• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण १४, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      सेयर बजारका सबै समूह राताम्मे, कारोबार तीन अर्बमा सीमित

      १२ घण्टा अघि

      फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

      १३ घण्टा अघि

      सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

      १३ घण्टा अघि

      पशु सेवा तथा पशु कल्याण सम्बन्धी विधेयक’ को मस्यौदाप्रति एनिमल नेपालको असहमति तथा आधिकारिक धारणा

      १८ घण्टा अघि

      पशु सेवा तथा पशु कल्याण सम्बन्धी विधेयक’ को मस्यौदाप्रति एनिमल नेपालको असहमति तथा आधिकारिक धारणा

      १८ घण्टा अघि

      लक्ष्मी सनराइजको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने

      १८ घण्टा अघि

      माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

      १८ घण्टा अघि

      माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य

      १८ घण्टा अघि

      मन्त्रिपरिषद्को निर्णय: नौ विधेयक संसदमा लैजाने स्वीकृति

      १८ घण्टा अघि

      Empower Journalism by using AI: CAN Federation and Partners Host Landmark Workshop in Kathmandu

      १८ घण्टा अघि

      कुमारी बैंक र निम्बजबीच सम्झौता, मोबाइल बैंकिङ एपबाटै अन्तर्राष्ट्रिय ई–सिम र आईडीपी सेवा

      १८ घण्टा अघि

      गत आवमा निर्जीवन बीमा कम्पनीद्वारा साढे ५० अर्बको कारोबार, कसको कति ?

      १८ घण्टा अघि

      राष्ट्रिय खिर दिवस: साउन १५ मा १ अर्बभन्दा बढीको दूध कारोबार हुने अनुमान

      १९ घण्टा अघि

      यस्तो छ आजका लागि कृषिउपजको मूल्य

      १९ घण्टा अघि

      कराते क्लब बालाजुद्वारा गुरुपूर्णिमाको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

      १९ घण्टा अघि
    आज: २०८३ श्रावण १४, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    भूकम्प प्रभावित क्षेत्रमा वस्ती निर्माण गर्दै नैनसिंह महर

  • लाईभ नेपाल
  • २०८० मंसिर १६, शनिबार (२ साल अघि)
  • ११४५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २७ मिनेट

  • मंसिर १६, काठमाडौं । कार्तिक १७ गतेको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१ रावतगाउँका पूर्णबहादुर र उर्मिला रावतको घरमात्र भत्काएन। बुढेसकालको सहाराका रूपमा रहेका छोराहरू ९ वर्षीय सुदन र २ वर्षीय सुरजलाई पनि चुडेर लग्यो।

    पूर्णबहादुर र उर्मिलाका आँखा अझैँ ओभाएका छैनन्। जतिखेरै हृदय र नयनभरि छोराहरूको आकृतिमात्र नाचिरहेको हुन्छ।

    घर भत्केर त्रिपालमुनीको बास भयो। हुर्किंदै गरेका फूलजस्ता छोराहरू चुडिए। दु:ख र पीडाको भारि बाहेक उनीहरूसँग केही बचेन।

    हलो-खेती र मेलापात गर्दै जीवन धानिरहेका उनीहरू बिहीबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरसँग भक्कानो छोडेर गहभरिका बह पोखिरहेका थिए।

    ‘भूकम्पले हाम्रो त सबै खुसी लुट्यो। मर्न पनि नसकिँदो रहेछ। बाँच्न पनि गाह्रो हुँदो रहेछ। अब हामी को भनेर बाच्ने? कस्को मुख हेर्ने?,’ रावत दम्पती यस्तै यस्तै पीडा पोख्दै रोइरहेका थिए।

    उनीहरूका दु:खले महरका आँखा पनि रसाएका थिए। गह भरिएको थियो। महर यतिबेला तीनै भूकम्पपीडितका चहराइ रहेका घाउमा थोरै भए पनि मलम लगाउन सकियोस् भनेर जाजकोटमा खटिएका छन्।

    बिहीबार महरसहितको टोलीले रावत दम्पत्तिका साथै उक्त टोलमा अन्य केही टहरा निर्माण गरेको छ। रावत टोलमा मात्रै भूकम्पमा परी ८ जनाले ज्यान गुमाएका छन्।

    काठमाडौंबाट राहत सामग्रीसहित उनी बुधबार भूकम्पपीडितका टहरा निर्माणका लागि जाजरकोट पुगेका हुन्। महर एक साता जाजरकोटमा भूकम्पपीडितकै माझमा रहने छन्।

    जाजरकोटका विभिन्न विद्यालयमा पुगेर महरले बिहीबार चिसोले काँपिरहेका विद्यार्थीहरूलाई न्यानो लुगा प्रदान गरे। बिहीबार दिनभर उनी विद्यार्थीहरूमाझ मै रहे।

    नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका महरले त्यहाँका शिक्षक र विद्यार्थीहरूसँग रहेर न्यानो लुगामात्र वितरण गरेनन्, विद्यार्थीहरूलाई शिक्षामा केन्द्रित हुन मनोपरामर्श पनि प्रदान गरे। दैविक विपत्ति अकल्पनीय हुने भएकाले त्यससँग जुध्दै सम्हालिनुको विकल्प नभएको महरको भनाइ थियो।

    कांग्रेसको केन्द्रीय नीति अनुरूप उनी जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित नागरिकका लागि अस्थायी आवास (घर–टहरा) पुनर्निर्माण खटेका हुन्। त्यहाँ रहँदा उनले घर-टहरा निर्माण कार्यलाई तीव्रता दिने छन्।

    गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पबाट प्रभावित बस्तीहरूमा एक हजार घर टहरा निर्माण गर्ने घोषणाअनुसार कांग्रेसले टहरा निर्माण कार्य तीव्रता दिएको छ।

    कांग्रेसले इन्जिनियर, डकर्मीसहित सम्मिलित २५ वटा टोली भूकम्प प्रभावित दुई जिल्लाका विभिन्न क्षेत्रमा परिचालन गरेको छ।

    जाजरकोट पुगेका महरले भूकम्पपीडितको अवस्थाले आफूलाई निकै चिन्तित तुल्याएको बताएका छन्।

    ‘जाजरकोट भूकम्पपीडितको अवस्था निकै गम्भिर रहेको छ। सरकारले भूकम्पपीडितलाई राहत प्रदान गर्न एकद्वार प्रणालीको विकास गर्नुपर्थ्यो। त्यो हुन नसकेको पाइयो। सरकारकै नेतृत्वमा एकमुष्ट राहत प्रदान गरिएको भए पीडितलाई सहज हुन्थ्यो। कनिका छराइ गर्दा धेरैलाई जसलिने बाटोमात्र हुन्छ,’ उनी भन्छन्।

    एक हजार ७६ जना गर्भवती महिला चिसो त्रिपालमुनि कष्टपुर्ण रात काट्न बाध्यछन्। थुप्रै वृद्धवृद्धा र बालबालिकाले चिसोकै कारण ज्यान गुमाइसके। महरलाई राज्यका लागि यो अवस्था लज्जाको विषय भए झैँ लाग्छ।

    ‘विपतमा मुलुकको सारा शक्ति एकजुट हुनुपर्थ्यो। राज्य जनताको उद्धारमा खटिनुपर्थ्यो। अपेक्षित रूपमा त्यो हुन सकेन,’ उनले भने।

    सरकारको कमजोर उपस्थितिका कारण आफूहरू जनताको माझमा खटिनु परेको उनले बताए। ‘हामीले सरकारलाई दबाब दिएरमात्र पुगेन। जनताको दुःख हेर्न सक्ने मुटु हामीसँग छैन। म सधैँ जताको माझमा रहन चाहने व्यक्ति हुँ। जनताकै लागि राजनीति गर्न आएको व्यक्ति भएकाले केही चिसा रात जनताकै माझमा रहेर उनीहरूकै त्रिपालभित्र बसेर दुःखमा साथ दिन्छु’, महरले भने।

    त्यसैले त महर जनताको माझमा रहेर बेल्चा चलाइरहेका छन्। जस्तापातामा किला ठोकिरहेका छन्। दुखेका जनताका मनमा मलम लगाउन खोजिरहेका छन्।

    उनले एक साता भूकम्प प्रभावित क्षेत्रमा रहने र त्यसपछि दोस्रो चरणमा पनि आफू खटिने बताएका छन्।

    महरसँगै कांग्रेस नेताहरू राजिवविक्रम शाह, योगेन्द्र चौधरी, कुन्दन काफ्ले, नेविसंघ केन्द्रीय अध्यक्ष दुजांग शेर्पा, नेविसंघ नेता खडग विसीलगायत सक्रिय रहेका छन्।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    सेयर बजारका सबै समूह राताम्मे, कारोबार तीन अर्बमा सीमित

    फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

    सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

    पशु सेवा तथा पशु कल्याण सम्बन्धी विधेयक’ को मस्यौदाप्रति एनिमल नेपालको असहमति तथा आधिकारिक धारणा

    पशु सेवा तथा पशु कल्याण सम्बन्धी विधेयक’ को मस्यौदाप्रति एनिमल नेपालको असहमति तथा आधिकारिक धारणा

    लक्ष्मी सनराइजको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने

    समाचार

    सेयर बजारका सबै समूह राताम्मे, कारोबार तीन अर्बमा सीमित

    फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

    सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

    पशु सेवा तथा पशु कल्याण सम्बन्धी विधेयक’ को मस्यौदाप्रति एनिमल नेपालको असहमति तथा आधिकारिक धारणा

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑