• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १७, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      पोखराले गुमायो सातौँ विकेट

      ३ घण्टा अघि

      लुम्बिनी–गोवा पर्यटन सर्किटको प्रस्ताव : बुद्धभूमि र समुद्री पर्यटन जोड्ने नयाँ पहल

      ३ घण्टा अघि

      पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागितासहित सफलतापूर्वक सम्पन्न

      ३ घण्टा अघि

      ५ औ अन्तर्राष्ट्रिय संरक्षक दिवस सम्पन्न

      ३ घण्टा अघि

      विकासका लागि सरकारी र निजी लगानी प्रतिस्पर्धी होइन, परिपूरक हुनुपर्छ : उपाध्यक्ष भट्ट

      ३ घण्टा अघि

      सुदूरपश्चिम प्रदेशमा स्टार्टअप एन्ड इनोभेसन समिट २०८३’ शुरु युवा र महिला उद्यमशीलता तथा उद्योग–शैक्षिक सहकार्यबाट आर्थिक रूपान्तरण सम्भव : अध्यक्ष श्रेष्ठ

      ११ घण्टा अघि

      सुर्खेतमा पूर्वाधार अवलोकनपछि मन्त्री पोखरेल – दसौँ राष्ट्रिय खेलकुदका लागि कर्णाली तयार छ, ‘काउन्टडाउन’ सुरु

      ११ घण्टा अघि

      एनपीएलमा आज जनकपुर र विराटनगर तथा लुम्बिनी र पोखरा भिड्दै

      ११ घण्टा अघि

      मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् किसान

      ११ घण्टा अघि

      पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

      ११ घण्टा अघि

      इरानको केशम टापुमा अमेरिकाको गोप्य आक्रमण

      ११ घण्टा अघि

      अमेरिकामा आज मध्यावधि निर्वाचन, ट्रम्पको कार्यकालको जनमत परीक्षण हुँदै

      ११ घण्टा अघि

      सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना : एक विदेशीको मृत्यु, एक जना घाइते

      ११ घण्टा अघि

      इरानमाथि फेरि ‘कडा आक्रमण’ गर्ने ट्रम्पको चेतावनी, युद्ध चाँडै सकिने दाबी

      १ दिन अघि

      पोखरा महानगरद्वारा स्वरोजगार प्रवर्द्धनमा जोड

      १ दिन अघि
    आज: २०८३ कार्तिक १७, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

  • लाईभ नेपाल
  • २०८३ कार्तिक १७, मंगलबार (११ घण्टा अघि)
  • ४०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट

  • गण्डकी– पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ ।

    पूर्वी खण्ड (जामुने–मुग्लिन)को काम पूरा गरी निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । ‘सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएर त्रुटि सच्चाउने अवधि (डिएलपी) सुरु भइसकेको छ’, उनले भने, ‘डिएलपीपछि थप पाँच वर्षसम्म सडक मर्मतसम्भारको जिम्मा पनि निर्माण कम्पनीकै रहन्छ ।’

    इन्जिनियर पाण्डेका अनुसार कूल ४१.४५ किमि दूरीको उक्त खण्डमा दमौली र डुम्रे बजारमा गरी करिब दुई किमि सडक छ लेन र अन्यत्र चार लेनमा विस्तार तथा स्तरोन्नति गरिएको छ । पूर्वी खण्डमा साना–ठूला गरी १७ वटा पक्की पुल निर्माण भएको उनले बताए ।

    तनहुँको मादी नदीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इन्जिनियर पाण्डेले बताए । पाँच दशकअघि बनेको उक्त सडक विस्तार तथा स्तरोन्नतिको काम २०७८ साल वैशाखदेखि सुरु भएको थियो । निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले छ अर्ब २१ करोड ३१ लाख लाखमा पूर्वी खण्ड निर्माणको जिम्मा पाएको थियो ।

    गण्डकी प्रदेशको ‘लाइफलाइन’का रुपमा रहेको उक्त सडक स्तरोन्नति भएसँगै सङ्घीय राजधानी काठमाडौँ, चितवनलगायत गन्तव्यबाट पोखरासम्मको यातायात सेवा सहज बनेको छ । निर्माणको चरणमा खेपेको धुलो र हिलोको सास्तीलाई बिर्सदै सर्वसाधारणले चार लेनको फराकिलो सडकमा यात्रा गर्न पाएका छन् ।

    आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)का प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले आगामी मङ्सिरभित्र काम सक्ने लक्ष्य लिइएको बताए । ‘पश्चिम खण्डको काम पनि अन्तिम चरणमा पुगेको छ, झण्डै पाँच किमि जति सर्भिस लेन कालोपत्र गर्न बाँकी छ’, उनले भने, ‘रोड मार्किङ, ट्राफिक सङ्केत चिह्न राख्नेदेखि सडक सुरक्षासँग सम्बन्धित कामहरु धमाधम भइरहेको छ ।’

    पोखरा महानगरपालिका–१० अमरसिँहचोकदेखि सेती पुलसम्म, तालचोक र बूढीबजार क्षेत्रमा सर्भिस लेन कालोपत्रका लागि तयारी भइरहेको इन्जिनियर कुँवरले बताए । निर्माणको काम सकिएपछि पश्चिम खण्डमा पनि एक वर्षसम्म त्रुटि सच्चाउने अवधि (डिएलपी)को चरण रहने उनको भनाइ छ । ‘सडक हस्तान्तरण गरेपनि ठेक्का सम्झौताअनुसार एक वर्षसम्म डिएलपी र पाँच वर्षसम्म मर्मतको काम निर्माण कम्पनीले नै गर्छ’ उनले भने ।

    कूल ३८.८८ किमि दूरीको पश्चिम खण्डमा १८.५ किमि दूरीमा छ लेन र बाँकीमा चार लेनको सडक निर्माण भएको इन्जिनियर कुँवरले बताए । ‘पश्चिम खण्डमा सहरी क्षेत्र बढी भएकाले छ लेनमा सडक विस्तार गरिएको हो’, उनले भने, ‘तनहुँतर्फ दुलेगौँडा र खैरेनीटारमा पनि छ लेन सडक निर्माण भएको छ ।’ यस खण्डमा पर्ने १३ पुलमध्ये १२ वटा पुल निर्माण भइसकेका छन् । पोखराको सेती नदीको ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको हो ।

    तनहुँको जामुनेदेखि पर्यटकीय राजधानी पोखरा जोड्ने पश्चिम खण्डमा २०७८ साल जेठ २ गते सम्झौता भई २०७८ साल भदौ १२ गतेदेखि काम सुरु भएको थियो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले रु सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्डको ठेक्का पाएको थियो ।

    कूल ८१ किमि दुरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम गरिएको हो । सरकारको प्राथमिकताप्राप्त यस सडक आयोजना निर्माणले सुरुमा गति लिन नसकेपछि पोखराका पर्यटन व्यवसायीलगायतले काममा ढिलासुस्ती नगर्न दबाब बढाएका थिए ।

    गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिले यस क्षेत्रको आर्थिक र पर्यटकीय गतिविधि बढाउन टेवा पुगेको छ । पोखरा आउजाउ गर्दा धुलो र हिलो छिचोल्दै घण्टौँको यात्रा गर्नुपर्ने पर्यटक र सर्वसाधारणको बाध्यता पनि सधैँका अन्त्य भएको छ ।

    सडक विस्तारसँगै पोखराका साँघुरा चोकहरु पनि खुला र आकर्षक देखिएका छन् । अमरसिंहचोक, अर्घौंचोक, बुद्धचोक, तालचोकलगायत ठाउँमा मापदण्ड विपरीतका संरचना हटाएर सडक र चोकलाई चौडा बनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    पोखराले गुमायो सातौँ विकेट

    लुम्बिनी–गोवा पर्यटन सर्किटको प्रस्ताव : बुद्धभूमि र समुद्री पर्यटन जोड्ने नयाँ पहल

    पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागितासहित सफलतापूर्वक सम्पन्न

    ५ औ अन्तर्राष्ट्रिय संरक्षक दिवस सम्पन्न

    विकासका लागि सरकारी र निजी लगानी प्रतिस्पर्धी होइन, परिपूरक हुनुपर्छ : उपाध्यक्ष भट्ट

    सुदूरपश्चिम प्रदेशमा स्टार्टअप एन्ड इनोभेसन समिट २०८३’ शुरु युवा र महिला उद्यमशीलता तथा उद्योग–शैक्षिक सहकार्यबाट आर्थिक रूपान्तरण सम्भव : अध्यक्ष श्रेष्ठ

    समाचार

    पोखराले गुमायो सातौँ विकेट

    लुम्बिनी–गोवा पर्यटन सर्किटको प्रस्ताव : बुद्धभूमि र समुद्री पर्यटन जोड्ने नयाँ पहल

    पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागितासहित सफलतापूर्वक सम्पन्न

    ५ औ अन्तर्राष्ट्रिय संरक्षक दिवस सम्पन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑