• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ११, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

      ६ घण्टा अघि

      रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

      १७ घण्टा अघि

      नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

      १७ घण्टा अघि

      गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

      १७ घण्टा अघि

      महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

      २१ घण्टा अघि

      ‘रानी फूलैमा’ बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

      २१ घण्टा अघि

      सरकारका प्रवक्ताले गरे पहिलो सार्वजनिक सुनुवाईः नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको भनाई

      २१ घण्टा अघि

      Samsung Nepal Announces “Samsung Saving Days” giving up to 23% discount and 24 months EMI easy financing on essential home appliances

      २१ घण्टा अघि

      महिला आत्मनिर्भरताको नयाँ मोड: ‘सिस्टरहुड’ फेसन ब्रान्डको सुरुवाती शृङ्खला सम्पन्न

      २१ घण्टा अघि

      पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

      ३ दिन अघि

      छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा, तीन दिनको पदमार्ग चार घण्टामा

      ४ दिन अघि

      शैक्षिक जनशक्ति विकास परिषद्को २९ औं बैठक सम्पन्न: तीनवटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत

      ४ दिन अघि

      ‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

      ४ दिन अघि

      ८६ वटा एम्बुलेन्स अद्यावधिक

      ५ दिन अघि

      पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

      ५ दिन अघि
    आज: २०८३ जेष्ठ ११, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    शक्ति बढाउन एमालेको मध्यपहाडी क्याराभान

  • बिपिन जैसी
  • २०८० कार्तिक २२, बुधबार (२ साल अघि)
  • १८९२० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • २२ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको सचिवालय बैठकमा एमाले सिध्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरुले सुनियोजित प्रयत्न गरिरहेको निष्कर्ष सुनाएका छन् ।

    ‘एमालेमाथि हरेक खाले आक्रमण भइरहेको छ, हामीलाई सिध्याउन देशभित्र सबै दल एकठाउँ उभिएका छन्’, राजनीतिक परिस्थितिबारे ओलीले भनेका थिए ।

    एक पदाधिकारीका अनुसार, नेपाली कांग्रेसले माओवादी केन्द्रलाई बोकेर हिँड्नुको एउटै चाहना एमाले सिध्याउने रहेको ओलीको भनाइ थियो । तर जनताको बीचमा गएर पार्टीविरुद्ध भइरहेको घेराबन्दी तोड्नुपर्ने विकल्प ओलीले बैठकमा सुनााए ।

    ‘एमाले नै मुलुकको मूल शक्ति हो भन्ने सन्देश जनताबीच लैजानुपर्छ, पार्टीले सञ्चालन गर्ने अभियानमा अधिकतम कार्यकर्ता परिचालन गर्नुपर्छ’, ओलीले पदाधिकारीहरुलाई निर्देशन दिएको ती पदाधिकारी बताउँछन् ।

    यो अभियान चलाउने निर्णय लिनु अगाडि एमालेले उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई रुट अध्ययन गर्न पठाएको थियो । धादिङ पूर्वको रुटमा ज्ञवाली र पश्चिममा रिमाल नेतृत्वको टोली खटिएको थियो । ज्ञवाली र रिमालले यो रुट भएर क्याराभान चलाउन सम्भव रहेको रिपोर्ट ल्याएपछि बैठकले निर्णय लिएको हो ।
    बुधबारकै बैठकबाट एमालेले आगामी १४ मंसिरदेखि पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ । तीन साता चल्ने यो ‘क्याराभान’ लाई एमालेले जनतासँग पार्टी जोड्ने अभियान भनेको छ ।

    ‘गत मंसिरको चुनावलगत्तै पार्टीले मिसन–०८४ लक्ष्य बनाएर संगठन सुदृढीकरण र जागरण अभियान चलाइरहेको छ । यो क्याराभान पनि त्यसैको निरन्तरता हो’, उपाध्यक्ष युवराज ज्ञवाली भन्छन् । गत चुनावमा अपेक्षित नतिजा नआएपछि एमालेले फागुनदेखि वैशाखसम्म ‘मिसन ग्रासरुट’ अभियान चलायो ।

    त्यो अभियानका क्रममा नेताहरुले तयार पारेको प्रतिवेदनलाई आधारमा मानेर एमालेले असारदेखि एक वर्षे अभियान चलाइरहेको छ । नेताहरुको व्यापक जिम्मेवारी हेरफेरसहित एक वर्षे अभियान चलाइरहेको एमालेले पहिलो चरणमा प्रदेश अधिवेशन सकेर संगठन सुधारको अभियान थालेको छ । अब जिल्ला हुँदै वडासम्मको नेतृत्व परिवर्तन गर्दैछ ।

    आम नागरिकसम्म पार्टीको उपस्थिति देखाउने कार्यक्रम भने यही क्याराभान पहिलो हो । ‘हामीले तराइको महेन्द्र राजमार्ग केन्द्रित भएर धेरैपटक अभियान चलायौं, अरु दलले पनि चलाए । तर अलिक अप्ठ्यारो भएकाले पहाडी क्षेत्र केन्द्रित अभियान कसैले चलाएको थिएन’, उपाध्यक्ष ज्ञवाली भन्छन्, ‘एमालेले पहिलोपटक पुगेर जनतामा आशा जगाउने छ ।’

    बैठकपछि उपमहासचिव ज्ञवालीले क्याराभान सञ्चालनको चार उद्देश्य रहेको बताए । उनका अनुसार पहाडी क्षेत्रको समृद्धि, सामाजिक सद्भाव र राष्ट्रिय एकता, कम्युनिष्ट पार्टी स्थापनाको ७५ औं स्थापना उत्सव र नागरिकमा देखिएको निराशा चिर्ने काम यो अभियानले गर्नेछ ।

    ‘झुलाघाट–चिवा भञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’ नाममा चल्ने यो क्याराभानमा एमालेले भौतिक विकास र मानवीय विकासको अध्ययन गर्ने उद्देश्य लिएको छ । ‘सामाजिक न्यायसहितको समृद्धिलाई पार्टीले जोड दिएको छ । यो अभियानबाट पहाडी क्षेत्रको विकासलाई अगाडि बढाउँछौं’, सचिव गोकर्ण बिष्ट भन्छन् ।

    एमालेले यो अभियानमा आवश्यक पर्ने प्राविधिक टोली पनि सँगै हिँडाउने भएको छ । ‘हामीसँग प्राविधिक टोली हुन्छ । विकासको सम्भाव्यता अध्ययन उनीहरुले गर्छन्’, उपाध्यक्ष ज्ञवाली भन्छन् । पार्टी नेताहरु सधैं सुगम क्षेत्रमा मात्रै जाने भएकाले पनि विशेष अभियानकै घोषणा गर्नु परेको नेताहरु बताउँछन् ।

    यो रुटमा पोखरा बाहेक अरु ठाउँ साना बजारहरु मात्रै छन् । तर भर्खरै विकास हुँदै गरेको ती साना बजार पहाडी क्षेत्रको नयाँ केन्द्र बनिरहेकाले पनि यो क्याराभानबाट एमालेले शक्ति आर्जनको अनुमान गरेको बुझ्न सकिन्छ ।

    क्याराभानको दोस्रो उद्देश्यका रुपमा एमालेले सामाजिक सद्भाव र राष्ट्रिय एकता भनेको छ । ‘अहिले देखिएको अतिवादी सोच निस्तेज गर्ने हाम्रो उद्देश्य हुनेछ’, उपमहासचिव ज्ञवालीले पत्रकारहरुसँग भनेका छन् ।

    तराइ केन्द्रित अभियान सञ्चालन गर्नु परम्परागत शैली भएकाले नयाँ रुट भएर चल्ने यो अभियानबाट एमालेले राष्ट्रिय एकताको सन्देश दिन चाहेको देखिन्छ । ‘हिमाल, पहाड र तराइलाई जोडेर राष्ट्रिय एकता बलियो बनाउने शक्ति एमाले हो भन्ने सन्देश हामी यो अभियानबाट दिनेछौं’, अर्का सचिव पद्‍‍मा अर्याल भन्छन् ।

    क्याराभानको तेस्रो उद्देश्य भने पुष्पलालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेको ७५औं वर्षको उत्सव हो । यो वर्षलाई विशेष बनाउने भनेर एमालेले पुस्तक प्रकाशनदेखि अरु गतिविधि गर्ने निर्णय यसअघि गरिसकेको छ ।

    क्याराभान निकालेर पनि एमालेले नेकपा स्थापनाको सन्देश दिन चाहेको नेताहरु बताउँछन् । यसरी नेकपा स्थापनाको उत्सव मनाएर एमालेले पुष्पलालको असली उत्ताधिकारी भएको सन्देश नागरिकसम्म पुर्‍याउन चाहेको पनि लुक्दैन ।

    एमालेले क्याराभानको चौथो उद्देश्यमा भने नागरिकमा आशा जगाउने कार्यलाई राखेको छ । ‘अहिले देश बर्बाद भयो, केही भएन भन्ने स्थापित गर्न खोजिदैछ । हामी देशभित्रै सम्भावना छ भन्ने कुरा राख्छौ’, एमाले सचिव विष्ट भन्छन् ।

    तर क्याराभानको मूल उद्देश्य पार्टीलाई बलियो बनाउने र बदलिदो जनमत फर्काउने नै हो । किनकि गत वर्षको चुनावमा पुराना दलहरुप्रति असन्तुष्टि जनाएरै नयाँ राजनीतिक शक्तिहरुको उदय भएको थियो ।

    नयाँ शक्तिहरुको आकर्षण राजधानी उपत्यकासहित शहरी क्षेत्रहरुमा देखिएकाले एमाले आफूलाई फरक र आक्रमक देखाउने योजना देखिन्छन् । त्यो योजना अन्तगर्त पहाडी क्षेत्रको जनमत जोगाउन पनि यो क्याराभानले सहयोग पुग्ने एमाले नेताहरुको मूल्याङ्कन छ ।

    त्यसैले यो अभियानमा अधितम नागरिकसम्म पुग्ने एमालेको लक्ष्य छ । ‘किसान, मजदुर, शिक्षक, साना ब्यापारी र विद्यार्थीहरुसँग यात्राभर सम्वाद गर्छौ । सुझाव लिन्छौं र आफ्नो कुरा राख्छौ’, उपाध्यक्ष ज्ञवाली भन्छन् ।

    क्याराभानकै क्रममा नयाँ नेतृत्वको पहिचान गर्ने अभियान पनि चलाउने एमालेको तयारी छ । विशेषगरी युवाहरुको पहिचान गरी आवश्यक भूमिका दिने नीति यो क्याराभानका क्रममा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

    महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

    सरकारका प्रवक्ताले गरे पहिलो सार्वजनिक सुनुवाईः नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको भनाई

    Samsung Nepal Announces “Samsung Saving Days” giving up to 23% discount and 24 months EMI easy financing on essential home appliances

    पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

    समाचार

    Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

    रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

    गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑