
काठमाण्डौँ । अहिलेको ब्यस्त जिवनशैलीले गर्दा कामकाजी अभिभावकहरुले बालबालिकाको लागि खाजा बनाउन समय नमिलेको र घर आउदा केही किनेर लगिदिउ भन्न मन लाग्ने वा आफै पनि बालबालिकाले बाहिरको खानेकुराहरु (जंक फुड) किनेर मज्जाले किनेर खाइरहेका हुन्छन् । कहिलेकाही त हो नि भनेर अभिभावकले पनि त्यति वास्ता गर्दैनन् , तर त्यो कहिलेकाही दिनहुँ हुने गर्दछन, त्यस्को स्वास्थ्यमा कस्तो असर पर्छ वा कति हदसम्म नराम्रो असर गर्न सक्छ त्यो कसैले पनि बुझेका हुदैनन् । सोधिहाल्यो भने , ए होइन कहिलेकाही त हो नि खाने, आफै बुझ्छन यिनिहरु भनेर कुरा पन्छाइ दिन्छन।


