• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर ९, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

      ९ मिनेट अघि

      यस्तो छ आजको मौसम पूर्वानुमान

      १५ मिनेट अघि

      आज महिला हिंसा उन्मूलन दिवस: प्रत्येक १० मिनेटमा एक महिला तथा बालिकाको हत्या

      २0 मिनेट अघि

      अस्ट्रेलियामा आर्थिक मन्दीको जोखिम, अर्थतन्त्रको गति कमजोर हुँदै

      २३ मिनेट अघि

      नेपाल–भारत व्यापारलाई परम्परागत कारोबारबाट उत्पादन, लगानी र नवप्रवर्तनमा आधारित साझेदारीमा रूपान्तरण गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

      २७ मिनेट अघि

      Xiaomi Opens a New Upgraded Exclusive Store with Smart Home Appliances in Pokhara

      ३४ मिनेट अघि

      हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको पहिलो प्रमुख कार्यकारी अधिकृत सीईओ मा समीर ठाकुर नियुक्त

      ३८ मिनेट अघि

      नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित

      ४0 मिनेट अघि

      माछापुच्छ्रे बैंक र बेलायतको रिज रेमिटबीच रेमिट्यान्स सेवा सञ्चालनका लागि सम्झौता

      ४५ मिनेट अघि

      नेपाल प्रहरीका ६० एसपीको सरुवा (सूची सहित)

      ४७ मिनेट अघि

      नेपाली सेनाको रथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिन्ह

      १६ घण्टा अघि

      शेख हसिना १६ डिसेम्बरमा बंगलादेश फर्किने, विमान पठाउन सरकारसँग अपिल

      २१ घण्टा अघि

      मंगलबारका लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण

      १ दिन अघि

      १०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

      १ दिन अघि

      कुमारी बैंकका शाखाबाटै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको एन–ट्याग पाइने

      १ दिन अघि
    आज: २०८३ मंसिर ९, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित

  • लाईभ नेपाल
  • २०८३ मंसिर ९, बुधबार (४0 मिनेट अघि)
  • १५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपाल-श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले नयाँ कार्यसमिति निर्वाचित गर्नुका साथै नेपाल-श्रीलंका व्यापार, पर्यटन तथा आर्थिक सम्बन्ध सुदृढीकरणमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ। साधारणसभाबाट नरेन्द्र बल्लभ पन्त चेम्बरको नयाँ अध्यक्षमा निर्वाचित भएका छन्। राजेश काजी श्रेष्ठलाई मानार्थ सदस्यको रूपमा सम्मान गरिएको छ भने विजयबहादुर श्रेष्ठलाई निवर्तमान अध्यक्ष (इमिडिएट पास्ट प्रेसिडेन्ट) को जिम्मेवारीमा राखिएको छ।

    प्रदीप लाल श्रेष्ठ वरिष्ठ उपाध्यक्ष तथा चंकी छेत्री र सुदेश उपाध्याय उपाध्यक्षमा निर्वाचित भएका छन्। त्यसैगरी, शिवांगी शाह महासचिव, अभिषेक अग्रवाल कोषाध्यक्ष तथा मनिष राजभण्डारी र सुनिता सिंह सचिवमा निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमिति सदस्यहरूमा राजेश शाक्य, धिरज कार्की, सुमन श्रेष्ठ, रञ्जन खड्का, रश्मि जोशी, सुधीर अग्रवाल, विवेक झा, सुमेध शाक्य, रिकेन महर्जन र नवराज बजगाई रहेका छन्। जय देवान र डा. हरिलाई सल्लाहकारको जिम्मेवारी दिइएको छ।

    साधारणसभामा नेपालका लागि श्रीलंकाका राजदूत रुवान्थी डेल्पिटिया (Ruwanthi Delpitiya) ले नेपाल र श्रीलंकाबीच व्यापारिक सम्बन्ध विस्तार गर्न व्यावसायिक प्रतिनिधिमण्डल आदानप्रदान, व्यापार मेला, प्रदर्शनी, बीटुबी भेटघाट तथा क्षेत्रगत सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्। उनले दुई देशका व्यवसायीबीच नियमित संवाद, बजारसम्बन्धी सूचना आदानप्रदान, लगानीका अवसर पहिचान तथा व्यवसायीले सामना गरिरहेका समस्याको समाधानका लागि संस्थागत रूपमा व्यवस्थित संयन्त्र विकास गर्नुपर्ने बताइन्।

    श्रीलंका दूतावासले व्यापार, लगानी, पर्यटन तथा नवप्रवर्तन क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्न सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। राजदूत डेल्पिटियाले आगामी जनवरी १४ देखि १७ सम्म श्रीलंकामा आयोजना हुने एक्स्पो २०२७ मा नेपाली व्यवसायीहरूको सहभागिताका लागि आग्रह गर्दै उक्त प्रदर्शनीमा ३३ भन्दा बढी नेपाली खरिदकर्ता अनलाइनमार्फत दर्ता भइसकेको जानकारी दिइन्। श्रीलंकाका लागि नेपालका राजदूत नियुक्त डा. मञ्चला कुमारी झाले नेपाल र श्रीलंकाबीच लामो समयदेखि कायम कूटनीतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई बलियो आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने बताइन्।

    सन् १९५७ मा स्थापित कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउँदै व्यापार, पर्यटन, लगानी, शिक्षा तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने उनको भनाइ थियो। उनले आर्थिक कूटनीति, व्यावसायिक प्रतिनिधिमण्डल, प्रदर्शनी तथा बीटुबी बैठकमार्फत दुई देशबीचको सद्भावलाई ठोस आर्थिक उपलब्धिमा रूपान्तरण गर्न सकिने उल्लेख गरिन्।

    चेम्बरका मानार्थ सदस्य डा. राजेश काजी श्रेष्ठले आफ्नो मन्तव्यमा नेपाल र श्रीलंकाबीच व्यापार, पर्यटन तथा व्यावसायिक सम्बन्ध विस्तारका लागि व्यापार मेला, प्रदर्शनी र संस्थागत नेटवर्किङलाई प्रभावकारी बनाउनुपर्ने बताए। उनले नेपाली अर्गानिक चिया, हस्तकला, परम्परागत कला, मूर्ति, थाङ्का, खाद्य उत्पादन, पत्थर तथा गरगहनालगायत नेपाली उत्पादनलाई श्रीलंकासहित अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सकिने सम्भावना औंल्याए।

    श्रेष्ठले नेपाल-श्रीलंका चेम्बर, नेपाल चेम्बर अफ कमर्स, जिल्ला तथा वस्तुगत चेम्बर, व्यवसायिक संघसंस्था र निजी क्षेत्रबीच समन्वय बढाएर व्यावसायिक प्रतिनिधिमण्डल आदानप्रदान तथा बजार सम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिए। पर्यटन, चिया तथा व्यापारका क्षेत्रमा क्षेत्रगत सहकार्यलाई अघि बढाउनुपर्ने उनको धारणा थियो। नेपाल-श्रीलंका चेम्बर अफ कमर्सका अध्यक्ष विजयबहादुर श्रेष्ठले सभापतिको आसनबाट बोल्दै नेपाल र श्रीलंकाबीचको पुरानो व्यापारिक, सांस्कृतिक तथा व्यावसायिक सम्बन्धलाई थप विस्तार गर्नुपर्ने बताए।

    दुई देशबीच विभिन्न समझदारी तथा व्यापारिक संवाद हुँदै आए पनि द्विपक्षीय व्यापार अपेक्षाकृत न्यून रहेको उल्लेख गर्दै व्यापार विस्तारका लागि ठूलो सम्भावना रहेको उनले बताए। उनले श्रीलंका नेपाली पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने उल्लेख गर्दै पर्यटन प्रवर्द्धन, व्यवसायिक आदानप्रदान तथा संस्थागत सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। साधारणसभाका अवसरमा नेपाल-श्रीलंका व्यापार, पर्यटन तथा व्यावसायिक सम्बन्धमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई विभिन्न सम्मान प्रदान गरिएको थियो।

    राजेश काजी श्रेष्ठलाई आउटस्ट्यान्डिङ सपोर्ट अनर, जय देवानलाई टुरिजम एक्सिलेन्स अवार्ड तथा चंकी छेत्रीलाई बिजनेस एन्ड ट्रेड एक्सिलेन्स अवार्ड प्रदान गरिएको थियो। साधारणसभाले नेपाल र श्रीलंकाबीच जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा पूर्वाधार क्षेत्रमा लगानी सहकार्य विस्तार गर्ने सम्भावनाका साथै बौद्ध धार्मिक पर्यटन, संयुक्त पर्यटन प्याकेज तथा सम्पर्क सञ्जाल सुधारका विषयमा समेत जोड दिएको छ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

    यस्तो छ आजको मौसम पूर्वानुमान

    आज महिला हिंसा उन्मूलन दिवस: प्रत्येक १० मिनेटमा एक महिला तथा बालिकाको हत्या

    अस्ट्रेलियामा आर्थिक मन्दीको जोखिम, अर्थतन्त्रको गति कमजोर हुँदै

    नेपाल–भारत व्यापारलाई परम्परागत कारोबारबाट उत्पादन, लगानी र नवप्रवर्तनमा आधारित साझेदारीमा रूपान्तरण गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

    Xiaomi Opens a New Upgraded Exclusive Store with Smart Home Appliances in Pokhara

    समाचार

    नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

    यस्तो छ आजको मौसम पूर्वानुमान

    आज महिला हिंसा उन्मूलन दिवस: प्रत्येक १० मिनेटमा एक महिला तथा बालिकाको हत्या

    अस्ट्रेलियामा आर्थिक मन्दीको जोखिम, अर्थतन्त्रको गति कमजोर हुँदै

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑