• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख १०, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      दमकमा अन्तरास्ट्रिय स्तरको ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुदै, विश्वका ४५ देशका सेफ दमक आउदै

      ९ घण्टा अघि

      रायोको सागमा भेटियो घातक विषादी, झन्डै शतप्रतिशत ‘अर्गानोफस्फेट’ पुष्टि

      ९ घण्टा अघि

      १८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?

      ९ घण्टा अघि

      प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

      ९ घण्टा अघि

      शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक

      ९ घण्टा अघि

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      ९ घण्टा अघि

      बिक्री हुन थाल्यो तम्घासमा फोहोर

      ९ घण्टा अघि

      पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

      ९ घण्टा अघि

      हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

      ९ घण्टा अघि

      मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

      १0 घण्टा अघि

      इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर

      १0 घण्टा अघि

      सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल

      १0 घण्टा अघि

      गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा

      १ दिन अघि

      साताको २ दिन विदा : शैलुङ-कालिञ्चोक घुम्ने पर्यटक बढे

      १ दिन अघि

      सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद

      १ दिन अघि
    आज: २०८३ बैशाख १०, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  कला/मनोरंजन

    बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने

  • लाईभ नेपाल
  • २०८१ मंसिर १४, शुक्रबार (१ साल अघि)
  • ७८७५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने जनाएको छ ।

    कोषले बालाचतुर्दशी पर्वका अवसरमा जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले आफैँ बसेर बत्ती बाल्नेका लागि कुनै शुल्क नलाग्ने बताए । बत्ती बालेर हिँड्न चाहनेका लागि कोषले नै रु दुई हजार एक सयको रसिद काटेर बत्ती कुरिदिने व्यवस्था गर्न लागेको उनले बताए । रातभर बसेर बत्ती बाल्नेलाई शुल्क लिन नपाइने र लिएमा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने कोषाध्यक्ष सुवेदीको भनाइ छ ।

    बालाचतुर्दशीका अवसरमा महँगा गहना लगाएर नआउन, सिसा एवं काँचका भाँडा नल्याउन र ढुङ्गा छापिएका स्थानमा सद्बीज नछर्न कोषाध्यक्ष सुवेदीले भक्तजनलाई आग्रह गरे ।

    कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बालाचतुर्दशीका अवसरमा बत्ती कुरिदिने सेवाका लागि कोषका कर्मचारीबाहेक अरुले अनधिकृत रुपमा पैसा उठाए सुरक्षामा खटिएका प्रहरीलाई जानकारी दिन आग्रह गरे । बत्तीको सङ्कल्प गरेर फर्कनेलाई मात्र रु दुई हजार एक सय शुल्क लिने उल्लेख गर्दै उनले सो शुल्क कोषका कर्मचारीले लिने बताए ।

    विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवङ्गत पितृका नाममा मार्ग शीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गरिएको कोषले जनाएको छ । यस अवसरमा वनकाली क्षेत्रमा भने पसल राख्न दिइने छ । पसल राख्न ठाउँअनुसार केही शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । पसल राख्ने शुल्क कोषअन्तर्गतको अमालकोट कचहरीले लिने छ ।

    बालाचतुर्दशीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले त्रिपाल उपलब्ध गराएको छ । बालाचतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरालगायत पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा हालै बसेको बैठकले यस्ता पदार्थ बिक्री वितरण गरे कानुनी कारबाही गर्ने निर्णय गरेको छ ।

    दिवङ्गत पितृका नाममा बत्ती बाल्न आउनेलाई शुक्रबार दिउँसो २ः०० बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । शुक्रबार पशुपति क्षेत्रमा आउने भक्तजनलाई आ–आफ्ना बालबालिकालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ । पशुपतिमा बालाचतुर्दशीका अवसरमा लाग्ने मेलाको सबै तयारी पूरा भएको सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए ।

    पशुपतिनाथको मेलाका लागि काठमाडौँ महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गर्ने भएको छ । शौचालयका लागि काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने जनाइएको छ । मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई अनुरोध गरिएको छ ।

    मेलाका लागि सुरक्षा व्यवस्था, सवारीसाधन व्यवस्थापन, सरसफाइको व्यवस्थाका लागि पनि तयारी पूरा भएको कोषका प्रवक्ता अधिकारीले जानकारी दिए । मेलामा सूचना प्रवाह, स्वास्थ्य सेवा, पानी व्यवस्थापन, बिजुली बत्ती व्यवस्थापन, मेला क्षेत्रमा राखिने पसलको व्यवस्थापन, स्वयंसेवी परिचालनलगायत तयारी पनि पूरा भएको कोषले जनाएको छ ।

    मेला शनिबार अपराह्न १२ बजेसम्म सञ्चालन हुनेछ । मेला सकिए लगत्तै पशुपतिनाथ मूल मन्दिर क्षेत्रको फोहर व्यवस्थापन सुरु गरिने छ । अन्य स्थानको फोहर व्यवस्थापनका लागि भने केही समय लाग्ने कोषले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    दमकमा अन्तरास्ट्रिय स्तरको ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुदै, विश्वका ४५ देशका सेफ दमक आउदै

    रायोको सागमा भेटियो घातक विषादी, झन्डै शतप्रतिशत ‘अर्गानोफस्फेट’ पुष्टि

    १८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    समाचार

    दमकमा अन्तरास्ट्रिय स्तरको ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुदै, विश्वका ४५ देशका सेफ दमक आउदै

    रायोको सागमा भेटियो घातक विषादी, झन्डै शतप्रतिशत ‘अर्गानोफस्फेट’ पुष्टि

    १८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑