• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख १८, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      २ मिनेट अघि

      आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

      २३ घण्टा अघि

      मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक

      २३ घण्टा अघि

      आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

      १ दिन अघि

      सार्वजनिक यातायातको भाडा बढ्यो

      १ दिन अघि

      एक्काइस महिना देखाएर समापन भयो हनुमान नाच

      १ दिन अघि

      हर्क साम्पाङले मागे बालेनको राजिनामा

      १ दिन अघि

      अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

      १ दिन अघि

      लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

      १ दिन अघि

      राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै

      १ दिन अघि

      पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

      १ दिन अघि

      स्वरोजगार तथा उद्यमी बन्न चाहनेलाई सहुलियत ऋण प्रवाह गर्न महानगरपालिका र कोष बिच सहकार्य

      १ दिन अघि

      विद्यार्थी राजनीतिलाई नियन्त्रण होइन, नियमन गर ! संयोजक सत्यराज बोहरा

      १ दिन अघि

      लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल

      १ दिन अघि

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      २ दिन अघि
    आज: २०८३ बैशाख १८, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    प्रधानमन्त्रीलाई प्रश्न- भाजपा नेता आएपछि माओवादीसँगको सम्बन्ध सुध्रिएको हो ?

  • लाईभ नेपाल
  • २०८२ बैशाख २२, सोमबार (१२ महिना अघि)
  • १२५२५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सोमबारदेखि छलफल सुरू भएको छ ।

    संसद् भवन नयाँबानेश्वरमा बसेको प्रतिनिधिसभाको बैठकको सुरूमा सांसदहरूले शून्य र विशेष समयमा विविध विषयमा आफ्ना भनाइ राखे ।

    खासगरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरूबीच भ्रष्टाचार र सुशासनका विषयमा जुहारी नै चल्यो ।

    राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई छलफलका लागि टेबुल गर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि सोमबार संसद् बैठकमा सहभागी भए ।

    ओली बैठकमा जाने क्रममा संसद् भवन परिसरमा उनलाई एमालेका प्रमुख सचेतक महेश बर्तौलाले स्वागत गरे ।

    ओली गाडीबाट ओर्लिएर संसद् बैठक बस्ने भवनको मूलगेटतर्फ अघि बढ्दै गर्दा त्यहीँ बुम र क्यामेरासहित तैनाथ थिए केही पत्रकार ।

    ओली गाडीबाट मुस्कुराउँदै झरेको अवस्थमा पत्रकारको एउटा प्रश्नले रिसाउने अवस्थामा पुगे । एकजना पत्रकार बुम तेर्स्याउँदै ओली बिच्किने गरी भाजपा विदेश विभाग प्रमुखको भ्रमण र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसँगको सम्बन्धबारे प्रश्न गरिदिए ।

    संसद् भवनको बैठक कक्षतिर छिर्ने बाटोमै बसेका पत्रकारहरूको प्रश्नले ओली चिँढिए । उनले आफूलाई प्रश्न गर्ने पत्रकारलाई बाटो नै छेकेर बस्न पनि भने ।

    संवाद

    पत्रकार- प्रधानमन्त्रीज्यू नमस्कार !

    प्रधानमन्त्री- नमस्कार है ।

    पत्रकार- भाजपा नेता (विजय चौथाइवाले) को भ्रमणपछि माओवादीसँगको सम्बन्ध अलिक मिलेको हो ?

    प्रधानमन्त्री – यतापट्टी छिर्नुस् न (रिसाएको मुद्रामा बैठक कक्ष छिर्ने बाटोतिर देखाउँदै), तरिका हुन्छ नि तपाईंहरूको ।

    पत्रकारहरूले माओवादीसँगको सम्बन्ध सुध्रिएको हो भनेर प्रश्न गर्दा चिढिएका ओली र प्रचण्डबीच अरु बेलाको भन्दा सौहार्दता देखियो ।

    खासमा पत्रकारहरूको प्रश्नलाई पुष्टि गर्ने गरी नीति तथा कार्यक्रमलाई छलफलका लागि टेबुल गर्न ड्यासमा जाने क्रममा ओलीले प्रचण्डसँग भलाकुसारी गरे ।

    प्रचण्डसँग मुस्कुराउँदै भलाकुसारी गरेका ओलीले हातसमेत मिलाए । दुईजनाबीचको यो भलाकुसारीको तस्बिर ओलीकै सचिवालयले पत्रकारहरूसम्म पुर्‍याएको छ ।

    यसअघि पनि प्रचण्डसँग निकटता बढ्दा ओलीको सचिवालयले यसैगरी तस्बिरहरू सार्वजनिक गर्ने गरेको थियो ।

    टीआरसीको बहानामा अलग्गै वार्ता

    ओलीले आइतबार मात्रै प्रमुख प्रतिपक्षी दलका नेता दाहालसँग सङ्क्रमणकालीन न्यायमा केन्द्रित रहेर अलग्गै छलफल गरेका थिए । टीआरसीबारे यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता अनिवार्य सहभागी हुन्थे । तर

    त्यही टीआरसीको नाममा ओलीले पहिलो पटक दाहालसँग सिंहदरबारभित्रै अलग्गै वार्ता गरे। त्यस छलफलमा प्रमुख सत्तारूढ नेपाली कांग्रेसका कोही पनि नेता सहभागी थिएनन् ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

    मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक

    आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

    सार्वजनिक यातायातको भाडा बढ्यो

    एक्काइस महिना देखाएर समापन भयो हनुमान नाच

    समाचार

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

    मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक

    आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑