काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा अहिले लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा टस जितेर लुम्बिनीले पहिले फिल्डिङ गरिरहेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले सातौँ विकेट गुमाएको छ । खेलको १५ ओभर ३ बलमा पोखराका मेहदी हसन आउट भए । तिलक भण्डारीको बलमा उनी डार्शी सर्टबाट क्याच आउट भएका हुन् ।
आउट हुनुअघि २४ बलमा १३ रन बनाए ।
लिगको अंक तालिकामा पोखरा पुछारमा रहेको छ । उता लुम्बिनी भने अंक तालिकाको पाचौँ स्थानमा छ

