

      भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त रसुवा–नुवाकोटका लागि भारतको तीन बेलिब्रिज सहयोग

      २ दिन अघि

      नेपाललाई कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्न दिनु हुँदैन : झलनाथ खनाल

      २ दिन अघि

      युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

      २ दिन अघि

      ग्लोबल साउथलाई ‘नियम मान्ने’ बाट ‘नियम बनाउने’ स्थानमा पुर्‍याउनुपर्छ : मोदी

      २ दिन अघि

      एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

      ३ दिन अघि

      ज्येष्ठ नागरिकको घरदैलोमै सरकार: काठमाडौंमै पुगेर वृद्धभत्ता नवीकरण गर्दै पञ्चकन्या गाउँपालिका

      ३ दिन अघि

      जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

      ४ दिन अघि
    आज: २०८३ भाद्र ३०, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    जग्गा तथा आवास प्रदर्शनीमा विपद् उत्थानशील पूर्वाधारदेखि सुरक्षित बस्ती विकाससम्म गहन छलफल हुने

  • लाईभ नेपाल
  • २०८३ भाद्र ३०, मंगलबार (१ घण्टा अघि)
  • ४०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपद् वाट क्षतिग्रस्त बस्ती तथा पूर्वाधारको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउनेदेखि जोखिमयुक्त क्षेत्रका बस्तीलाई स्थानान्तरण गर्नेसम्मका विषयमा विज्ञ, सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबिच काठमाडौँमा विस्तृत अन्तरकृया तथा छलफल हुने भएको छ । भृकुटीमण्डपमा असोज १ देखि ४ गतेसम्म आयोजना हुने ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी-२०८३’ को अवसर पारेर एक्स्पो कन्फरेन्स हलमा विशेष प्राविधिक सत्र तथा उच्चस्तरीय प्यानल छलफल सञ्चालन गर्न लागिएको एक्स्पो संयोजक रोशन भोयध्योले जानकारी दिए ।

    आयोजकका अनुसार चारदिने प्रदर्शनीका सुरुआती तीन दिनमा निर्माण, भू-उपयोग, विपद् उत्थानशीलता, पुनर्वास र सार्वजनिक-निजी साझेदारी (PPP) मा आधारित एकीकृत आवास विकासलाई केन्द्रमा राखेर छलफल गरिनेछ । प्रदर्शनीको पहिलो दिन असोज १ गते दिउँसो २ बजे ‘घर तथा भवन निर्माणमा वास्तुशास्त्रको महत्त्व’ विषयमा विशेष सेमिनार आयोजना हुनेछ। सेमिनारमा वास्तुविज्ञ डा. माधव मङ्गल जोशीले मुख्य प्रस्तुति दिनेछन्। आधुनिक आवास विकासमा भवनको संरचनात्मक सुरक्षा, स्थान छनोट, वातावरण, प्रकाश तथा हावाको व्यवस्थापनसँग वास्तुशास्त्रको सम्बन्धबारे यस सत्रमा गहन चर्चा गरिनेछ ।

    दोस्रो दिन असोज २ गते विपद् र पुनर्वाससँग प्रत्यक्ष सम्बन्धित दुई महत्त्वपूर्ण प्राविधिक प्रस्तुतिहरू रहनेछन्। ‘उच्च जोखिम क्षेत्रमा विपद् उत्थानशील पूर्वाधार र दिगो निर्माण’ विषयमा पूर्वाधार विकास मन्त्रालयका सहसचिव आर्किटेक्ट पद्म कुमार मैनालीले प्रस्तुति दिनेछन्, जसमा विपद्को जोखिम मूल्याङ्कन, संरचनागत सुरक्षा र दिगोपनको विषय समेटिनेछ। सोही सत्रमा भूमि व्यवस्था मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टले ‘भू-उपयोग वर्गीकरण, सुरक्षित भूमि एवं बस्ती विकास र बाढी पीडितहरूका लागि स्थानान्तरण योजना’ का विषयमा आफ्नो प्रस्तुति राख्नेछन् ।

    यस प्रस्तुतिले बाढी प्रभावित परिवारको तत्काल राहतपछिको दीर्घकालीन पुनर्वास, सुरक्षित भूभागको पहिचान तथा नयाँ स्थानमा आवाससँगै सडक, खानेपानी, बिजुली, विद्यालय, स्वास्थ्य र जीविकोपार्जनका पूर्वाधार कसरी पुर्‍याउने भन्ने विषयलाई उजागर गर्नेछ। यो सत्रको अध्यक्षता नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष विष्णु प्रसाद घिमिरेले गर्नेछन् भने महासङ्घका वरिष्ठ कानुनी सल्लाहकार डा. गोकुल प्रसाद बुर्लाकोटीले सहजीकरण गर्नेछन् ।

    तेस्रो दिन असोज ३ गते विपद्पछिको पुनर्निर्माणमा निजी क्षेत्रको सहभागिता र नीतिगत व्यवस्थामाथि प्यानल छलफल हुनेछ। विपद्पछि ठूलो सङ्ख्यामा संरचना निर्माण गर्दा सरकारी स्रोत मात्र पर्याप्त नहुने भएकाले निजी क्षेत्रको पुँजी, प्रविधि र व्यवस्थापन क्षमता परिचालन गर्नेबारे छलफल केन्द्रित हुनेछ ।

    नेपाल जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष इन्जिनियर दीपक कुँवरको अध्यक्षता र ख्वप इन्जिनियरिङ कलेजकी आर्किटेक्ट प्रमिला शिल्पकारको मोडरेसनमा हुने यस छलफलमा काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त प्रकाश अर्याल, नेपाल चेम्बर अफ कमर्सका बरीष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्रा, SONA का अध्यक्ष आर्किटेक्ट ईश्वर लाल श्रेष्ठ, नेपाल जियोटेक्निकल सोसाइटीका निवर्तमान अध्यक्ष डा. मन्दिप सुवेदी र काठमाडौँ इन्स्टिच्युटका निर्देशक अकाडेमीसियन आर्किटेक्ट बीरेश शाह प्यानलिस्टका रूपमा रहनेछन् । प्यानलमा निजी क्षेत्रलाई सहभागी गराउँदा लागत, गुणस्तर, लाभग्राही छनोट, भूमि उपलब्धता र दीर्घकालीन व्यवस्थापनलाई पारदर्शी बनाउने विषयमा समेत मन्थन हुनेछ ।

    प्रदर्शनीको अन्तिम दिन असोज ४ गते प्रदर्शकहरूबिच व्यावसायिक (B2B) अन्तरक्रिया आयोजना गरिनेछ। समग्रमा यस प्रदर्शनीले आवासलाई केवल घर निर्माण वा जग्गा कारोबारमा मात्र सीमित नराखी सुरक्षित स्थान, योजनाबद्ध बस्ती र विपद् प्रतिरोधी पूर्वाधार निर्माणको नीतिगत सुधारका लागि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    बाढीपीडितको सहयोगमा निशान पोली क्लिनिक, प्रधानमन्त्री दैवी उद्धार कोषमा ४ लाख

    एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत २०२६ PMGO साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै

    डिजिटल संसद्‌बारे छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

    आज हरितालिका तीज : व्रतको शास्त्रीय महत्त्व, पौराणिक कथा र विधि

    फुपु तेन्जिङ शेर्पालाई उत्कृष्ट फेसन शिक्षा अवार्ड

    हामीले पश्चिमाहरुको ठाडो नक्कल गरेका छौँ, अब चीनबाट सिक्दै आफ्नै विकास मोडल बनाउनुपर्छः झलनाथ खनाल

    समाचार

    बाढीपीडितको सहयोगमा निशान पोली क्लिनिक, प्रधानमन्त्री दैवी उद्धार कोषमा ४ लाख

    एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत २०२६ PMGO साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै

    डिजिटल संसद्‌बारे छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

    जग्गा तथा आवास प्रदर्शनीमा विपद् उत्थानशील पूर्वाधारदेखि सुरक्षित बस्ती विकाससम्म गहन छलफल हुने

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑